YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 10 को 20

पावल र बारनाबास एन्टिओखियाबाट लखेटिएपछि, तिनीहरू येशूको राज्यको शुभ समाचार लिएर आइकोनियन शहरको यात्रा गर्छन्‌। केहीले तिनीहरूको सन्देशमा विश्‍वास गर्छन्‌।, तर यसलाई इन्कार गर्नेहरूले तिनीहरूको विरुद्धमा सक्रिय भई समस्या खडा गर्छन्‌। अवस्था यति उग्र बन्यो कि सारा शहर नै यस विषयमा विभाजित हुन्छ। अनि तिनीहरूको विरुद्धमा आएका ज्यान मार्ने धम्कीहरूबारे थाहा पाएपछि, चेलाहरू लाइकोनिया, लुस्‍त्रा, डर्बी र वरिपरिका क्षेत्रहरूमा जान्छन्।

लुस्त्रामा छँदा, पावलले एक जना जन्मै देखिको लङ्गडोलाई भेट्छन्‌। येशूको शक्तिद्वारा पावलले तिनलाई निको पारेपछि मानिसहरूले उनलाई यिनी त हामीलाई भेट्न आएका ग्रीक देवता हुन् भन्‍ठान्छन्‌ र तिनीहरूले उनको पूजा गर्न खोज्छन्‌। परमेश्‍वर एउटै मात्र हुनुहुन्छ र आफूहरू उहाँका सेवकहरू मात्र हौँ भनेर जोड दिँदै पावल र बर्णाबासले मानिसहरूलाई हतार-हतार सम्झाउँछन्‌। तर मानिसहरूले यो कुरालाई त्यति राम्ररी बुझ्दैनन्‌ अनि पावल र बर्णाबासका शत्रुहरूको कुरा पत्याएर तिनीहरूले त पावललाई बरु मार्नु पो पर्छ भन्छन्‌। तिनीहरूले पावललाई बेहोस भइञ्‍जेलसम्‍म ढुङ्गाले हान्छन्‌। उनी मरेछन् भन्‍ने ठानेर तिनीहरूले उनको शरीर लुस्त्राबाट बाहिर निकाल्छन्‌। पावलका मित्रहरूले उनलाई वरिपरि घेर्छन्‌ र उनी खडा भएर फेरि शहरमा नै हिँडेर गएको देख्दा तिनीहरू छक्‍क पर्छन्‌। भोलिपल्ट, पावल र बर्णाबास सुसमाचार प्रचार गर्न डर्बीमा पुग्छन्‌, त्यसपछि फेरि हरेक नयाँ मण्डलीको लागि थप अगुवाहरू नियुक्त गर्न र कठिनाइ सहँदै दृढ रहन इसाईहरूलाई प्रोत्साहन दिनको लागि तिनीहरू लुस्‍त्रा र आसपासका शहरहरूमा फर्किएर आउँछन्‌।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• आजको अध्याय पढ्ने क्रममा के कुराले तपाईंलाई चकित, चिन्तित वा अचम्‍मित् तुल्यायो?

• मण्डलीहरूलाई दह्रिलो पार्नका लागि प्रेरितहरूले बाँडेका वचनहरू टिपोट गर्नुहोस् (हेर्नुहोस्, १४:२२) । तपाईंले येशूमा भरोसा गरेको कारण जीवनमा के-कस्ता कठिनाइहरू भोग्नुभएको छ? यो वचनले आज तपाईंलाई कसरी प्रोत्साहन दिन्छ?

• तपाईंको पढाइ र मननलाई प्रार्थनामा परिवर्तन गर्नुहोस्। के कुराले अचम्‍मित् तुल्यायो अनि परमेश्‍वरको सन्देशप्रति तपाईं कसरी सहमत हुनुहुन्छ त्यसबारे उहाँसँग कुराकानी गर्नुहोस्। तपाईंका डरहरूको बारेमा इमानदार हुनुहोस् र तपाईं के कुरामा दृढ हुनु आवश्यक छ त्यसबारे उहाँलाई अनुरोध गर्नुहोस्।

धर्मशास्त्र

Day 9Day 11

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali