BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample
![BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F33362%2F1280x720.jpg&w=3840&q=75)
येशू स्वर्गको सिंहासनमा बस्नुभएपछि, चेलाहरू पेन्तिकोसको दिन एकसाथ भेला भएको घटना लूकाले हामीलाई बताउँछन्। यो इस्राएलीहरूको प्राचीन वार्षिक चाड हो, जहाँ चाड मान्न हजारौं यहूदी तीर्थयात्रीहरू यरूशलेममा आउँथे। त्यस अवसरमा, येशूका चेलाहरू प्रार्थना गरिरहेका थिए तब तेज बतासको आवाज कोठामा भरियो र तिनीहरूले हरेकको शिरमा आगोको जिब्रा अडिरहेको देखे। यो अनौठो दृश्यको अर्थ के हो?
यहाँ लूकाले पुरानो करारमा बारम्बार दोहोऱ्याएको विषयवस्तुलाई छुँदैनन्, जसमा परमेश्वरको उपस्थिति आगोको रूपमा पनि देखा पर्छ। उदाहरणको लागि, सीनै पर्वतमा परमेश्वरले इस्राएलसँग करार बाँध्नुहुँदा उहाँको उपस्थिति पर्वतको टुप्पोमा चम्कियो (प्रस्थान १९:१७-१८)। अनि फेरि, परमेश्वरले इस्राएलको बीचमा बास गर्न वासस्थानलाई भर्नुहुँदा उहाँको उपस्थिति आगोको खामोको रूपमा देखा पर्यो (गन्ती ९:१५)। त्यसकारण लूकाले परमेश्वरका जनहरूकहाँ आउने आगोबारे बताउँदा, हामीले त्यो ढाँचालाई बुझ्नुपर्ने हुन्छ। केवल यस पटक चाहिँ, आगो एउटै खामोको रूपमा पर्वतको टाकुरा वा भावनामाथि देखा पर्नुको सट्टा धेरै मानिसहरूको शिरमाथि थुप्रै आगोका लप्का भएर फैलन्छ। यसले एउटा उल्लेखनीय कुरा बताउँछ। चेलाहरू यताउता स्थानान्तरण हुने नयाँ मन्दिर बनिरहेका छन् जहाँ परमेश्वरले बास गर्न र उहाँको सुसमाचार बाँड्न सक्नुहुन्छ।
परमेश्वरको उपस्थिति अब प्रान्त एउटै स्थानमा सीमित हुँदैन। यो अहिले येशूमा भरोसा गर्ने मानिसहरूभित्र बास गर्न सक्छ। येशूका अनुयायीहरूले परमेश्वरको आगो प्राप्त गर्ने बित्तिकै पहिले कहिल्यै नजानेको भाषामा येशूको राज्यको सुसमाचार बताउन थाले भनेर लूकाले हामीलाई बताउँछन्। त्यो सुसमाचार आफूले बुझ्ने भाषामा सुन्दा यहूदी तीर्थयात्रीहरू छक्कै पर्छन्। सबै राष्ट्रलाई आशिष् दिन इस्राएलसँग सहकार्य गर्ने आफ्नो योजनालाई परमेश्वरले अझै त्याग्नुभएको छैन। अनि इस्राएलका सबै कुलका प्रतिनिधिहरू यरूशलेम फर्कने दिन अर्थात् पेन्तिकोसको दिनको त्यो उचित समयमा क्रूसमा टाँगिनुभएका र बौरी उठ्नुभएका इस्राएलका राजा येशूको सुसमाचार घोषणा गर्न उहाँले आफ्नो आत्मा पठाउनुहुन्छ। हजारौं मानिसहरूले तिनीहरूका आफ्नै मातृभाषामा त्यो सन्देश सुने र त्यही दिन येशूलाई पछ्याउन थाले।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:
• तपाईंले प्रेरित २ अध्याय पढ्दा, कुन शब्दहरू वा वाक्यहरूले सबैभन्दा बढी तपाईंको ध्यान खिँचे?
• फेरि बप्तिस्मा दिने यूहन्नाका वचनहरूलाई ध्यान दिनुहोस् (लूका ३:१६-१८ हेर्नुहोस्) र बाइबलीय लेखकहरूले भुसलाई प्राय: पापको उपमाको रूपमा प्रयोग गर्छन् भन्ने कुरालाई सम्झनुहोस्। चेलाहरूले परमेश्वरको आत्मा प्राप्त गरेको कुरालाई विचार गर्दा आगोको शुद्ध पार्ने उद्देश्यलाई मनन गर्नुहोस्। तपाईंले के याद गर्नुहुन्छ?
• प्रस्थान १९:१७-१८, गन्ती ९:१५, र प्रेरित २:१-४मा उल्लेख गरिएको परमेश्वरको आगोलाई तुलना गर्नुहोस्। तपाईंले के याद गर्नुहुन्छ?
• योएल २:२८-२९ लाई प्रेरित २:३८-३९सँग तुलना गर्नुहोस् र यी परिच्छेदहरूमा “सबै” भन्ने शब्दलाई कसरी प्रयोग गरिएको छ सो ध्यान दिनुहोस्। निमन्त्रणाबाट कसैलाई पनि वञ्चित गरिँदैन तर “सबैले” यसलाई कसरी ग्रहण गर्छन्?
• तपाईंको पढाइ र मननलाई प्रार्थनामा परिवर्तन गर्नुहोस्। आफूले पढाइ गर्दा प्राप्त अचम्मित् तुल्याउने कुनै पनि कुराबारे परमेश्वरसँग कुरा गर्नुहोस् अनि येशू र उहाँको राज्यको सत्यताबारे बुझ्न मदत दिने उहाँको पवित्र आत्मा माग्नुहोस्।
यस योजनाको बारेमा
![BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F33362%2F1280x720.jpg&w=3840&q=75)
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्नहरूलाई समावेश गरेको छ।
More
https://bibleproject.com/nepali
Related Plans
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)