BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample
![BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F33363%2F1280x720.jpg&w=3840&q=75)
लूकाले हामीलाई भन्छन् कि येशूले शहरहरू र गाउँहरूमा परमेश्वरको राज्यको घोषणा गर्न शुरु गर्नुहुन्छ। तर एउटा पक्का राजाको राजकीय राजदूतसँग यात्रा गर्नुको सट्टा येशू आफूले चुन्नुभएका निम्न वर्गका बाह्र जनाको टोलीसँग साथै उहाँले निको पार्नुभएका र छुट्कारा दिनुभएका केही महिलाहरूको साथमा यात्रा गर्नुहुन्छ। अनि येशूका साथीहरू केवल सह-यात्री मात्र होइनन्; तिनीहरूउहाँका सहभागीहरू पनि थिए। तिनीहरू जसले येशूको सुसमाचार, छुटकारा, र चङ्गाई प्राप्त गरे । ती तिनीहरू नै थिए जसले यो खुशीको समाचारलाई एक शहरदेखि अर्कोमा गएर सुनाए।
तिनीहरूका यात्राहरू पूर्ण रोमाञ्चक् अनुभवहरूले भरिएका छन्। येशूले समुद्री आँधीलाई शान्त पार्नुहुन्छ, हजारौं प्रेतहरूबाट एक मानिसलाई मुक्त गर्नुहुन्छ, बाह्र वर्षसम्म पीडित एउटी स्त्रीलाई निको पार्नुहुन्छ, बाह्र वर्षकी केटीलाई मृतकबाट ब्युँताउनु हुन्छ र हजारौं मानिसहरूलाई भोजन दिनुहुन्छ - सबैले खाएपछि, तिनीहरूले उब्रेका टुक्राटाक्रीहरूलाई बाह्र टोकरीमा भर्छन्!
जब तपाईंले आजको खण्ड पढ्नुहुन्छ, तब कसरी लूकाले "बाह्र" शब्द धेरै पटक दोहोऱ्याएका छन् , त्यो ध्यान दिनुहोस्। याद गर्नुहोस्, येशूले नियतवश नै बाह्र चेलाहरूको छनौट इस्राएलका बाह्र कुलहरूको सुधार गर्नलाई नियुक्त गर्नुभएको हो। लूकाले यस तथ्यलाई प्रकाश पार्न चाहन्छन्, त्यसैले उनले आफ्नो सुसमाचारको पुस्तकमा "बाह्र" शब्द बाह्र पटक दोहोऱ्याउँछन्। प्रत्येक पल्ट जब उनले यो शब्द प्रयोग गर्छन्, उनले अर्को तरिकाबाट देखाउँदै छन् कि येशूले इस्राएलको बाह्र कुललाई उद्धार गर्दै हुनुहुन्छ साथै इस्राएल मार्फत सारा संसारलाई नै।
परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि इस्राएलको बाह्र कुलबाट सबै जातिले आशिष् पाउनेछन् र परमेश्वरले इस्राएललाई सबै जातिहरूका निम्ति ज्योति हुन बोलाउनु भयो। इस्राएलीहरू आफ्नो कर्तव्यमा असफल भए तर परमेश्वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ। जब येशूले उहाँको नयाँ बाह्र चेलाहरूलाई परमेश्वरको राज्य घोषणा गर्न बाहिर पठाउनुहुन्छ तब यसरी उहाँले इस्राएलले पाएको बोलावटलाई पुनर्स्थापना गर्नुहुन्छ।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्
•मसीहको सुसमाचार प्राप्त गर्नेहरू (यशैया ६१:१-३) त्यही व्यक्तिहरू हुन् जसले "भत्किएका सहरहरू मर्मत गर्न" त्यो सुनाउँछन् (यशैया १:४)। लूकाका यी खण्डहरूको आधारमा यशैया ६१ लाई फेरि पढ्नुहोस्। तपाईं के याद गर्नुहुन्छ?
•तपाईंले के थाहा गर्नुभयो? इस्राएललाई जातिहरूको निम्ति एउटा ज्योतिको रूपमा यहोवाको प्रतिज्ञालाई मनन गर्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो? ?
•परमेश्वरको राज्य कसरी प्राप्त हुन्छ भनेर बताउन येशूले दृष्टान्तहरू सिकाउनुहुन्छ। बीउ जस्तै, यसलाई राम्रोसँग प्राप्त गर्न सकिन्छ र प्रशस्त उत्पादन गर्न सकिन्छ वा यो अवरोध हुन सक्छ र उम्रिन असफल हुन सक्छ। बत्तीको प्रकाश जस्तै यो देखिन सक्छ ताकि सबैले त्यो प्राप्त गरून् वा यसलाई लुकाउन सकिन्छ। येशूको परिवार तिनीहरू हुन् जसले परमेश्वरको वचनहरू ग्रहण गर्दछन् र संसारलाई आशिष् दिनको लागि प्रतिक्रिया जनाउँछन् (लूका ८:२१) । परमेश्वरको राज्यप्रति तपाईंको इमानदार प्रतिक्रिया के छ? के त्यहाँ कुनै अलमल्याउने चिन्ता वा प्रलोभनहरू छन् जसले तपाईंलाई येशू र संसारलाई आशिष् दिने अभियानमा सामेल हुनदेखि रोकिरहेको छ?
•तपाईंको पढाइ र मननले परमेश्वरलाई प्रार्थना गर्न प्रेरित गरोस्। परमेश्वरलाई भन्नुहोस् कि कुन कुराले उत्प्रेरित गऱ्यो, तपाईं कसरी उहाँको सन्देशसँग सहमत हुनुहुन्छ, उहाँको सुसमाचार सुनाउन तपाईंलाई कहाँ गाह्रो भएको छ र तपाईंको खाँचो के छ?
धर्मशास्त्र
यस योजनाको बारेमा
![BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F33363%2F1280x720.jpg&w=3840&q=75)
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
More
http://bibleproject.com/nepali
Related Plans
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)