YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 4 को 20

हामीले अध्ययनलाई जारी राख्‍ने क्रममा, अरू राष्ट्रका यहूदी मानिसहरूले येशूलाई पछ्याउन थालेका कारण येशूको अभियान तीब्र गतिमा वृद्धि भइरहेको देख्छौं। तिनीहरूले पवित्र आत्माको शक्ति प्राप्त गरेपछि तिनीहरूको जीवन परिवर्तन हुन्छ अनि समुदाय पूर्ण रूपमा नयाँ तरिकाले, आनन्द र उदारताको साथ जिउन थाल्छ। तिनीहरू एकसाथ भेला भई दैनिक खानपान गर्छन्, एक-अर्कासँग मिलेर नियमित रूपमा प्रार्थना गर्छन् र आफू बीच भएका गरिबहरूलाई दिन आफूसँग भएका थोकहरू समेत बेच्छन्। परमेश्‍वरको उपस्थिति मन्दिरमा नभई मानिसहरूमा रहने यस नयाँ करार अन्तर्गत जिउनुको अर्थ तिनीहरूले सिक्छन्।

सायद तपाईंलाई लेवीको पुस्तकमा उल्लेख गरिएको दुई जना पुजारीहरूको एउटा अनौठो कथाबारे थाहा छ होला । ती पुजारीहरूले मन्दिरमा परमेश्‍वरको अनादर गरे र अचानक मरे। आजको पढाइमा, लूकाले दुई जना मानिसहरूबारे उस्तै कथा बताउँछन्‌ जसले नयाँ मन्दिरमा रहनुहुने पवित्र आत्माको अनादर गरे र मरे। चेलाहरू सचेत हुन्छन्। तिनीहरूले यस नयाँ करारको गम्भीरतालाई बुझ्छन् र चेतावनी प्राप्त गर्छन् अनि नयाँ मन्दिरको भ्रष्टतालाई सुधार गरिन्छ। तर धार्मिक मन्दिरका अगुवाहरूले येशूका जनहरू र उहाँको सन्देशको विरुद्ध निरन्तर लडाइँ गरेकोले गर्दा पुरानो मन्दिर भवनको भ्रष्टता रही नै रहन्छ। प्रेरितहरूको कारण प्रधान पुजारी र उनका अधिकारीहरूले यति खतरा महसुस गर्छन् कि तिनीहरूले प्रेरितहरूलाई फेरि झ्यालखानमा हाल्छन् तर स्वर्गदूतले तिनीहरूलाई कैदबाट निकाल्छन् र मन्दिरमा गएर येशूको राज्य सन्देश निरन्तर बाँड्न भन्छन्‌। धर्म गुरुहरूले प्रेरितहरूलाई येशूको बारेमा प्रचार गर्न बन्द गर्नू भनी जबरजस्ती गर्छन्‌ तर प्रेरितहरूले आफ्‍नो कार्य जारी राख्छन्। यसले गर्दा धर्म गुरुहरू तिनीहरूलाई मार्न तयार हुन्छन् तर गमलिएल नामक व्यक्तिले यदि तिनीहरूको सन्देश परमेश्‍वरबाट नै आएको हो भने त्यसलाई कुनै कुराले पनि रोक्‍न सक्दैन भन्‍ने तर्क गर्दै धर्म गुरुहरूलाई रोक्छन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• तपाईंको विचारमा हननिया र सफीराले आफ्‍नो दानबारे सत्य कुरा बताएका भए आफूहरूले के कुरा गुमाउनेछन् भन्‍ने तिनीहरूलाई लाग्यो? त्यो कुरा नगुमाउन तिनीहरूले के गर्ने छनौट गरे अनि त्यसपछि के भयो ( ५:१-११ हेर्नुहोस्)?

• तपाईंको विचारमा प्रेरितहरूले धर्म गुरुहरूको सट्टा परमेश्‍वरको आज्ञा माने भने आफूहरूले के गुमाउँछन् भन्‍ने तिनीहरूलाई लाग्यो? तिनीहरूले केही कुरा गुमाउन सक्ने भए तापनि के गर्ने छनौट गरे अनि त्यसपछि के भयो (५:२९ र ५:४० हेर्नुहोस्)? आफ्‍नो आज्ञापालनका नतिजाहरूबारे चेलाहरूलाई कस्तो अनुभूति भयो (५:४१-४२ हेर्नुहोस्)?

• गमलिएलको २००० वर्ष पुरानो वचनहरू (५:३४-३९) र येशूको सन्देशले आज पनि निरन्तर संसार परिवर्तन गरिरहेको छ भन्‍ने तथ्यलाई मनन गर्नुहोस्। यसले तपाईंमा के-कस्ता विचार, प्रश्‍न वा भावना जगाउँछ?

•तपाईंको अध्ययन र मननलाई हार्दिक प्रार्थनामा बदल्नुहोस्। परमेश्‍वरको रोक्न नसकिने सन्देशप्रति आफ्‍नो कृतज्ञता व्यक्त गर्नुहोस्। सबै कुराको लागि उहाँसँग इमानदार हुनुहोस् र जस्तोसुकै मूल्य चुकाउनु परे पनि उहाँको आज्ञापालन गर्न तपाईंलाई चाहिने साहस र भरोसा हासिल गर्न उहाँको आत्मा माग्नुहोस्‌।

Day 3Day 5

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali