येशू को हुनुहुन्छ? भाग २नमूना
राज्यका साँचाहरू
यस अध्यायमा हामीले इतिहासको सबैभन्दा प्रभावशाली कथाकारले स्वर्गको राज्यको बारेमा बताएका दृष्टान्तहरूको सङ्ग्रह पाउँछौँ। तपाईँले पूर्ण रूपमा येशूले उहाँ जो हु भन्नुहुन्छ सो हुनुहुन्छ भनी विश्वास नगर्नुभए तापनि कसैले पनि इतिहास र पश्चिमी सभ्यतामा उहाँको प्रभावलाई अस्वीकार गर्न सक्दैन। र यस प्रभाव उहाँले भन्नुभएका कथाहरूको परिणाम हो। येशूका कथाहरूले मानव अवस्थाको सत्यता र वास्तविकताको प्रकृतिलाई व्यक्त गरेका छन्। र २००० वर्ष पछि उहाँका कथाहरूले अझै पनि हृदय परिवर्तन गर्दै छन् र धारणाहरू तोड्दै छन्।
येशूको सबैभन्दा प्रसिद्ध दृष्टान्तहरू मध्ये एक यस अध्यायको सुरुवादमा पाइन्छ। यसलाई बीउ छर्नेको दृष्टान्त भनिन्छ। यहाँ येशूले एक जना बीउ छर्न निस्केको किसानको वर्णन गर्नुहुन्छ। ती बीउहरू मध्ये केही ढुङ्गेनी जमिनमा, केही काँढाहरूका बिचमा, केही बाटोतिर र केही असल जमिनमा पर्छन्। बीउहरू कस्तो जमिनमा खसेका थिए भन्ने कुराले ती बिउहरूका उत्पादन गर्ने क्षमताको निर्धारण गर्दछ। बाटोतिर खसेका बीउले चराहरूको लगी खाजा बाहेक केही उत्पादन गरेनन्। ढुङ्गेनी जमिनमा परेका बिउहरू गहिरो माटो नभएकोले छिट्टै उम्रे तर जब घाम लाग्यो ती ओइलाए र जरा नभएकोले ती सुकिहाले। काँढ़ेदार जमिनको बिचमा काँढाहरू बढेर आए र ती बिउहरूका ठाउँ ओगटे। अन्तमा, असल जमिनमा परेका बिउहरू कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
येशुले किन कृषिको कुरा गरिरहनुभएको छ? यो कथाको तपाइ र मसँग के सम्बन्ध छ? यहाँ येशूले हामीलाई स्वर्गको राज्यको परिचय दिनुभएको छ। उहाँले हामीलाई उहाँको राज्यलाई यस पृथ्वीमा ल्याउनको लागि निम्तो दिनुभएको छ। यस कथाद्वारा उहाँले हाम्रो सेवकाईको प्रभावकारिता हाम्रो हृदयको अवस्थामा निर्भर गर्दछ भन्ने कुरालाई देखाउनु भएको छ।
येशूले आफ्ना चेलाहरूलाई माथिको दृष्टान्तमा भएका प्रत्येक चार अवस्थाले फरक प्रकारको व्यक्तिहरूलाई प्रतिनिधित्व गर्दछ भनी व्याख्या गर्नुहुन्छ। बाटोमा खसेको बीउले प्रतिनिधित्व गर्ने व्यक्तिले राज्यको वचन सुन्छ तर ग्रहण गर्दैन। त्यो बीउलाई खोसेर लैजान शत्रुको लागि सजिलो छ। ढुङ्गेनी जमिनमा खसेको बीउले वचन चाँडै तर भावनात्मक आधारमा ग्रहण गर्ने व्यक्तिलाई प्रतिनिधित्व गर्दछ। यहाँ जब भावनाहरू घट्दै जान्छन्, तब विश्वासलाई निरन्तर स्थिर राख्न बलियो जराको अभाव हुन्छ। देखावटी अन्तरक्रियाहरूले देखावटी सम्बन्धहरू उत्पन्न गराउँदछ। हामीले येशूलाई चिन्नुपर्छ, उहाँलाई वास्तवमै घनिष्ठ रूपमा चिन्नुपर्छ। काँडामा परेका बीउहरूले येशूको बारेमा सुन्ने, प्राप्त गर्ने र उहाँसँग राम्रो सम्बन्ध राख्ने व्यक्तिलाई प्रतिनिधित्व गर्दछ, तर जब उनीहरूको जीवनमा केही गाह्रो अवस्थाहरू आउँदछन् वा उनीहरू अन्य इच्छाहरूको कारणले विचलित हुन्छन्, उनीहरूको विश्वास उनीहरूको प्राथमिकतामा पर्दैन र त्यो फल नदिने हुन्छ। अन्तमा, त्यो असल माटोमा परेको बीउले येशूसँग सृष्टिको पुनर्स्थापनामा उहाँसँग साझेदारी गर्न उहाँको निमन्त्रणालाई सुन्ने, बुझ्ने र स्वीकार गर्ने व्यक्तिलाई प्रतिनिधित्व गर्दछ। र यस सेवकाई, जुन पुरा गर्नको निम्ति हामी सिर्जिएका हौ, प्रतिको हाम्रो समरपनले हामीलाई अचम्मको फलदायी जीवनतर्फ लैजान्छ।
येशूको कथाले यो प्रश्न सोध्छ: तपाइ कुन व्यक्ति हुनहुन्छ? हामी हाम्रो आफ्नै हृदयको माटोको रेखदेख गर्ने मानिसहरू बनौँ। हाम्रो विश्वासलाई गम्भीरताका साथ लिऔँ र हाम्रो वरपरको संसारलाई प्रभाव पार्ने अर्थपूर्ण र फलदायी जीवनमा निम्तो दिने परमेश्वर, येशूसँगको गहिरो र जीवन्त सम्बन्ध राख्नको लागि लगानी गरौँ।
धर्मशास्त्र
यस योजनाको बारेमा
येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।
More