YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

दिन 15 को 20

लूकाको यस खण्डमा, येशू यरूशलेमको लामो यात्राको अन्तमा आइपुग्नुभएको छ। उहाँ जैतुन डाँडामा शहरतर्फ गधामा सवार भएर आउँदै हुनुहुन्छ। उहाँ आउँदै गर्दा, ठूलो भीडले राजकीय प्रवेश द्वारमा उहाँलाई स्वागत गर्दै गीतहरू गाए, "प्रभुको नाममा आउने राजाको प्रशंसा होस्।" इस्राएलका प्राचीन अगमवक्ताहरूले एक दिन परमेश्‍वर आफैले आफ्ना मानिसहरूलाई बचाउन र संसारलाई शासन गर्न आउनुहुनेछ भनेर प्रतिज्ञा गरेका थिए भन्ने कुरा ती भीडहरूले सम्झे। भविष्यवक्ता जकरियाले गधामा चढेर यरूशलेममा न्याय र शान्ति ल्याउन आउँदै गरेको राजाको बारेमा भनेका थिए। भीडहरू गाउँछन् किनकि उनीहरूले बुझे कि येशूले यी सबै आशाहरू सक्रिय पार्दै हुनुहुन्छ।

तर सबै जना यसमा सहमत छैनन्। धार्मिक अगुवाहरूले येशूको शासनलाई उनीहरूको शक्तिलाई खतराको रूपमा हेरे र शासकहरूको हातमा सुम्पने उपायहरू खोजे। येशूले आफ्नो अगाडि के आउँदै छ भन्ने कुरा देख्न सक्नुहुन्छ। उहाँलाई थाहा छ कि इस्राएलले उहाँलाई राजाको रूपमा स्वीकार्ने छैन र उनीहरूको इन्कारले उनीहरूलाई नै विनाशकारी बाटोमा डोर्‍याउनेछ जुन विनाशमा अन्त हुनेछ। यसले उहाँको हृदय तोड्छ। र ... यसले उहाँलाई उत्तेजित पार्छ। यरूशलेम प्रवेश गर्ने बित्तिकै उहाँ मन्दिरको चोकमा जानुहुन्छ र सम्पूर्ण बलिप्रथालाई खैलाबैला पार्दै पैसा साट्नेहरूलाई बाहिर निकाल्नु हुन्छ। उहाँ आँगनको मध्य भागमा उभिएर उनीहरूको विरुद्ध यसो भन्नुहुन्छ , "यो प्रार्थना गर्ने ठाउँ हुनुपर्ने हो, तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौं।" यहाँ उहाँले अगमवक्ता यर्मियाको भनाइ उद्धृत गर्दै हुनुहुन्छ, जो यही इस्राएलको धार्मिक र राजनैतिक शक्तिको केन्द्रमा उभिएर, इस्राएलका प्राचीन अगुवाहरूको त्यस्तै आलोचना गरेका थिए।

धार्मिक अगुवाहरूले येशूको विरोधको कुरा बुझे तर तिनीहरूले त्यसबाट पाठ सिकेनन्। जसरी इस्राएलका प्राचीन अगुवाहरूले यर्मियाको विरुद्ध षडयन्त्र गरे, उनीहरूले पनि येशूलाई खत्तम पार्न खोज्छन्। इस्राएलका अगुवाहरूको व्यवहारलाई बयान गर्न येशू एक जमिनको मालिकको बारेमा एउटा दृष्टान्त बताउनुहुन्छ जसले यात्रामा जानु अघि आफ्नो दाखबारीमा मोहीहरू लगाउँछन्। फलको बारेमा खबर लिन मालिकले उसको दाखबारीमा दूतहरू पठाउँछन् यो सोचेर कि यसले चाँहि बढी आदर पाउँछ होला, तर मोहीहरूले ती सन्देशवाहकहरूलाई पिटे र तिनीहरूलाई रित्तै पठाए। तिनीहरूले मालिकको प्यारो छोरोलाई बाहिर फ्याँकिदिए र मारे। यस कथामा, येशूले दाखवारीको दुष्ट मोहीहरूलाई इस्राएलका धार्मिक अगुवाहरूसँग तुलना गर्नुहुन्छ जसले नियमित रूपमा परमेश्‍वरले पठाउनु भएका सबै भविष्यवक्ताहरूलाई इन्कार गरे र जसले अहिले परमेश्‍वरको प्रिय छोरालाई मार्न तयारी गरिरहेका छन्। धार्मिक अगुवाहरूले आफ्ना पुर्खाहरूको गल्ती दोहोर्याइरहेका छन् र उनीहरूको बढी शक्ति लुट्ने महत्त्वकाङ्क्षाले उनीहरूको आफ्नै विनाशमा पुर्‍याउँछ भन्ने कुरा येशूले स्पष्ट पार्नुभयो।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्

•येशू यरूशलेममा आउँदा एउटा गधामा सवारी भएर आउनु भएको कुरासँगै जकरिया ९:९-१० पढ्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो?

•लूकाबाट आजको छानिएको खण्डसँग यर्मिया ७:१-११ पढ्नुहोस्। तपाईं के याद गर्नुहुन्छ?

•धार्मिक अगुवाहरूको तुलनामा येशूका चेलाहरूका प्रतिक्रियाहरू वर्णन गर्नुहोस् र तुलना गर्नुहोस्। यी पात्रहरूले कसरी आत्म-प्रतिबिम्ब गर्न र आत्म-आलोचनाको लागि ऐनाको रूपमा काम गर्छन्? आज येशूसँग तपाईंको प्रतिक्रिया कस्तो छ?

•तपाईंको पठन र मननले एउटा प्रार्थना गर्ने प्रोत्साहन दिएको होस्। के कुराले उत्प्रेरित गऱ्यो त्यो कुरा परमेश्‍वरलाई भन्नुहोस्, कुनै पनि तरिकाले तपाईंको धार्मिक अगुवाहरूसँग मेल हुन्छ भने इमानदार हुनुहोस्, र उहाँलाई तपाईंको जीवनको राजा भनि सम्मान गर्न उहाँको मदत माग्नुहोस्।

Day 14Day 16

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।

More

http://bibleproject.com/nepali