YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

दिन 20 को 20

लूकाको सुसमाचार येशू र उहाँका सबै चेलाहरूले सँगै मिलेर भोजन गरेको अर्को कथाबाट अन्त्य हुन्छ। सबै जना उहाँको पुनरुत्थान भएको शरीरबाट अचम्मित् हुन्छन्। उहाँ मानव हुनुहुन्छ भन्ने कुरा तिनीहरूले देख्छन्, तर उहाँ त्योभन्दा अझ बढी हुनुहुन्छ। उहाँले मृत्युलाई जित्नु भयो र अर्कोपट्टि हिँड्दै, बोल्दै, गरेको नयाँ सृष्टि भएर निस्कनु भयो। तब येशूले उनीहरूलाई यो अचम्मको खबर भन्नुहुन्छ। उहाँ उनीहरूलाई त्यही ईश्वरीय शक्ति दिनुहुन्छ जसले उहाँलाई जीवित बनायो, ताकि तिनीहरू बाहिर जाऊन् र अन्य मानिसहरूलाई उहाँको राज्यको सुसमाचार सुनाऊन्। यसपछि, लूकाले हामीलाई येशू स्वर्गमा लगिएको कुरा बताउँदछन् जसलाई यहूदीहरूले परमेश्‍वरको सिंहासन हो भनेर बुझेका थिए। येशूका चेलाहरूले उहाँको उपासना नगरी बस्न सक्दैनन्। तिनीहरू यरूशलेम फर्कन्छन् र येशूले प्रतिज्ञा गर्नुभएको ईश्वरीय शक्तिलाई खुशीका साथ पर्खिन्छन्। त्यसपछि लूकाले यस कथालाई उनको अर्को पत्र, प्रेरितको पुस्तकमा जारी राख्छन्। उनले त्यहाँ येशूका चेलाहरूले कसरी परमेश्‍वरको शक्ति प्राप्त गरे र संसारमा सुसमाचार ल्याए भन्ने ठूलो कथा बताउँछन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्

•येशूको स्वर्गारोहणको दिनमा त्यहाँ भएको कल्पना गर्नुहोस्। तपाईंलाई कस्तो लाग्छ? तपाईंले के भन्नु र गर्नु हुनेथियो होला?

•के तपाईं येशू साँचो राजा हुनुहुन्छ र उहाँको राज्य सुसमाचार हो भनि विश्वास गर्नुहुन्छ? तपाईं यो कुरा कसलाई बताउन सक्नुहुन्छ? यो योजना तपाईंसँग पढ्न एक दुई जना व्यक्तिलाई बोलाउने विचार गर्नुहोस्। तपाईंले दोस्रो पटक अझ धेरै बुझ्नुहुनेछ, र साथीहरूसँग अनुभव शेयर गर्न पाउनुहुनेछ।

हामी तपाईंबाट सुन्न चाहन्छौं।

•के तपाईं अरूलाई यो अध्ययन योजना सिफारिस गर्नुहुन्छ? विगत २० दिनको तपाईंले गरेको अनुभवको कुनै एउटा मनपरेको कुरा के थियो? हामीलाई सामाजिक सञ्जालको माध्यमबाट #BibleProjectUpsideDownKingdom ह्यास ट्याग प्रयोग गरी बताउनुहोस्।

उल्टो प्रकारको राज्यको भाग दुई अध्ययन शुरु गर्नुहोस्।

•बाइबल परियोजनामा उल्टो प्रकारको राज्यको भाग दुईमा सामेल बन्नुहोस्, जहाँ तपाईंले प्रेरितको पुस्तक गहिरिएर अध्ययन गर्नुहुनेछ। एक सहकर्मी, छिमेकी, मित्र, वा परिवार सदस्यलाई तपाईंसँग सामेल हुन आमन्त्रित गर्नुहोस्।

धर्मशास्त्र

Day 19

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।

More

http://bibleproject.com/nepali