YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 9 को 20

प्रथम शताब्दीमा भूमध्य सागर वरपर धेरैजसो मानिसहरू रोमी साम्राज्यद्वारा शासित घना शहरहरूमा बसोबास गर्थे। हरेक शहर विविध संस्कृति, जाति र धर्महरूको मिश्रण थियो। यसैले, सबै प्रकारका देवी-देवताहरूलाई बलिदान चढाउने हरेक प्रकारका मन्दिरहरू थिए र हरेक व्यक्तिले आ-आफ्‍नै देवी-देवताको पूजा गर्थे। तर प्रत्येक शहरमा ती देवी-देवताको आराधना नगर्ने अल्पसङ्ख्यक मानिसहरूको समूह पनि भेट्टाइन्थ्यो। यहूदीहरू भनेर पनि चिनिने इस्राएलीहरूले एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने दाबी गर्थे र तिनीहरूले उहाँको मात्रै आराधना गर्ने प्रयास गर्थे।

यी सबै शहरहरू रोमी साम्राज्यले निर्माण गरेका सडक सञ्जालले जोडिएका थिए। त्यसकारण व्यापार गर्न र नयाँ विचारहरू फैलाउनको लागि यता-उता गर्न सहज थियो। प्रेरित पावलले आफ्‍नो जीवनको उत्तरार्धमा यी सडकहरूमा यात्रा गर्दै बिताए। उनले इस्राएलका परमेश्‍वरले राष्ट्रहरूमाथि नयाँ राजा नियुक्त गर्नुभएको र उहाँले शक्ति र अतिक्रमणद्वारा नभई आत्मत्यागी प्रेमले शासन गर्ने कुरा घोषणा गरे। पावलले यो सुसमाचारको अग्रगामी व्यक्तिको रूपमा सेवा गरे किनभने उनले सबै मानिसलाई राजा येशूको मायालु शासन अन्तर्गत जिउन निमन्त्रणा दिए।

प्रेरितको पुस्तकको तेस्रो भागमा पावलका यात्रा र मानिसहरूले उनको सन्देशलाई कसरी ग्रहण गरे, त्यसैबारे उल्लेख छ। यस खण्डमा, लूकाले हामीलाई पावल र उनका सहकर्मीहरू आफ्‍नो गृह नगर एन्टिओक शहरबाट कसरी बाहिर निस्के र रोमी साम्राज्यभरिका मुख्य शहरहरूमा गए भनेर बताउँछन्‌। हरेक शहरमा जाँदा पहिला यहूदी सभाघरमा गएर आफ्‍ना मानिसलाई येशू कसरी हिब्रू बाइबलको मसीह हुनुहुन्छ भनेर देखाउने प्रचलन पावलको थियो। कतिपयले उनको सन्देशमा विश्‍वास गरे र येशूको शासनको अधीनमा जिउन थाले तर अरू कतिपयले भने पावलको सन्देशको विरोध गरे। केही यहूदीहरूलाई डाहा लाग्यो र चेलाहरू विरुद्ध झूटा आरोपहरू लगाए अनि केही गैरयहूदीहरूले चाहिँ तिनीहरूको रोमी जीवनशैलीमा खतरा आइ परेको ठाने र चेलाहरूलाई लखेटे। तर विरोधले येशूको अभियानलाई कहिल्यै पनि रोकेन। वास्तवमा, सतावटले त यसलाई नयाँ शहरहरूमा अघि बढ्न बाध्य पार्‍यो। आनन्द र पवित्र आत्माले भरिएर चेलाहरू अघि बढिरहे।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• पावलको सन्देशलाई ध्यान दिएर पुनरावलोकन गर्नुहोस् (प्रेरित १३:४० हेर्नुहोस्, )। याद गर्नुहोस्‌, उनले येशूलाई इस्राएलले कुरिरहेका राजा भनेर देखाउन पुरानो करारको कुनचाहिँ कथा, विवरण र उद्धरणलाई छनौट गरे। तपाईंले के अवलोकन गर्नुभयो? ?
• कसैले आफ्‍ना वरदानहरू प्रयोग गरेर अनि येशूलाई पछ्याएर स्याबासी पाउँदा तपाईंलाई कहिल्यै डाहा लागेको छ? केही धर्मगुरुहरूकोप्रतिक्रिया (१३:४२-५० हेर्नुहोस्) र चेलाहरूको प्रत्युत्तर (१३:५१-५२) लाई पुनरावलोकन गर्नुहोस्। यसले आज तपाईंलाई कसरी प्रोत्साहन वा चुनौती दिन्छ?

• येशूको उद्देश्य भनेको एकता ल्याउनु हो तर कतिले उहाँको सन्देशप्रति हिंस्रक प्रतिक्रिया देखाउँछन्‌ भन्‍ने उहाँलाई थाहा छ। त्यसकारण उहाँ आफ्‍ना चेलाहरूलाई सोही अनुरूप निर्देशन दिनुहुन्छ। येशूका वचनहरूको विवरण सम्‍बन्धी लूकाको पहिलो पुस्तकलाई ध्यानमा राख्दै आजको अध्ययनलाई पुनरावलोकन गर्नुहोस् (लूका १०:५-१६ हेर्नुहोस्)। तपाईं के याद गर्नुहुन्छ?

• प्रेरित १३:३८-३९ लाई हातले लेखेर सार्नुहोस् र तपाईंले हप्ताभरि देख्‍न सक्‍ने ठाउँमा यसलाई राख्नुहोस्। पुरानो करारले दिन नसकेको पूर्ण पाप क्षमा र स्वतन्त्रता येशूले दिनुहुन्छ। के येशूबाहेक तपाईंले सहायता, आशा र स्वन्त्रताको लागि भरोसा गर्ने अन्य कुनै कुरा छ? त्यसबारे अहिले नै परमेश्‍वरसँग कुरा गर्नुहोस्। उहाँलाई तपाईंको जीवनको एक मात्र साँचो राजाको रूपमा हेर्न र सम्मान गर्न मदत माग्नुहोस्।

धर्मशास्त्र

Day 8Day 10

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali