YouVersion लोगो
खोज आइकन

यशैया 61

61
परमप्रभुका निगाहको वर्ष
1परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ। #मत्ती ११:५; लूक ७:२२ #लूक ४:८-१९
2परमप्रभुको प्रसन्‍नताको वर्ष, #मत्ती ५:४
र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन,
3र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट,
र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌।
4तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌। 5परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌। 6अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
7तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ।
8“किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु। 9तिनीहरूका सन्‍तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्‌। तिनीहरूलाई देख्‍ने सबैले ‘ती परमप्रभुबाट आशिष्‌ पाएका सन्‍तान हुन्‌’ भनी स्‍वीकार गर्नेछन्‌।”
10म परमप्रभुमा साह्रै आनन्‍दित हुन्‍छु। मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ— जसरी दुलहाले आफ्‍नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्‍नहरूले आभूषित गर्छिन्‌। #प्रका २१:२ 11किनकि जसरी भूमिले आफ्‍नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्‍यसरी नै परमप्रभु परमेश्‍वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्‍ने उत्‍पत्ति गर्नुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

यशैया 61: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्