BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample

आजका खण्डहरूले येशूको कार्यको बारेमा एउटा अचम्मको कुरा प्रकट गर्दछन्। येशू भन्नुहुन्छ कि उहाँ वास्तवमै मसीह (ख्रीष्ट) हुनुहुन्छ तर त्यसपछि उहाँले के पनि भन्नुहुन्छ भने उहाँ अन्य कुनै राजाले पहिले गरेको जस्तो इस्राएलमाथि आफ्नो शासन गर्नु हुनेछैन। उहाँ यशैया ५३ अनुसारको एउटा पीडित दास झैं बनेर राज्य गर्नुहुनेछ । त्यसपछि लूकाले अर्को कथामा यो उल्टो प्रकारको विचारलाई खोजी गर्छन्।
यस कथामा, येशूले आफ्ना कोही चेलाहरूलाई डाँडामा लानुहुन्छ, जहाँ परमेश्वरको गौरवशाली उपस्थिति उज्यालो बादलको रूपमा देखा पर्दछ र येशूको रूप अचानक परिवर्तन हुनुहुन्छ। दुई अन्य व्यक्तित्त्वहरू देखा पर्दछन्, मोशा र एलिया, दुई प्राचीन अगमवक्ताहरू जसले पनि डाँडामा परमेश्वरको महिमा अनुभव गरेका थिए। परमेश्वर बादलबाट यसो भन्दै बोल्नुहुन्छ, "यिनी मेरा पुत्र हुन् यिनको कुरा सुन।" यो एक अद्भुत दृश्य हो! लूकाले भन्छन् कि येशू, एलिया र मोशाले येशूको बिदाइ वा "प्रस्थान" को बारेमा कुरा गर्छन्। येशू यरूशलेममा के गर्दै हुनुहुन्थ्यो भन्ने कुरालाई मिश्रबाट प्रस्थान गर्ने कामसँग जोड्ने एउटा तरिकाको रूपमा लूकाले ग्रीक शब्द एक्सोडोस (ग्रीकहरूले मृत्युलाई वर्णन गर्ने शब्द) प्रयोग गर्छन्। यसमा, लूकाले हामीलाई येशू नै अन्तिम अगमवक्ता हुनुहुन्छ भनेर देखाइरहेका छन्। उहाँ एक नयाँ मोशा हुनुहुन्छ जसले आफ्नो प्रस्थान (मृत्यु) को माध्यमबाट इस्राएललाई पाप र दुष्टताको निरङ्कुश अवस्थाबाट जोगाउनुहुनेछ।
अनि त्यो अचम्मको कुराको साथ, गालीलमा येशूको सेवकाईको अन्त्य हुन्छ र लूकाले येशूको राजधानी सहरको लामो यात्राको कथा शुरु गर्छन् जहाँ इस्राएलको साँचो राजाको रूपमा राज्याभिषेक हुन उहाँको मृत्यु हुनेछ।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्
•येशूले कसरी इस्राएलको सिंहासन लिउनुहुनेछ भन्ने येशूको वचन (९:२०-२५) सँग यशैया ५३ मा अगमवक्ताको वचन तुलना गर्नुहोस्। तपाईंले के याद गर्नुहुन्छ?
• परमेश्वरको वचन व्यवस्था १८:१५-१९सँग सुन्दर बादलमा परमेश्वरको वचन (९:३५) सँग तुलना गर्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो?
•यस संसारका राज्यहरूले आफ्नो प्राणले राख्न नसक्ने कुरा प्राप्त गर्न कष्टलाई इन्कार गर्छन्। तर येशूले भन्नुभयो कि उहाँको राज्यका मानिसहरूले स्वेच्छाले दुःख भोग्छन् किनभने तिनीहरूले उहाँको वचनहरू अनुसरण गर्दछन् र योभन्दा अरू केही अर्थपूर्ण हुन सक्दैन। येशूको उलटपुलट राज्यमा तपाईंको प्रतिक्रिया कस्तो छ? जसै तपाईंले येशूलाई पच्छ्याउँदै र सुन्दै गर्दा तपाईंले घमण्ड त्याग्ने कुरा (९:४६-५०), मानिसको प्रशंसा (९:५१-५६), विलासिता, र प्रसिद्धता (९:५७-६०) लाई कसरी छोड्न सिक्नु भएको छ?
•तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। परमेश्वरको अचम्मको योजनामा आश्चर्यचकित हुनुहोस्, तपाईंले सङ्घर्ष गर्नु भएको ठाउँमा इमानदार हुनुहोस् र दुःख कष्टमा उहाँको अनुसरण गर्न उहाँको सहायता खोज्नुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
More
http://bibleproject.com/nepali
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ग्रेसको गान (Anthem of Grace)

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

पुनस्थापनालाई रोज्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
