YouVersion लोगो
खोज आइकन

येशू को हुनुहुन्छ? भाग २नमूना

Who Is Jesus? Part 2

दिन 1 को 7

यो कुरा व्यक्तिगत छ

अध्याय ७ मा, येशूले व्यवस्था र अगमवक्ताका पुस्तकहरूलाई (जुन लगभग सबै पुरानो करार हो) एउटै वाक्यमा समेटेर डाँडाको उपदेशलाई समाप्त गर्नुभयो: 

“मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो। ” मत्ती ७:१२ नेपाली नयाँ संशोधित संस्करण

येशूले यो भन्दै हुनुहुन्छ कि इस्राएलीहरूलाई पालन गर्न सिकाइएको सबै नियमहरू र अगमवक्ताहरूले ल्याएका परमेश्‍वरका सबै सन्देशहरूले यो एउटै उद्देश्य पूरा गर्न खोजिरहेका थिए: हामीलाई परमेश्‍वरले जस्तै अरूहरूलाई प्रेम गर्ने मानिसहरू बन्‍न सिकाउन। 

मत्तीले हामीलाई देखाउँछन् कि येशूको शिक्षाले मात्र होइन, तर उहाँको सिकाउने तरिकाले गर्दा त्यहाँका भीड छक्क परेका थिए। उहाँले त्यस समयका अन्य धार्मिक शिक्षकहरू भन्दा फरक अधिकारका साथ सिकाउनुभयो। परमेश्‍वरको प्रेम, सम्पूर्ण पुरानो करारको उद्देश्य, र यो सबैमा मानवताको भूमिकाको कुरा गर्दा येशूले कसरी यति धेरै अधिकारका साथ बोल्न सक्नुभयो? अध्याय ८ ले हामीलाई स्पष्ट रूपमा देखाउँछ: इमानदारिताबाट अधिकारको जन्म हुन्छ।अर्को शब्दमा भन्‍नुपर्दा, येशूले मानिसहरूलाई प्रेम गर्ने कुरा मात्र गर्नुभएन तर उहाँले मानिसहरूलाई साँच्चै प्रेम गर्नुभयो, एउटा महत्त्वपूर्ण र बलिदानरूपी तरिकामा। कुष्ठरोग लागेको मानिससँग येशूको अन्तरक्रिया हेर्नुहोस्: 

एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो।मत्ती ८:२-३ नेपाली नयाँ संशोधित संस्करण

येशूले उसलाई केही भन्नु अघि उसलाई कसरी छुनुभयो, ध्यान दिनुहोस्। येशूलाई थाहा थियो कि यो छुवाइले उहाँका शब्दहरू भन्दा धेरै ठूलो स्वरमा बोल्नेछ। त्यस समयमा कुष्ठरोगीहरूलाई अशुद्ध मानिन्थ्यो, र उनीहरूको अवस्थाको अत्यधिक सङ्क्रामक प्रकृतिको कारणले गर्दा उनीहरूलाई समाजबाट बहिष्कृत गरिन्थ्यो। अलग। मानव सम्पर्क बिना। यस्तो परिस्थिति हामीले पनि भोगेका छौ, हैन र? हामी सबैलाई थाहा छ कि कोरोनाको लकडाउन र क्‍वारेन्टीनमा कस्तो महसुस भएको थियो र हामी बाहिर निस्कँदा हाम्रो साथीहरूसँगको त्यो पहिलो अँगालो कत्तिको अर्थपूर्ण थियो! त्यसैले त्यस मानिसको ठाउँमा आफैलाई राखेर कल्पना गर्नुहोस्। येशूले निश्चयनै त्यस मानिसलाई टाढैबाट निको पार्न सक्नुहुन्थ्यो, र यो सायद उहाँलाई  सामाजिक दृष्टिमा भन्नुपर्दा सजिलो हुने थियो। त्यो समयमा समाजमा बहिष्कृत भएकाहरूसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध गम्भीर कलङ्क थियो। तर येशूले नजिक जाने र वास्तवमा उसलाई छुने छनौट गर्नुभयो, उसलाई शारीरिक रूपमा निको पार्नुभयो र उसलाई सम्बन्ध र भावनात्मक रूपमा पनि पुनर्स्थापित गर्नुभयो। 

त्यसैले येशूले हामीलाई अरूले जस्तो व्यवहार गरेको चाहन्छौ त्यसरी नै अरूप्रति व्यवहार गर्न भन्नुभएपछि, उहाँले हामीलाई व्यवहारमा यो कस्तो देखिन्छ भनेर देखाउनुभयो। र इमानदारी हुनु भनेको यहि नै हो: जब तपाईँको शब्द र कार्यहरू एकरूप हुन्छन्। तपाईँ आफैलाई एक तरिकाले प्रतिनिधित्व गर्ने र अर्को तरिकाले व्यवहार गर्ने व्यक्ति हुनुहुँदैन। येशूले मानिसहरूलाई प्रेम गर्ने बारेमा यस्तो अधिकारसँग बोल्न सक्नुभएको करण यो हो कि हाम्रो परमेश्‍वरले पनि त्यही गर्नुहुन्छ। उहाँले आफ्नो प्रेमको बारेमा स्वर्गबाट ​​चिच्याउनुभएन तर उहाँले व्यक्तिगत रूपमा देखाउनुभयो। येशू इम्मानुएल हुनुहुन्छ, परमेश्‍वर हामीहरूसँग। 

धर्मशास्त्र

दिन 2

यस योजनाको बारेमा

Who Is Jesus? Part 2

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्‍न हाम्रो यात्राको दोस्रो भागमा हामीसँग सामेल हुनुहोस्।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/