YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

येशूजस्तै जिउनुSample

Living Like Jesus

दिन 4 को 5

येशूले सुन्नुभएजस्तै सुन्नुहोस्।

यी दिनहरूमा, तपाईंको विचारको कदर पाउन सजिलो छ। सबैजना इन्स्टाग्रामको प्रेरक वा यूट्युबमा लोकप्रिय बन्न चाहन्छन् । यो कुरा स्वभाविक रूपमा केहि गलत त होइन, तर हामीले एक कदम पछि हटेर सोच्‍नु पर्ने हुन्छ। कतै हामी ठूलो स्वर निकाल्न तिर लागेर सुन्ने अवसरहरू चाहीँ गुमाउँदैछौं कि?

येशू सबै श्रोताहरूभन्दा उत्कृष्ट श्रोता हुनुहुन्थ्यो। र अरूलाई सुन्नु भनेको मानिसहरूलाई माया देखाउने तरिका हो किनभने यसले उनीहरूको योगदानको कदर गरेको भावना व्यक्त गर्दछ। तपाईलाई बोल्न नदिने व्यक्तिसँगको कुराकानीको कल्पना गर्नुहोस्। त्यो साँचो कुराकानी होइन, हैन र?

त्यसैले राम्ररी सुन्न सिकौं। लुका १८ अध्यायमा एउटा कथा छ, जब येशूले सुन्नुभयो - तर सबैभन्दा ठूलो स्वरलाई होइन। येशू असल सुन्ने व्यक्ति हुनुहुन्थ्यो किनभने उहाँले अरू सबैले सुन्ने स्वरलाई मात्र सुन्नुभएन। उहाँले साँच्चै महत्त्वपूर्ण कुरालाई सुन्नुभयो। के हामी लोकप्रिय कुराको सट्टा शान्त कुरा सुन्न इच्छुक छौं?

जे होस्, यस कथामा एक जना अन्धो मानिस सडकको छेउमा भीख मागिरहेको थियो। येशू त्यतैतिर हिंडिरहनुभएकोले त्यहाँ भीड जम्मा भएको कुरा उनलाई थाहा भयो। त्यसैले, त्यो मानिसले येशूलाई बोलाउन थाल्यो। भीडलाई रिस उठ्यो, र तिनीहरूले उनलाई चुप लाग्न भने। तर त्यो मानिस झन् चर्को स्वरमा चिच्याउन थाल्यो। येशूले भीड वा लोकप्रिय विचारलाई सुन्नुभएन। येशूले त्यही एक जनालाई सुन्नुभयो।

त्यसैले, येशू त्यस मानिसकहाँ जानुभयो र उनको लागि के गरिदिऊँ भनेर येशूले उनलाई सोध्नुभयो। यो कस्तो उत्तम प्रश्न होइन र? उनलाई के चाहिन्छ भन्ने कुरा त्यो मानिस आफैँलाईभन्दा बढी येशूलाई थाहा भएको हुन सक्छ। तर मानिसहरूलाई के कुराको खाँचो छ भनेर येशूले कहिल्यै आफैँ अड्कल काट्नु भएन। येशूले अरूमाथि खनिएर "तिम्रो लागी के असल छ मलाई थाहा छ, त्यसैले यो लेओ" भनी कहिल्यै भन्नुभएन। उहाँले सुन्ने समय निकाल्नुभयो।

खाँचोमा परेकाहरूको स्वर सुन्न येशू पर्याप्त रूपमा शान्त हुनुहुन्थ्यो, र त्यो मानिसले चाहेको कुरा सुन्न उहाँ धैर्य पनि हुनुहुन्थ्यो। त्यस मानिसले उनको दृष्टि मागे, र येशूले उनलाई निको पार्नुभयो। सुन्ने बारे कस्तो शक्तिशाली कथा छ यो।

यो कथामा तपाईं को हुनुहुन्छ? के तपाईं भीड हुनुहुन्छ — खाँचोमा परेकोलाई नदेखिकन जे "सामान्य" वा "लोकप्रिय" छ, त्यसैमा अल्झिरहेको? वा तपाईं येशूजस्तै बनिरहनुभएको छ - सबैभन्दा चर्को कुरालाई होइन तर महत्त्वपूर्ण कुरालाई सुन्न पर्याप्त रूपमा शान्त रहेको।

राम्ररी सुन्नुहोस्। किनभने जब तपाई यसो गर्नुहुन्छ, तपाई प्रेम देखाउँदै हुनुहुन्छ, र तपाई येशू जसरी जिउँदै हुनुहुन्छ।

प्रार्थना: हे परमेश्‍वर, मलाई मेरो वरपरका मानिसहरूलाई सुन्न पर्याप्त रूपमा शान्त हुन मद्दत गर्नुहोस्। सहयोगको खाँचो भएकाहरूको कुरा सुन्न मलाई तपाईंको कान दिनुहोस्। राम्रोसँग सुनेर प्रेम देखाउन मलाई मद्दत गर्नुहोस्। मेरो कुरा सधैं सुन्नुभएको लागि र हामीलाई कसरी सुन्ने भनेर देखाउनु भएको लागि धन्यवाद। येशूको नाममा, आमेन।

धर्मशास्त्र

Day 3Day 5

यस योजनाको बारेमा

Living Like Jesus

यदि हामी येशूको बारेमा अरूसँग बाँड्न चाहन्छौँ भने, हामीले पनि उहाँले जस्तै जिउनुपर्छ, उहाँले जस्तै प्रेम गर्नुपर्छ, र उहाँले जस्तै सुन्नुपर्छ। यस ५ दिने योजनामा, हामीले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने कुरा पत्ता लगाउन येशूको जीवनलाई नजिकबाट हेर्नेछौं।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/