YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

येशू को हुनुहुन्छ? भाग २Sample

Who Is Jesus? Part 2

दिन 3 को 7

यसको निम्ति बनाइएको

मानव हुनुको वास्तविक अर्थ के हो भनेर हामीलाई देखाउँदै, येशूले हामीलाई सृष्टिको पुनर्स्थापनामा उहाँसँग साझेदारी हुन यो निमन्त्रणा प्रदान गर्नुहुन्छ। र यहाँ उहाँले आफ्ना चेलाहरूलाई उहाँले सुरु गर्नुभएको काम जारी राख्‍ने आदेश दिँदै यो निमन्त्रणा दिनुहुन्छ। उहाँले दिनुभएको निर्देशनहरू यस्ता छन्:

"स्‍वर्गको राज्‍य नजिकै आइपुगेको छ,’ भन्‍दै प्रचार गर। बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।" मत्ती १०ः७-८ नेपाली नयाँ संशोधित संस्करण

येशूका चेलाहरू भएको कारणले हामी सबै यस पृथ्वीमा उहाँको भलाइलाई प्रतिबिम्बित गर्न परमेश्‍वरद्वारा सृष्टि गरिएका र बोलाइएका हौ; हाम्रो जीवनलाई देखेर हाम्रा वरपरका मानिसहरू र हाम्रो परिवेशहरू  हाम्रो उपस्थितिको कारणले गर्दा झन् असल होस्। यस्तो जीवन कस्तो होला, कल्पना गर्नुहोस्। तपाईँका सबै सम्बन्धहरूमा तपाईँले मानिसहरूसँग गरेको व्यवहारले उनीहरूलाई यत्तिको उच्च बनाउँछ कि त्यो सम्बन्ध टुङ्गिए पनि तपाईँहरू दुवैले पहिलो पटक भेटेको भन्दा बढी स्पष्ट रूपमा परमेश्‍वरलाई देख्दा कस्तो होला? तपाईँ जहाँ जाँदा पनि स्वतन्त्रता, आशा, र जीवन परिवर्तन गर्ने शक्ति आफूसँगै बोक्नुहुन्छ भनी स्वीकार गर्दा कस्तो होला? तपाईँसँग यो शक्ति! यस्तो जीवन सम्भव मात्र छैन तर यस जीवनमा येशूले तपाईँलाई निम्तो दिनुभएको छ। तर यो सजिलो छैन। मानिसहरू प्राय परिवर्तनको प्रतिरोधी हुन्छन्। र येशूले हामीबाट कठिनाइहरू लुकाउन खोज्नु भएको छैन। 

“हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। तर मानिसहरूदेखि होशियार होओ…” मत्ती १०ः१६-१७ नेपाली नयाँ संशोधित संस्करण

यो निमन्त्रणा स्वीकार गर्न र येशूसँग साझेदारी हुन बुद्धि र उपयुक्त आन्तरिक प्रेरणा चाहिन्छ। हामीले हाम्रो हृदय र सोचलाई सही बनाउनु पर्छ। र मलाई यो कुरा मन पर्छ किनभने हामी परमेश्‍वरलाई हाम्रोसम्पूर्णअस्तित्वले प्रेम गर्न बोलाइएका छौ।यो एउटा भावनात्मक कुरा मात्र होइन। यो बौद्धिक कुरा पनि हो। त्यसो हो भने, के यो निमन्त्रणा स्वीकार गर्न हामीले सबै कुराको जवाफहरू जान्नुपर्छ? होइन, तर यसको मतलब यो हो कि हामीले हाम्रा विचारहरू असल कुरामा समर्पण गर्दछौँ र परमेश्‍वरलाई हाम्रो हृदयलाई नयाँ बनाउन र उहाँको ज्ञानको खोजी गर्न तालिम दिनको लागि अनुमति दिन्छौँ। येशू हाम्रो मुक्तिदाता मात्र हुनुहुन्न; उहाँ हाम्रो गुरु पनि हुनुहुन्छ। हामी उहाँबाट सिक्न सक्छौँ। सृष्टिको पुनर्स्थापनामा उहाँसँग साझेदार बन्ने यो निमन्त्रणा हामी वास्तवमा उहाँको पाइलाई पछ्याउँछौँ र उहाँले गरिरहनुभएको काम गर्न जाँदै छौँ भन्ने अपेक्षाको साथ आउँछ। 

जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले आफ्‍नो प्राण जोगाउँछ, त्‍यसले त्‍यो गुमाउनेछ, र आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउनेले त्‍यो बचाउनेछ। मत्ती १०:३८-३९ नेपाली नयाँ संशोधित संस्करण

हामी सबैले चाहेको त्यो साँचो र अर्थपूर्ण जीवन "आफैलाई खोज्नु" बाट आउँदैन। यो आफैलाई इन्कार गरेर अनि सृष्टिको पुनर्स्थापनामा उहाँसँग साझेदार हुन येशूको निमन्त्रणालाई प्रतिक्रिया दिँदा आउँछ। तपाइ यसकै निम्ति बनाइएको हो। जीवन यहाँ छ: जहाँ हामीले आफैलाई इन्कार गर्छौ, आफ्नो क्रुस उठाउँछौ र येशूलाई पछ्याउँछौ। 

धर्मशास्त्र

Day 2Day 4

यस योजनाको बारेमा

Who Is Jesus? Part 2

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्‍न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/