YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

येशू को हुनुहुन्छ? भाग २Sample

Who Is Jesus? Part 2

दिन 4 को 7

साँचो विश्राम

विश्राम। मलाई लाग्छ यस शब्दको बारेमा धेरै गलत धारणाहरू छन्। कसैको मनमा स्पा र मसाजको याद आउँदछ। कसै-कसैले यसलाई काम नगर्ने वा फिलिम हेर्नु, खेल खेल्नु वा स्कुलबाट छुट्टी लिनुको रूपमा परिभाषित गर्छन्। सायद तपाई गहिरो निद्राको बारेमा सोच्नुहुन्छ। तर जेसुकै मनमा आए पनि, येशूले विश्रामको बारेमा प्रस्तुत गर्नुभएको चित्रले हामीलाई साँच्चै छक्क पार्छ। 

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” मत्ती ११:२८-३० नेपाली नयाँ संशोधित संस्करण

जुवा? यो त काम गर्दा पशुको माथि राखिन्छ हैन र? हो, तर यो सिक्ने समयमा पनि चलाइन्छ। येशूको समयमा जवान पशुहरूलाई तालिम दिन उनीहरूलाई बुढा र अनुभवी पशुहरूसित जोडिन्थ्यो। यी बुढा पशुहरूले बाटोको नेतृत्व गरेर र जुवाको भार बोक्थे र जवान पशुहरू तिनीहरूको भूमिका सिक्दै पछि लाग्दथे। 

ग्रीक भाषामा सजिलो शब्द ख्रेस्टोस हो, जसलाई "राम्ररी उपयुक्त" भनी अनुवाद गरिएको छ।किनभने जुवाहरू सधैँ सावधानीपूर्वक तरिकाले पशुमाथि कुनै हानि नहुने र ठ्याक्कै अट्ने गरी समायोजित गरिन्थ्यो। अर्को शब्दमा भन्नुपर्दा जुवा चाहिँ पशुहरूलाई ठिक्क हुने गरी बनाइन्थ्यो।. 

येशूको चित्रणले हामीलाई विश्रामको बारेमा एउटा साँच्चै शक्तिशाली कुरा देखाउँदछ। पहिलो कुरा, विश्राम आलस्य वा भोगको बारेमा होइन। यो परमेश्‍वरले हामीलाई आमन्त्रित गर्नुभएको उद्देश्यमा हिँड्दा कस्तो देखिन्छ भनेर सिक्ने बारेमा हो। किनभने जब हामी केही गर्न को लागी बनाइएका हुँदैनौ तब हामी सधैँ थकित र अभिभूत महसुस गर्दछौ। यही कारणले त्यहाँ एक जुवा संलग्न छ। येशू भन्नुहुन्छ,मसँग सिक। उहाँ मानव शरीरमा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँले, अरू भन्दा बढी, हाम्रो उद्देश्य बुझ्नुहुन्छ। त्यसैले हामीले आफैलाई हाम्रो जीवनको उद्देश्यको लागि समर्पित गर्दा कस्तो देखिन्छ भनी देखाउन येशू हामीलाई सिकाउन आउनुभयो। त्यस कारण उहाँले हामीलाई उहाँसँग यो जुवा लिनको निम्ति आमन्त्रित गर्नुहुन्छ। 

किनभने अन्ततः, येशू बाहेक अरू कसैमा वा कुनै कुरामा हाम्रो आत्माको लागि साँचो विश्राम छैन।

धर्मशास्त्र

Day 3Day 5

यस योजनाको बारेमा

Who Is Jesus? Part 2

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्‍न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/