येशू को हुनुहुन्छ? भाग २नमूना

प्रभाव भन्दा पर
१२ अध्यायमा येशूले, आफ्नो सेवकाई भरि गरिरहनुभए जस्तै, केही साहसी कथनहरू दिनुभयो। यहाँ, उहाँले आफैलाई एक महान् योना र एक महान् सोलोमनको रूपमा उल्लेख गर्नुभयो। यसको अर्थ के हो? उहाँले किन उनीहरूलाई उल्लेख गर्दै हुनुहुन्छ?
योना र सोलोमन दुवै पुरानो नियममा अत्यन्त प्रभावशाली व्यक्तिहरू थिए। तपाईँले योना र ठूलो माछाको बारेमा सुन्नु भएको छ होला। यस कथा धेरै असाधारण जस्तो लागेता पनि यो योनाको कथाको केन्द्रबिन्दु होइन। योना एक अगमवक्ता थिए जो मानिसहरूको एक विशेष समूहलाई विशेष सन्देश दिनको लागि परमेश्वरद्वारा बोलाइएका थिए। तर योनाको बारेमा अद्वितीय कुरा यो थियो कि परमेश्वरले उहाँलाई दिनुभएको सन्देश उहाँको विशेष राष्ट्र इस्राएलको लागि होइन, तर अश्शूरको राजधानी सहरको लागि थियो। उनीहरू पुरातन संसारका सबैभन्दा क्रूर, सबैभन्दा बदमासहरू थिए। र योनालाई तिनीहरूकहाँ पठाइएको थियो।
सोलोमनलाई हामी परमेश्वरले दिनुभएको अविश्वसनीय ज्ञानको लागि सम्झिन्छौ। यो ईश्वरीय ज्ञानले उनलाई समस्याहरू समाधान गर्न, राम्रोसँग शासन गर्न र अविश्वसनीय प्रभाव प्राप्त गर्न अनुमति दिएको थियो। सोलोमनको ज्ञानले संसारभरका मानिसहरूलाई सुझाव लिन आकर्षित गराएको थियो। अनि इस्राएल राष्ट्रले सोलोमनको शासनको अधीनमा अभूतपूर्व शान्ति, धन र प्रतिष्ठा अनुभव गरेको थियो।
यी दुवै मानिसहरूले अन्यजाति राष्ट्रहरूमा प्रभाव पारेका थिए। जब योनाले अश्शूरको राजधानी निनवे सहरमा पश्चात्ताप गर्नको लागि परमेश्वरको आह्वान सुनाए, त्यहाँका प्रत्येक बासिन्दाले साँचो पश्चात्तापको साथ परमेश्वरतिर फर्के। राजाको रूपमा आफ्नो शासनकालमा सोलोमनलाई साँच्चै गाह्रो निर्णयहरू प्रस्तुत गरिएको थियो। यस्ता निर्णयहरू जो अरूको निम्ति गाह्रो हुन्थ्यो होला तर उनले ती परिस्थितिहरूलाई यति धेरै बुद्धिका साथ सामना गरे कि संसारभरका मानिसहरूले उहाँलाई अहिलेसम्म बाँचेको सबैभन्दा बुद्धिमान व्यक्तिको रूपमा चिनाउन आएका थिए।
त्यसो भए येशूले किन उनीहरूसँग समानता देखाउनुभएको छ त? उहाँले एक अगमवक्ताभन्दा महान् भएको दाबी गर्नुभएको छ जसको सन्देश एउटा अन्यजाति राष्ट्रले सुनेको थियो, र एक राजा जसको बुद्धिले संसारभरका मानिसहरूको ध्यान खिचेको थियो। र येशूको यी मानिसहरू भन्दा महान् भएको दाबीलाई इतिहासले समर्थन गरेको छ किनकि उहाँको जीवन र सन्देशले संसारमा बाँचेका सबै भन्दा धेरै प्रभाव पारेको छ!
हामी हेर्छौ भने, जब येशूले उहाँ योना र सोलोमन भन्दा महान् हुनुहुन्छ भनी दाबी गर्नुभयो, उहाँ कहाँ जाँदै हुनुहुन्थ्यो भनेर उहाँलाई थाहा थियो - क्रूसमा। तर त्योभन्दा अझ पर, उहाँको जीवन, मृत्यु र पुनरुत्थानले कस्तो प्रभाव पार्छ भन्ने कुरा उहाँलाई थाहा थियो। येशूले भन्नुभयो:
“अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्नेछु।” यूहन्ना १२:३२ नेपाली नयाँ संशोधित संस्करण
योना र सोलोमन धेरै राष्ट्रहरूमा प्रभाव पारेका व्यक्तिहरू थिए, तर येशूको प्रभाव उनीहरूले कल्पना गरेको भन्दा धेरै पर सम्म छ। किनभने उहाँको सन्देशले सारा संसारमा आशा र मुक्ति ल्याउँदछ।
किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ तीतस २:११ नेपाली नयाँ संशोधित संस्करण
योना भन्दा असल कोही एक संसारमा परमेश्वरको अनुग्रह प्रकट गर्न आउनुभयो। सोलोमन भन्दा उत्तम कोही एक हाम्रो राजा बन्न र हामीले पाउनुपर्ने न्याय आफै माथि लिन आउनुभयो। येशू आउनुभयो र उहाँको कारणले सबै कुरा बदलियो।
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।
More
सम्बन्धित भक्त्ति पाठहरू

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन
