BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample
![BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F33363%2F1280x720.jpg&w=3840&q=75)
येशू यरूशलेम जानु हुँदा, उहाँले बाटोमा रोकिनको लागि बनाउनु भएको योजनाको लागि प्रत्येक शहर तयार पार्न उहाँ आफ्ना अनुयायीहरूको ठूलो समूहलाई पठाउनुहुन्छ। तिनीहरू रित्तो यात्रा गर्छन्, कुनै सामान वा पैसाको थैली आवश्यक पर्दैन र तिनीहरू निको हुने शक्ति र परमेश्वरको राज्यको सन्देशको साथ सुसज्जित हुन्छन्। यसले हामीलाई फेरि देखाउँदैछ कि येशूका चेलाहरू संसारमा परमेश्वरको अभियानमा सक्रिय सहभागीहरू हुन्। येशूले राज्यको सुसमाचार दिनुहुन्छ, जसले यो विश्वास गर्दछन् केवल यसलाई प्राप्त गर्दैन, तिनीहरू उहाँसँग मिलेर त्यो अरूलाई पनि दिने हुन्छन्। यो राज्यको तरिका हो। यो यस संसारबाट शक्ति र धन जम्मा गर्ने बारेमा होइन; यो संसारलाई आशीर्वाद दिन स्वर्गको प्रबन्ध प्राप्त गर्नको लागि हो। यस खण्डमा, लूकाले परमेश्वरको प्रबन्धमा भरोसा राख्ने येशूको धेरै शिक्षाहरू लेखेका छन्। येशूले प्रार्थना, थोकहरूको व्यवस्थापन र विशुद्ध उद्धारता बारे सिकाउनुहुन्छ। उहाँको शिक्षा सुनेर, गरिब र पीडितहरूले उत्सव मनाउँछन्। तर येशूले तिनीहरूको लोभी जीवनशैलीको सुधार गरिरहनुभएको सुनेर धर्मगुरुहरू क्रोधित हुन्छन् र तिनीहरूले उहाँको विरुद्धमा षडयन्त्र रच्न थाल्छन्।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्
•येशूको उखानमा, त्यो लुटिएको मान्छे यरूशलेमबाट यरीहो जाँदै थियो, त्यसकारण श्रोताहरूले अनुमान लगाए कि उनी इस्राएलको राजधानीबाट आएका एक यहूदी थिए। धार्मिक यहूदी अगुवाहरू, जसलाई तपाईंले त्यस मानिसलाई मदत गर्छ कि भन्ने आशा गर्नुभयो, त्यसबाट पन्छिएर गए। घाइते यहूदीको लागि मदत जुटाउने एक मात्र व्यक्ति, सामरी थियो। (१०: २५-३१)
•यहूदीहरू सामरीहरूलाई तुच्छ ठान्छन् भन्ने कुरा जानेर पनि, किन येशूले यस कथालाई यसमा थप गर्नुभयो जस्तो तपाईंलाई लाग्छ? यसले "तपाईंको छिमेकीलाई प्रेम" गर्नु भनेको के हो भनेर तपाईंको बुझाइलाई कसरी विस्तार गर्छ?
•के कोही यस्तो खाँचोमा परेको छ जसले तपाईंलाई तुच्छ ठान्छ? तपाईंले के पाउनुभएको छ जसलाई तपाईं बाँड्न सक्नुहुन्छ? तपाईंको छिमेकीलाई सहयोग र दया देखाउन यस हप्ता तपाईंले कुन व्यवहारिक कदम चाल्न सक्नुहुन्छ?
परमेश्वरको राज्य स्वर्गको उदार प्रबन्ध प्राप्त गर्ने बारेमा हो ताकि तपाईं उद्धारताका साथ अरूलाई प्रदान गर्न सक्नुहुन्छ। त्यसकारण येशूका चेलाहरूलाई अल्झाउने बाधाहरूलाई त्यागेर परमेश्वर नै असल जुटाउने वाला हुनुहुन्छ जसलाई आफ्नो छोरा छोरीहरूलाई असल इनाम कसरी दिने भनि थाहा छ (११: १-१३ ) भनेर भरोसा (१०:४२) गर्न बोलाइएको छ। याद गर्नुहोस् कि येशूले वर्णन गर्नुभएको छ कि परमेश्वरको असल वरदान पवित्र आत्मा हुनुहुन्छ (११:१३) र यो बाँड्नु पर्ने एउटा उपहार हो (११: ५-६)।
•के तपाईंले कहिल्यै परमेश्वरलाई कुनै खास कुरा माग्नुभएको छ तर त्यसको सट्टामा केही अरू प्राप्त गर्नुभएको छ? परमेश्वरको जवाफले कसरी तपाईंको जीवनमा पवित्र आत्माको सहायता, सान्त्वना र शिक्षा ल्यायो? कसरी उहाँको प्रबन्धले तपाईंलाई तपाईंको वरपरका मानिसहरूलाई अनपेक्षित तरिकाले जुटाउन सक्षम बनायो?
•तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। के कुराले तपाईंलाई अचम्मित् तुल्यायो सो बारेमा परमेश्वरसँग कुराकानी गर्नुहोस्। तपाईंको निराशाहरूको बारेमा इमानदार हुनुहोस्। यस हप्ता तपाईंले परमेश्वरको कृपा बाँड्न के गर्नुपर्छ भनेर उहाँलाई सोध्नुहोस्।
यस योजनाको बारेमा
![BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F33363%2F1280x720.jpg&w=3840&q=75)
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
More
http://bibleproject.com/nepali
Related Plans
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)