BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाSample

येशूको उल्टो प्रकारको राज्यको घोषणापत्र पढिसकेपछि हामीलाई "अर्को-गाला-फर्काइ-दिनु भन्ने राजा” कति शक्तिशाली होलान् भनि प्रश्न आउन सक्छ। तर येशूको अनुग्रहमय स्वभाव उहाँको कमजोरी होइन। पढ्दै जाँदा, हामी देख्न सक्छौं कि राजा येशूसँग मरेकाहरूलाई पनि बिउँताउन सक्ने शक्ति छ।
येशूलाई यी सबै आश्चर्य कर्महरू गरिरहेको देख्ने र सुन्ने धेरैलाई यो थाहा छ कि उहाँले यो परमेश्वरको शक्तिले गर्नुभएको हो। तर बप्तिस्मा दिने यूहन्नाले जेलमा छँदा के भइरहेको छ देख्न र सुन्न सक्दैनन्। उसले सोचेको येशू साँच्चै उहाँ नै हुनुहुन्छ कि भन्ने कुरामा उसले शङ्का गर्न शुरु गर्छन्। येशूले भविष्यवक्ता यशैयाको भनाइ उद्धृत गर्दै फेरि यूहन्नालाई सन्देश पठाउनुहुन्छ: “गरिबहरूसँग सुसमाचार छ।” यूहन्नालाई थाहा छ कि यो वचनले आउने वाला मसीहलाई जनाउँछ। तर उनलाई यो पनि थाहा छ कि यशैयाको पुस्तकका अरू पदहरूमा मसीहले “कैदीहरूलाई स्वतन्त्र” गर्नुहुनेछ भनि भविष्यवाणी गरिएको छ , त्यसोभए किन यूहन्ना अझै जेलमा छन्? के येशूले उनलाई बिर्सनुभयो? येशूले यूहन्नाको अवस्था देख्नुहुन्छ र यस्तो प्रतिज्ञा पनि थप्नुहुन्छ, “धन्य हुन् ती जसले ममा बाधा पाउँदैनन्।”
तर धेरैले यो आशिषलाई इन्कार गर्छन् र येशूमा बाधा पाउँछन्, विशेष गरी धार्मिक अगुवाहरूले । कति बाहिरकाहरू जसले आफ्नो जीवन बर्बाद पारेका छन् उनीहरूप्रति येशूको उद्धारतालाई तिनीहरूले बुझ्दैनन् । तर तिनीहरू उहाँकहाँ ल्याएपछि ती खराबीलाई के गर्ने भन्ने कुरा येशू जान्नुहुन्छ। उदाहरणका लागि, लूकाले लेखेका छन् कि भोजनमा सामेल एक स्त्रीले येशूको खुट्टा आफ्ना धन्यवादी आँसुहरूले धोइ दिएर आफैलाई विनम्र पार्छिन्, येशूले उनको सम्पूर्ण जीवनलाई क्षमा गरेर धुनुभयो। अनि हामी उहाँकहाँ आउँदा हाम्रो लागि पनि उहाँ त्यस्तै गर्न तयार हुनुहुन्छ।
यो नै उल्टो प्रकारको राज्य हो - एक महान परिवर्तन! हामी आफ्ना गल्तीहरूको कारण राजाको पहुँचबाट बन्चित हुन्छौं भनि अपेक्षा गर्न सक्छौं तर येशू अरू राजाहरू जस्तो हुनुहुन्न। उहाँ अनुग्रही र पहुँच योग्य हुनुहुन्छ––मृत्यु वा जेलको पर्खाल समेतले उहाँका जनहरूलाई उहाँको प्रेमबाट अलग गर्न सक्दैन।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्
•एकछिन येशूले र एउटा सानी बालिका र अर्को एउटा युवकलाई मृत्युबाट जीवन दिनुभएको घटनामा तपाईं स्वयम् भएको कल्पना गर्नुहोस्। तपाईंलाई कस्तो लाग्छ? तपाईं के गर्नुहुन्थ्यो होला?
•के तपाईं आफूलाई परमेश्वरको कुनै आशिषबाट बन्चित भएको वा बिर्सिएको महसुस् गर्नुहुन्छ? येशूले भीडलाई आफू सक्रिय छु भन्ने कुरा निश्चिन्त गराउनुहुन्छ र तिनीहरू जसले उहाँबाटको फाइदा देख्न नसकेर बाधा सहनलाई इन्कार गर्छन् उहाँले तिनीहरूलाई आशिष्दिनुहुन्छ। यो आश्वासन तपाईंसँग कसरी मिल्छ?
•येशूको खुट्टामा अभिषेक गर्ने स्त्रीले उहाँप्रति आफ्नो प्रेम देखाउन डराएकी थिइनन्। के तपाईं त्यस्तो कसैलाई चिन्नुहुन्छ? तिनीहरूले कसरी येशूप्रति आफ्नो प्रेम देखाउँछन्?
•येशूप्रतिको हाम्रो प्रेम उहाँले कति मात्रामा हामीलाई क्षमा गर्नुभएको छ भन्ने हाम्रो बुझाइको सिधा अनुपातमा छ। के तपाईंले येशूलाई तपाईंको सबै पाप क्षमा दिन अनुरोध गर्नुभयो? यदि हो भने, येशूले तपाईंलाई कति धेरै क्षमा गर्नुभयो यसबारे सोच्नुहोस्।
•आज तपाईंले येशूलाई आफ्नो प्रेम देखाउन सक्ने एउटा तरिका के छ?
धर्मशास्त्र
यस योजनाको बारेमा

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
More
http://bibleproject.com/nepali
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ग्रेसको गान (Anthem of Grace)

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

पुनस्थापनालाई रोज्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
