YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 20 को 20

रोम जाने क्रममा पावल चढेको डुङ्गा भीषण आँधीमा पर्छ। पावल बाहेक जहाजका सबै यात्री ज्यान जाला भनेर भयभीत हुन्छन्‌ तर पावल भने परीक्षाको ठीक अघिल्लो रात येशूले खानपान गर्नु भएजस्तै उनले पनि जहाजको तल्लो तलामा गई खानपान गर्दैछन्‌। परमेश्‍वरले तिनीहरूलाई आँधीबाट बचाउनुहुनेछ भनेर प्रतिज्ञा गर्दै पावलले धन्यवाद दिँदै रोटी भाँच्छन्। भोलिपल्ट जहाज चट्टानमा ठोक्किएर क्षतिग्रस्त हुन्छ र सबै जनालाई पानीले बगाएर सुरक्षित किनारमा पुऱ्याउँछ। तिनीहरू सुरक्षित हुन्छन् तर पावल अझै पनि साङ्लामा नै बाँधिएका हुन्छन्। उनलाई रोममा लगेर नजरबन्दमा राखिन्छ। तर यो अवस्था त्यति खराब हुँदैन किनभने यहूदीहरू र गैर-यहूदीहरूलाई भेला गरेर तिनीहरूलाई बौरी उठ्नुभएका येशूबारे सुसमाचार सुनाउने अनुमति पावललाई दिइन्छ। अत्यन्तै अचम्‍म तरिकाले, संसारको सबैभन्दा शक्तिशाली साम्राज्यको केन्द्र रोममा लगिएको एक कैदीको कष्टद्वारा येशूको नयाँ राज्य अर्थात् संसारको भन्दा उल्टो प्रकारको राज्यको वृद्धि भइरहेको हुन्छ। अनि राज्यहरू बीचको यो भिन्‍नतासँगै लूका आफ्‍नो विवरण यसरी समाप्त गर्छन्‌ मानौं यो निकै लामो कथाको एउटा अध्याय मात्रै हो। यससँगै, उनले सुसमाचार बाँड्ने यात्रा पूरा भएको छैन भनेर पाठकहरूले बुझ्नुपर्छ भन्‍ने कुरा बताउँछन्। येशूमा भरोसा गर्ने सबैले उहाँको राज्यमा सहभागिता जनाउन सक्छन्, जुन आजको दिनसम्म पनि निरन्तर फैलिरहेको छ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• लूकाको दोस्रो पुस्तकको अन्तिम पदलाई पुनरावलोकन गर्नुहोस् (प्रेरित २८:३१)। रोमी झ्यालखाना परमेश्‍वरले बिना बाधा आफ्‍नो सन्देश फैलाउने स्थान हुनेछ भनेर कसले सोच्ने थिए र? परमेश्‍वरको प्रेम प्राप्त गर्ने र बाँड्ने आफ्‍नो क्षमतामा बाधा पुगेको तपाईंलाई महसुस् हुन्छ? सायद यो दीर्घकालीन स्वास्थ्य समस्या, उमेर नै नभई बालबच्चा हुर्काउनुपर्ने समस्या वा सम्झिँदा निराशा लाग्ने आर्थिक समस्या हुनसक्छ। त्यो बाधालाई परमेश्‍वरले कसरी उलट-पुलट पार्न र राज्य फैलाउने अवसरको रूपमा बदल्न चाहनुहुन्छ सो देखाउन उहाँसँग प्रार्थना र अनुरोध गर्नुहोस्। तपाईंले सम्भावनाहरू देख्‍न थाल्दा, त्यसलाई व्यवहारमा उतार्न साहसको लागि प्रार्थना गर्नुहोस्।

• के तपाईं येशू नै एक मात्र साँचो राजा हुनुहुन्छ र उहाँको राज्य सुसमाचार हो भनेर विश्‍वास गर्नुहुन्छ? तपाईं यो कुरा कसलाई बताउन सक्‍नुहुन्छ? यो योजना तपाईंसँगै पढ्न एक दुई जना व्यक्तिलाई बोलाउने विचार गर्नुहोस्। दोस्रो पटक तपाईंले अझै धेरै कुरा बुझ्नुहुनेछ र मित्रहरूसँग अनुभव बाँड्न पाउनुहुनेछ।

धर्मशास्त्र

Day 19

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali