उहाँ यरीहोको नजिक पुग्नुभयो। त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो। एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्यसले सोध्यो। मानिसहरूले त्यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्छ।” तब त्यो यसो भन्दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” अगिअगि हिँड्नेहरूले त्यसलाई चूप लाग् भनेर हप्काए, तर त्यो झन् साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, “तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरूँ?” त्यसले भन्यो, “प्रभु, म देख्न सकूँ”। तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि तुरुन्तै त्यो देख्ने भयो, र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
लूका 18 पढ्नुहोस्
सुन्नुहोस् लूका 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 18:35-43
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू