YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 7 को 20

यस खण्डमा, लूकाले कर्नेलियस नामक रोमी कप्तानको परिचय दिन्छन्, जसले रोमी आधिपत्यबारे यहूदीहरूले घृणा गर्ने सबै कुराको प्रतिनिधित्व गर्छन्। कर्नेलियसकहाँ एक जना स्वर्गदूत देखा पर्छन् र उनलाई योप्‍पामा सिमोनको घरमा बसिरहेका पत्रुस नामक व्यक्तिलाई बोलाउन भन्छन्‌। त्यसपछि कर्नेलियसले पत्रुसलाई बोलाउन सन्देशवाहकहरू पठाउँदा स्वर्गदूतले पत्रुस जहाँ हुन्छन् भनेका थिए उनी त्यहीँ नै यहूदी विधिअनुसार प्रार्थना गरिरहेका हुन्छन्, अनि उनले अचानक एउटा अनौठो दर्शन देख्छन्। दर्शनमा परमेश्‍वरले उनको अघि यहूदीहरूलाई खान निषेध गरिएका जनावरहरू ल्याउनुहुन्छ र पत्रुसलाई भन्‍नुहुन्‍छ। “यिनलाई खाऊ!” पत्रुसले भन्छन्‌, “मैले कुनै पनि अशुद्ध थोक कहिल्यै खाएको छैन।” तर परमेश्‍वरले जबाफ दिनुहुन्छ, “मैले जुन कुरालाई शुद्ध तुल्याएको छु त्यसलाई अशुद्ध नभन।” यो दर्शन ती३ पटक दोहोरिन्छ र पत्रुस छक्‍क पर्छन्।

पत्रुसले अझै पनि त्यही दर्शनबारे सोचिरहेको बेला, सन्देशवाहकहरू उनलाई कर्नेलियसको घर आउन निमन्त्रणा दिन आइपुग्छन्‌। अब भने पत्रुसलाई आफूले देखेको अर्थ छर्लङ्ग हुन्छ। गैरयहूदीको घरमा जाँदा धर्मविधि अशुद्ध हुने खतरा हुन्छ भन्‍ने पत्रुसलाई थाहा छ, त्यसकारण सामान्यतया उनले त्यस्तो निम्तो इन्कार गर्ने थिए। तर दर्शनद्वारा परमेश्‍वरले पत्रुसलाई कसैलाई पनि अशुद्ध भन्‍नु हुँदैन भन्‍ने कुरा बुझ्न सहायता गर्दै हुनुहुन्थ्यो। येशूमा विश्‍वास गर्ने सबै मानिसहरूलाई शुद्ध पार्ने शक्ति परमेश्‍वरसँग छ। त्यसकारण कुनै आपत्ति बिना, पत्रुस कर्नेलियसको घर जान्छन् र येशूको बारेमा - उहाँको मृत्यु, पुनरुत्थान र उहाँलाई विश्‍वास गर्नेहरू सबैले पाउने पाप क्षमा को सुसमाचार सुनाउँछन् । पत्रुस बोलिरहेकै बेला, पेन्तिकोसको दिन येशूका यहूदी अनुयायीहरूलाई जस्तै कर्नेलियस र उनको परिवारका सदस्यहरू पवित्र आत्माले भरिन्छन्‌। येशूले भन्‍नुभए जस्तै, यो अभियान सबै मानिसहरूकहाँ फैलिँदै जान्छ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• आजका परिच्छेदहरू पढ्नु अघि, परमेश्‍वरलाई प्रार्थना गरेर समझशक्ति माग्नुहोस्। आफूले पढेको कुरा मनन गर्दा तपाईं के अवलोकन गर्नुहुन्छ?

• कतिपयले मानिसहरूको कुन समूह वा प्रजातिलाई परमेश्‍वरको पहुँचभन्दा बाहिरका ठान्छन्? तिनीहरू किन त्यस्तो दृष्टिकोण राख्छन् जस्तो तपाईंलाई लाग्छ? आजको अध्ययनले तिनीहरूको दृष्टिकोणलाई कसरी प्रभाव पार्न सक्छ भन्‍ने तपाईंलाई लाग्छ?

• तपाईंको अध्ययन र मननले प्रार्थना गर्ने उत्प्रेरणा देओस्। गैर-यहूदीहरूलाई आफ्नो परिवारको रूपमा समावेश गर्नु भएकोमा परमेश्‍वरलाई धन्यवाद दिनुहोस्। सबै प्रकारका मानिसहरूलाई उहाँको प्रेम मार्फत शिक्षा दिन र क्षमा दिन सकिने सबै तरिकामा उहाँसँगै सहभागी हुनको लागि उहाँलाई मदत माग्नुहोस्‌।

Day 6Day 8

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali