BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकानमूना
येशू आउँदै गरेको निस्तार चाडको लागि यरूशलेममा पर्खंदै गर्दा, उहाँ मन्दिरमा दिनहुँ परमेश्वरको राज्यको प्रकृति र आउने वाला कुराहरू सिकाउनुहुन्थ्यो। एक पटक येशूले माथि हेर्नुहुन्छ र धेरै जना धनी मानिसहरूले मन्दिरको भण्डारमा ठूलो दान दिएको र गरिब विधवाले दुई पैसा मात्र दान गरेको देख्नुहुन्छ। येशू जान्नुहुन्छ कि धनी मानिसहरूले आफूहरूलाई खाँचो नभएको कुराहरू चढाए तर विधवाले आफूसँग भएको सबै कुरा दिइन्। त्यसैले उहाँ बोल्नुहुन्छ र सुन्नेहरू सबैलाई भन्नुहुन्छ, "यी गरिब विधवाले अरू सबैले भन्दा धेरै दिइन।"
हेर्नुहोस् त येशू अरू राजाहरू जस्तो हुनुहुन्न जसले ठूला चन्दाका कारण धनीहरूलाई महत्त्व दिनुहुन्छ। उहाँको राज्यमा, धेरै दिनको लागि मानिसहरूलाई धेरै कुराको आवश्यक पर्दैन। येशूले सिकाउनुहुन्छ, यस संसारको धनको अन्त्य हुँदैछ र उहाँको राज्य नजिकै आउँदैछ, त्यसकारण त्यसको सट्टा उहाँले आफ्ना चेलाहरूलाई उनीहरूको हृदयलाई व्यर्थका कुरा र चिन्ताबाट जोगिन उहाँमा भर पर्न भन्नुहुन्छ (पद २१:१३-१९, ३४-३६)।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्
• विचार गर्नुहोस्, कसरी येशूले दुई तामाको सिक्कालाई ठूलो र चम्किलो दानको भन्दा बढी महत्त्व दिन सक्नुहुन्छ। यसले उहाँको राज्यको प्रकृतिको बारेमा के भन्छ?
•लूका २१:३४-३६ मा येशूको विवेकी चेतावनीलाई विचार गर्नुहोस्। अहिले यस खण्डले तपाईंसँग कसरी कुरा गर्छ? यस हप्ता तपाईं येशूका शब्दहरूलाई कसरी प्रतिक्रिया दिनुहुन्छ?
• लूका २१:२७ मा येशूले अगमवक्ता दानिएलको उद्धरण गर्नुहुन्छ। दानिएल ७:१३-१४ पढ्नुहोस्। तपाईंले के याद गर्नुहुन्छ?
•तपाईंको पठन र मननले प्रार्थना गर्न प्रेरित गरोस्। परमेश्वरलाई भन्नुहोस्, के ले चकित बनायो, यस संसारको मूल्य मान्यताहरूको लागि तपाईंले समय, पैसा वा ध्यान कहाँ खर्च गर्नुभयो भनेर इमानदार हुनुहोस् र तपाईंको स्नेह येशूको राज्यमा हस्तान्तरण गर्न तपाईंलाई के चाहिन्छ भनेर सोध्नुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
More
http://bibleproject.com/nepali