YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 5 को 20

राज्यको सन्देश यरूशलेमभरि फैलिन्छ र चेलाहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहन्छ। अझै बढी अगुवाहरूको आवश्यकता पर्छ, त्यसकारण प्रेरितहरूले येशूको सन्देश निरन्तर फैलाउँदै जाँदा गरिबहरूको सेवा गर्न स्तिफनस नामका मानिस अघि सर्छन्। स्तिफनसले परमेश्‍वरको राज्यको शक्ति प्रदर्शन गर्छन् अनि धेरै यहूदी पुजारीहरूले विश्‍वास गर्छन् र येशूलाई पछ्याउन थाल्छन्। तर स्तिफनसको विरोध गर्ने र उनीसँग बहस गर्ने मानिसहरू पनि धेरै छन्। तिनीहरूले स्तिफनसको बुद्धिमानी प्रत्युत्तरको सामना गर्न सक्दैनन्‌। त्यसकारण तिनीहरूले उनलाई मोशाको अनादर गरेको र मन्दिरबारे चुनौती दिएको आरोप लगाउन झूटा साक्षीहरू खोज्छन्‌।

यसको प्रतिक्रिया स्वरूप, तिनीहरूले उनलाई गरेको दुर्व्यवहार कसरी अनुमान गर्न सकिने शैलीमा भएको छ सो देखाउन पुरानो करारको कथा बताउँदै स्तिफनसले शक्तिशाली भाषण दिन्छन्। उनले आफ्नै मानिसहरूले धोका दिएका र सताएका योसेफ र मोशाजस्ता पात्रहरूबारे प्रकाश पार्छन्‌। इस्राएलले परमेश्‍वरका प्रतिनिधिहरूलाई शताब्दीयौंदेखि विरोध गर्दै आएका छन् र अहिले स्तिफनसलाई तिनीहरूले विरोध गर्नु कुनै आश्‍चर्यको कुरो होइन। यो कुरा सुनेर, धर्म गुरुहरू क्रोधित हुन्छन्। उनीहरूले तिनलाई शहरबाट लखेट्छन्‌ र मार्नका निम्ति ढुङ्गाले हान्छन्। तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हान्‍न थाल्दा उनले आफूलाई येशूको मार्गमा अर्पण गर्छन्, जसले अरूको पापको लागि कष्ट भोग्‍नुभयो। “प्रभु, यो पाप तिनीहरूको विरुद्धमा नलिनुहोस्” भनेर कराउँदै स्तिफनस धेरै शहीदहरू मध्ये पहिलो शहीद बन्छन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• स्तिफनसले पुन: बताएको पुरानो करारको कथा पढ्नुहोस्। उनले हिब्रू बाइबलका कुन भागहरू उद्धृत गरे र कस्ता विवरणहरूलाई जोड दिए? सो ध्यान दिनुहोस्। तपाईंले के अवलोकन गर्नुभयो? ?

• अगमवक्ताहरू विरुद्ध गरिएको हिंसात्मक सतावटको शैलीबारे स्तिफनसले भनेका वचनहरूलाई (७:५१-५२ हेर्नुहोस्) श्रोताहरूले स्तिफनसप्रति देखाएको हिंसात्मक प्रतिक्रियासित तुलना गर्नुहोस् (७:५७-५८ हेर्नुहोस्) । तपाईं के याद गर्नुहुन्छ?

• येशूले क्रूसमा बोल्नुभएको कृपालु वचनलाई (लूका २३:३४ र ४६ हेर्नुहोस्) स्तिफनसले आफ्‍नो मृत्युको बेला बोलेका कृपालु वचनसँग तुलना गर्नुहोस् (प्रेरित ७:६०) । तपाईंले के अवलोकन गर्नुभयो? यसले तपाईंलाई येशू, उहाँका साँचो अनुयायीहरू र क्षमादानको प्रकृतिबारे के बताउँछ?

• के तपाईं येशूलाई पछ्याउनुहुन्छ? यदि पछ्याउनुहुन्छ भने, उहाँको सन्देश बाँड्ने कार्य तपाईंलाई कस्तो लाग्छ? स्तिफनसको साहसी उदाहरणले तपाईंलाई कसरी प्रोत्साहन वा चुनौती दिन्छ?

• तपाईंको अध्ययन र मननले तपाईंलाई हृदयदेखि प्रार्थना गर्न उत्प्रेरित गरोस्। तपाईंले परमेश्‍वरको पवित्र आत्मालाई कुनै तरिकामा विरोध गरिरहेको हुन सक्‍ने कुरा प्रकट गरी माग्नुहोस्‌ र यसरी विरोध गर्नुको सट्टा उहाँलाई पछ्याउन सहायता माग्नुहोस्‌। आफूले येशूबाट पाएको कृपालु पाप क्षमाबारे तपाईंलाई कस्तो अनुभूति हुन्छ सो उहाँलाई बताउनुहोस् र अरूलाई क्षमा दिन तपाईंलाई चाहिने सामर्थ्य उहाँबाट प्राप्त गर्नुहोस्।

धर्मशास्त्र

Day 4Day 6

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali