YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 1 को 20

लूकाले येशूको जीवन, मृत्यु, पुनरुत्थान र स्वर्गारोहणको सबैभन्दा प्रारम्भिक लेखकहरू मध्य उनी एक हुन् अनि हामी यो विवरणलाई लूकाको सुसमाचार भन्ने गर्छौं। तरलूकाको पुस्तकको दोस्रो खण्ड पनि छ भन्‍ने कुरा के तपाईंलाई थाहा छ? यसलाई हामी प्रेरितको पुस्तक भनेर चिन्छौं। यो पुस्तकमा हामी बौरी उठ्नुभएका येशूले स्वर्गारोहण हुनु भएपछि आफ्‍नो पवित्र आत्माद्वारा आफ्ना मानिसहरूलाई के-के गर्न सिकाउने काम कसरी जारी राख्नुभयो, ती विवरणहरू पाउँछौं।

लूकाले बौरी उठ्नुभएका येशूलाई चेलाहरूले भेटेको घटनाबाट प्रेरितको पुस्तक शुरु गर्छन्‌। हप्तौंसम्‍म येशूले तिनीहरूलाई उहाँको उल्टो प्रकारको राज्य अनि उहाँको मृत्यु र पुनरुत्थानद्वारा उहाँले शुरु गर्नुभएको नयाँ सृष्टिबारे निरन्तर सिकाइरहनुहुन्छ। चेलाहरू गएर उहाँका शिक्षाहरू बाँड्न चाहन्छन् तर येशूले तिनीहरूलाई नयाँ शक्ति प्राप्त नभइञ्जेल सम्म प्रतीक्षा गर्नू भन्नु हुन्छ ताकि येशूको राज्यको विश्‍वासयोग्य गवाही हुन चाहिने सबै कुरा तिनीहरूसँग हुन सकोस्। उहाँले भन्‍नुहुन्‍छ कि, तिनीहरूको अभियान यरूशलेममा शुरु हुनेछ, त्यसपछि यहूदिया र सामरियामा जानेछ अनि त्यहाँबाट सबै राष्ट्रहरूमा फैलिनेछ।

प्रेरितको पुस्तकमा भएको मुख्य विषयवस्तु र संरचना प्रारम्भिक अध्यायबाट नै शुरु हुन्छ। यो विषय, सबै राष्ट्रलाई प्रेम र येशूको राज्यको स्वन्त्रतामा जिउने निमन्त्रणा दिन उहाँले आफ्‍ना मानिसहरूलाई आफ्नो आत्माद्वारा अगुवाइ गर्नुभएको कथा हो। प्रारम्भिक सात अध्यायहरूले यो निमन्त्रणा कसरी यरूशलेममा फैलन शुरु हुन्छ भनि बताउँछन्। बाँकी चार अध्यायहरूले यहूदिया र सामरियाका गैर-यहूदी प्रान्तमा कसरी यो सन्देश फैलिन्छ त्यसको चित्रण गर्छन्। अनि १३ अध्यायदेखि, लूकाले हामीलाई येशूको राज्यको शुभ समाचार कसरी संसारका सबै राष्ट्रहरूमा पुग्न थाल्छ भनि हामीलाई बताएका छन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• लूकाको पुस्तकको पहिलो खण्डमा बप्तिस्मा दिने यूहन्‍नाको नवीकरण भएको सेवकाईको बारेमा बताइएको छ। लूका ३:१६-१८मा लिपिबद्ध बप्तिस्मा दिने यूहन्नाका वचनहरूलाई प्रेरित १:४-५ मा भएका येशूका वचनहरूसँग तुलना गर्नुहोस्। तपाईं के याद गर्नुहुन्छ?

• प्रेरित १:६-८ लाई पुनरावलोकन गर्नुहोस्। चेलाहरूले इस्राएलका आफ्‍ना मानिसहरूका लागि येशूले के गर्नुभएको चाहन्छन्? येशूले केप्रतिक्रिया दिनुहुन्छ? तिनीहरूले परमेश्‍वरको समय पर्खंदा के जानेको र गरेको उहाँ चाहनुहुन्छ? तपाईं आफू र आफ्नो समुदायको लागि येशूले के गर्नुभएको चाहनुहुन्छ अनि येशूले चेलाहरूलाई दिनुभएको उत्तरमा आज तपाईंको निम्ति के सन्देश छ ?

• येशूको स्वर्गारोहण सम्‍बन्धी लूकाको विवरणभन्दा शताब्दीयौं अघिदेखि अघि दानिएल अगमवक्ताले इस्राएलको भावी राजाबारे दर्शन देखे। दानिएलले देखेको घटनाको प्राचीन विवरण हेर्नुहोस् (दानिएल ७:१३-१४ मा हेर्नुहोस्) अनि यसलाई लूकाको विवरणसँग तुलना गर्नुहोस् (प्रेरित १:९-११ हेर्नुहोस्) । तपाईंले के देख्नुहुन्छ र यो कसरी महत्त्वपूर्ण छ?

• तपाईंका मननले प्रार्थना गर्ने प्रेरणा दिऊन्। येशूप्रति कृतज्ञता व्यक्त गर्नुहोस्। आफ्नो जीवन र समुदायमा तपाईंकहाँ उहाँले पुनर्स्थापना गरेको हेर्न चाहनुहुन्छ, त्यो उहाँलाई बताउनुहोस् अनि उहाँको आत्माको शक्ति प्राप्त गर्न उहाँलाई साहस माग्नुहोस् ताकि तपाईं उहाँको पुनर्स्थापना योजनामा आजै सहभागी हुन सकोस्।

Day 2

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali