YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

दिन 11 को 20

येशूले आफ्ना चेलाहरूलाई धार्मिक अगुवाहरूको कपटबाट बच्न सिकाउनुहुन्छ। तिनीहरू परमेश्‍वरको प्रेमको बारेमा कुरा गर्छन् तर गरिबहरूलाई बेवास्ता गर्छन्। उनीहरूसँग धेरै ज्ञान छ तर यसलाई केवल प्रशंसा पाउन प्रयोग गर्दछन्। येशूले यो दुई-मुखे जीवनशैली सहन गर्नुहुने छैन र सिकाउनुहुन्छ कि परमेश्‍वरले सबै कुरा देख्नुहुन्छ र मानवतालाई उत्तरदायी बनाउनुहुनेछ। यो दुबै चेतावनी र प्रोत्साहनको रूपमा हो। यो चेतावनी हो किनभने लोभ र कुरा काट्नेहरू गोप्य रहने छैनन्। कपटीहरू फेला पर्नेछन्। सत्य प्रकट हुनेछ र गलतलाई एक दिन ठीक गरिनेछ। तर यो एक प्रोत्साहनको निम्ति पनि हो किनकि परमेश्‍वरले मानवले गरेको दुष्टतालाई मात्रै नभएर उहाँले असल पनलाई पनि देख्नुहुन्छ। उहाँले मानवका आवश्यकताहरू देख्नुहुन्छ र उद्धारताका साथ आफ्नो सृष्टिको वास्ता गर्नुहुन्छ। जब येशूका चेलाहरू परमेश्‍वरको राज्यको पछि लाग्ने र यसलाई प्राथमिकता दिन्छन्, उनीहरूले अनन्त धनसम्पत्ति र पृथ्वीमा जीवनको लागि चाहिने सबै कुरा प्राप्त गर्नेछन् भनि येशूले निश्चिन्त गराउनुहुन्छ। तर, यसको मतलब जीवन सजिलो हुनेछ भन्ने होइन । वास्तवमा, आफ्ना चेलाहरूले पक्कै कष्ट भोग्नेछन् भनेर येशू स्वीकार्नुहुन्छ। तर उहाँ प्रतिज्ञा गर्नुहुन्छ कि कष्टमा पर्नेहरूले परमेश्‍वरको अघि उहाँलाई भेट्ने छन् र जसले उहाँको नामको सम्मान गर्न आफ्नो जीवन दिन्छन् ती सबलाई स्वर्गदूतहरूको अघि सम्मान गरिनेछ। यस कारण, येशू आफ्ना चेलाहरूलाई परमेश्‍वरको प्रबन्धमाथि भरोसा राख्न प्रोत्साहित गर्नुहुन्छ र तिनीहरूलाई कपटीपनको खतराहरूदेखि चेतावनी दिनुहुन्छ। सबैले आफ्नो वचनहरू ग्रहण गरेको येशू चाहनुहुन्छ तर धेरैले त्यसलाई अस्वीकार गर्दछन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्

•आज येशूका शब्दहरू पढिसकेपछि तपाईं कपटलाई कसरी परिभाषित गर्नुहुन्छ? येशूले कपटलाई खमिरसँग तुलना गर्नुभयो (१२: १)। कसरी कपट खमिर जस्तै छ?

• लोभ भनेको जहिले पनि अधिक पैसा र सम्पत्तिको स्वार्थी चाहना होइन। येशूले आफ्ना चेलाहरूलाई सबै प्रकारको लोभबाट आफ्ना जीवन जोगाउन बोलाउनु। लोभका विभिन्न प्रकारहरू के-के छन्? उदाहरणको लागि, ध्यान, समर्थन वा मनोरञ्जनको लागि लोभी हुनुको अर्थ के हो भन्ने कुरालाई विचार गर्नुहोस्।

•लूका १२:२९-३४ हेर्नुहोस् तपाईं के देख्नुहुन्छ? तपाईं केको विषयमा सोचेर र पछि लागेर आफ्नो धेरै समय र ऊर्जा खर्च गर्नुहुन्छ? येशूका शब्दहरूले आज तपाईंलाई कसरी चेतावनी वा प्रोत्साहन दिन्छन्?

• जसरी कुखुरीको पखेटाले आफ्ना बचेराहरूलाई सिकारीहरूबाट जोगाउँदछ त्यसरी नै येशूका शिक्षाहरू आफ्ना मानिसहरूलाई जोगाउन दिइएको छ (हेर्नुहोस् १३:३४) । तर अझै धेरै जना उहाँको सुरक्षा प्राप्त गर्न इच्छुक छैनन्। तपाईंले आफ्नो जीवनमा कुनै एउटा चेतावनीलाई नसुनेर पाउनुभएको परिणामको बारेमा सोच्नुहोस्। यदि तपाईं आफ्नो जीवनको त्यो भागमा फर्कन सक्नुहुन्छ भने, तपाईं आफूलाई के भन्न चाहनुहुन्छ?

•तपाईंको अध्ययन र मननले प्रार्थनाको प्रोत्साहन दिएको होस्। लोभ र कपट विरुद्ध उहाँको सुरक्षाको लागि कृतज्ञता व्यक्त गर्नुहोस्, उहाँलाई भन्नुहोस् कि तपाईंले यसलाई कहाँ प्राप्त गर्न सङ्घर्ष गरिरहनुभएको छ? उहाँलाई सोध्नुहोस् कि, आज तपाईंले के को निम्ति उहाँलाई पछ्याउनुपर्छ?

धर्मशास्त्र

Day 10Day 12

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।

More

http://bibleproject.com/nepali