YouVersion लोगो
खोज आइकन

येशू को हुनुहुन्छ? भाग २नमूना

Who Is Jesus? Part 2

दिन 2 को 7

एक मर्मतकर्ता जस्तै

"तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।” मत्ती ९:६ नेपाली नयाँ संशोधित संस्करण

येशूले आफूलाई मानिसको पुत्रको रूपमा उल्लेख गर्नुहुन्छ र यति मात्र होइन, उहाँसँग पाप क्षमा गर्ने अधिकार छ भनी दाबी गर्नुहुन्छ, जुन कुरा गर्ने शक्ति परमेश्‍वरसँग मात्र छ भनि यो सुन्ने धार्मिक समुदायको विश्वास थियो। तपाईं सायद यो सोच्दै हुनुहुन्छ होला, एकछिन, मैले त येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनि सोचेंको थिए, तर यता किन मानिसको पुत्र लेखिएको छ? के येशू आफ्नै उत्पत्तिको कथाको बारेमा अन्योलमा हुनुहुन्छ र? त्यस्तो होइन, यस शीर्षकको अर्थमा धेरै सुन्दरता लुकेको छ।  

मानिसको पुत्र को बारेमा सोच्‍ने एउटा तरिका "मानवीय एक" को परिभाषा हो। र हामीले डाँडाको उपदेशभरि गरेको कुरा यही नै हो कि येशूले हामीलाई मानव हुनुको वास्तविक अर्थ सिकाउनुभयो। परमेश्‍वरले हामी प्रत्येकसँग कस्तो सम्बन्ध राख्‍न चाहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई देखाउनुभयो। उहाँले हामीलाई जिउने, सोच्‍ने, प्रेम गर्ने र हेर्ने यो नयाँ तरिकाको परिचय दिनुभयो। मानव भई जिउने सही तरिका देखाउनु भयो। र "हाम्रो साँचो आत्म" खोज्‍न र "हाम्रो आफ्नै सत्यमा बाँच्‍न" को लागी पागल भएको संसारमा येशुले हामीलाई एक प्रामाणिक, अर्थपूर्ण जीवन खोज्ने एक मात्र तरीका भनेको आफैलाई इन्कार गर्नु, आफ्नो क्रुस उठाउनु र उहाँलाई पछ्याउनु हो भनी सिकाउनुभयो।

थप रूपमा, शीर्षकले येशूलाई अ‍ादमसँग जोड्दछ, जो पहिलो मानिस थिए, जसको नामको शाब्दिक अर्थ मानवहो! पावलले यस सम्बन्धलाई यसो भन्दै वर्णन गर्दछ: 

… आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए। सित्तैँको वरदान र त्‍यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरेभनेता झन्‌ बढ़ी परमेश्‍वरको अनुग्रह र एक जना मानिसको, अर्थात्‌ येशू ख्रीष्‍टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्‍ति प्रशस्‍त भयो। रोमी ५ः१४-१५ नेपाली नयाँ संशोधित संस्करण

हामी देख्दछौ कि, पहिलो आदमले पाप ल्याए र पापको कारणले मृत्यु। तर येशूले, जो दोस्रो आदम हुनुहुन्छ, जीवनको वरदान ल्याउनुभयो। 

किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो। रोमी ६:२३ नेपाली नयाँ संशोधित संस्करण

आदमको विद्रोहद्वारा सृष्टिमा प्रवेश गरेको पापको क्षतिलाई हटाउन येशू आउनुभयो। एउटा मर्मतकर्ता ठेकेदारले जस्तै, उहाँले पुनर्स्थापनाको प्रक्रिया सुरु गर्नुभयो। र अब येशूले हामीलाई सृष्टिको पुनर्स्थापनामा उहाँसँग साझेदार हुन बोलाउनु भएको छ। जब हामी त्यसो गर्छौँ, हामीले मानव हुनुको वास्तविक अर्थ के हो भनेर सिक्छौँ। यो साझेदारी मार्फत हामी सबैले खोजिरहेका प्रामाणिक अर्थपूर्ण जीवन हामीले भेट्टाउँदछौ। 

दिन 1दिन 3

यस योजनाको बारेमा

Who Is Jesus? Part 2

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्‍न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/