येशू को हुनुहुन्छ? भाग २Sample

येशू, मोशा, र गणित
यस अध्यायमा दुई साँच्चै ठुला क्षणहरू छन्: येशूले पाँच हजारलाई खुवाउनुभएको र प्रकृति माथि येशूको शक्ति। यहाँ, येशू र मोशा बिचको समानता एक पटक फेरि देखा पर्दछ। उहाँ नयाँ र उत्तम मोशा हुनुहुन्छ।
उहाँले भीडलाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए ... स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए। मत्ती १४ः१९, २१ नेपाली नयाँ संशोधित संस्करण
यहुदी संस्कृतिमा गणनाले धेरै महत्त्व राख्छ। पाँच नम्बरले टोरालाई प्रतिनिधित्व गर्दछ, जसले बाइबलका पहिलो पाँच पुस्तकहरूलाई जनाउँछ जसका लेखक मोशा हुन भनी मानिन्छ। त्यसैसरि नम्बर दुईले प्रायः व्यवस्थालाई सङ्केत गर्छ किनभने परमेश्वरले दस आज्ञाहरू मोशालाई दुई वटा ढुङ्गाका पाटीहरूमा दिएका थिए। यो कुरा अझ झन् रोचक छ! अलिकति गणित गर्नको लागि तयार हुनुहुन्छ? पाँच रोटी + दुई माछा = सात — पूर्णताको संख्या। अर्को शब्दमा भन्नुपर्दा, येशूले यहुदीहरूका लागि पूर्ण टोरा र व्यवस्था ल्याउनुभएको छ।
सातौँ अध्यायमा येशूले के भन्नुभयो, सम्झन सक्नुहुन्छ?
मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। मत्ती ७ः१२ नेपाली नयाँ संशोधित संस्करण
अरूका आवश्यकताहरू पूरा गर्नको लागि आफ्नो शक्ति प्रयोग गरेर, येशूले हामीलाई पुरानो करारले हामीलाई के सिकाउन खोजिरहेको थियो भनेर मात्र नभई देखाउँदै पनि हुनुहुन्छ। र यस आश्चर्य काममा, येशूले एउटा सन्देश पठाउँदै हुनुहुन्छ: उहाँ उत्तम मोशा मात्र हुनुहुन्न। उहाँ त्यो भन्दा बढी हुनुहुन्छ। उहाँ व्यवस्था दिने परमेश्वर हुनुहुन्छ। यो कुरा थाहा गर्नुहोस्, मोशाले परमेश्वरले दिनुभएको व्यवस्था लिनुभयो र इजरायलका मानिसहरूलाई प्रदान गर्नुभयो, तर यस कथामा येशूले व्यवस्थालाई प्रदान मात्र गर्नुभएको छैन, तर व्यवस्था दिने उहाँ नै हुनुहुन्छ। यो आश्चर्य क्षणमा, येशूले आफ्नो पहिचान प्रभु, हामीलाई व्यवस्था दिने
को रूपमा प्रकट गर्नुहुन्छ।किनभने परमप्रभु हाम्रा न्यायाधीश हुनुहुन्छ। परमप्रभु हामीलाई व्यवस्था दिने हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ। यशैया ३३ः२२ नेपाली नयाँ संशोधित संस्करण
उहाँ हाम्रो राजा बन्नुभएको छ: येशू क्रूसमा टाँगिदा र उहाको पुनरुत्थानको क्षणहरूमा उहाँ राजा हुनुभयो। र यो सबै मार्फत उहाँले हामीलाई बचाउनुभयो र हामीलाई उहाँले यस पृथ्वीमा सुरु गर्नुभएको राज्यको हिस्सा हुन आमन्त्रित गर्नुभयो। के तपाईँ मानवतालाई बचाउने र सृष्टिको पुनर्स्थापना सुरु गर्नुहुने परमेश्वरसँग साझेदारी गर्न तयार हुनुहुन्छ?
अब के छ त?येशू को हुनुहुन्छ भनेर अझै पत्ता लगाउन जारी राखौँ! आज तपाइको साथीहरूसँग येशू को हुनुहुन्छ? भाग ३ सुरु गर्नुहोस्। तपाईँले यसलाई Switch Bible Plan collection मा www.go2.lc/SwitchBiblePlansमा पाउन सक्नुहुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।
More
Related Plans

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

बोलावट

पुनस्थापनालाई रोज्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

ग्रेसको गान (Anthem of Grace)
