YouVersion लोगो
खोज आइकन

येशूजस्तै जिउनुनमूना

Living Like Jesus

दिन 1 को 5

येशूको बारेमा बाँड्ने एउटा उत्तम तरिका उहाँ जस्तै जीवन जिउनु हो।

हालका अध्ययनहरूले मानिसहरू मण्डली जान छोड्नुको मुख्य कारणहरू मध्ये उनीहरूको विचारमा ईसाईहरू पाखण्डी छन् भन्ने सोचको कारणले हो भन्ने कुरा देखाउँछ। यो कस्तो मन चसक्क हुने कुरा होइन र? तर यसको बारेमा सोचौँ। पाखण्डीको परिभाषा भनेको एउटा कुरा बोल्ने तर अर्कै गर्ने हो।

त्यसोभए तपाईंको अघिल्लो हप्तालाई विचार गर्नुहोस्। के तपाईंले आफ्नो जीवनको कुनै पनि क्षेत्रलाई याद गर्नुभएको छ जहाँ तपाईंले येशूलाई पछ्याउँछु भन्नुहुन्छ, तर तपाईंको जीवनले फरक कथा बताउँछ?

हुनसक्छ तपाईं शनिबार मण्डलीको सेवामा जानुभयो तर आइतबारदेखि कुरा काट्न थाल्नुभयो। हुनसक्छ तपाईंले जवान संगतीमा शुद्धताको जीवन बिताउन चाहन्छु भन्नुहुन्छ, तर तपाईंको इन्टर्नेटको प्रयोगले अर्कै कथा बताउँछ। हुनसक्छ तपाईं उत्कृष्ट श्रेणीको विद्यार्थी हुनुहुन्छ, तर तपाईंले त्यो अन्तिम परीक्षामा चिट चोर्नुभएको थियो।

सुन्नुहोस्। तपाईं एक्लो हुनुहुन्न। हामी सबैको कपटपूर्ण क्षणहरू हुन्छन् किनभने हामी कोही पनि सिद्ध मानिस होइनौँ। तर जब हामी विश्वासयोग्य भई हाम्रा पापहरू स्वीकार गर्छौं र क्षमा माग्‍छौँ भने येशूले हामीलाई स्वतन्त्र रूपमा अनुग्रह दिनुहुन्छ।

तर पाखण्डी जीवनशैलीमा जिउनु? त्यो समस्या हो। येशूलाई देखावटी रूपमा पछ्याउने तर उहाँले भन्नुभएका कुराहरू वास्तवमा नगर्ने मानिसहरूका लागि येशूसँग धैर्यता थिएन।

वास्तवमा येशूको समयमा त्यहाँ फरिसी भनिने मानिसहरूको समूह थियो। मानिसहरूले

तिनीहरूलाई

घृणा गर्थे। किन? किनभने तिनीहरूले परमेश्‍वरको बारेमा धेरै कुरा जान्‍थे, तर तिनीहरूले साँच्चै परमेश्‍वरलाई चिनेका थिएनन्। तिनीहरू परमेश्‍वरको व्यवस्थाले के बताउँछ भन्‍ने कुरामा माहिर थिए, तर तिनीहरू प्रेमिला थिएनन्। येशू तिनीहरूलाई देखेर एकदमै रिसाउनुभयो।

मत्ती २३ अध्यायमा, येशूले फरिसीहरूलाई “अन्धो अगुवाहरू” भनेर बोलाउनुभयो। तिनीहरूले आफूलाई महत्त्वपूर्ण देखाउन र अरू मानिसहरूलाई लाजमा पार्नको लागि परमेश्‍वरका नियमहरू प्रयोग गरिरहेका थिए। त्यसैले उहाँ तिनीहरूसँग रिसाउनु भयो। येशूले भन्नुभयो कि उनीहरूलाई धेरै कुरा थाहा हुन सक्छ, तर कसैले पनि उनीहरूको उदाहरण पछ्याउनु हुँदैन किनभने तिनीहरूले येशूलाई पछ्याउँदा हुनुपर्ने महत्त्वपूर्ण भागहरूलाई बेवास्ता गर्दछन् - जस्तै न्याय, दया र अनुग्रह।

मानिसहरू पाखण्डीलाई पछ्याउन चाहँदैनन्। तर अर्कोतिर, मानिसहरूले त्यसलाई पछ्याउन चाहन्छन् जसले जे गर्छु भन्दछ त्यही गर्दछ। त्यसैले हामी फरिसी नबनौँ— जसले मानिसहरूलाई माथि उठाउनुको सट्टा तल खसाल्दछ, आफूलाई महत्त्वपूर्ण देखाउन हामी कत्तिको "धार्मिक" छौँ भनेर देखाउँदछ, एउटा कुरा बोलेर अर्को काम गरी मानिसहरूलाई येशूबाट टाढा लैजाँदछ।

बरु येशूको प्रेम देखाएर येशूको प्रेम बाँडौँ। किनकी येशूलाई बाँड्ने एउटा उत्तम तरिका उहाँ जस्तै जीवन जिउनु हो।

त्यसोभए यसले हामीलाई के अर्थ दिन्छ? यसको मतलब जब हामीले एउटा कुरा भनेका छौं र अर्कै गरेका छौं भने हामीले परमेश्‍वरसँग क्षमा माग्नुपर्छ। यसको मतलब हामीले पाखण्डीपनबाट बच्‍नको लागि सचेत भई प्रयास गर्नुपर्छ। र यसको अर्थ येशूले हामीलाई जे गर्न भन्नुभएको छ, सो जान्नु र गर्नु हो।

यसैले अबका केही दिनहरूमा, येशूजस्तै जिउनु र प्रेम गर्नु भनेको के हो भनेर सिकौँ।

प्रार्थना: परमेश्‍वर, मलाई त्यस समयको लागि क्षमा दिनुहोस् जब मैले एउटा कुरा भनेर अर्कै गरेको छु। जब मैले काम बिगार्छु र गल्ती गर्छु तपाईंको अनुग्रहको लागि धन्यवाद। मैले मेरो जीवनको कुनै पनि क्षेत्रमा तपाईंलाई पछ्याइरहेको छैन भने मलाई सुधार गर्न मद्दत गर्नुहोस्। मलाई तपाईं जस्तै बन्न र तपाईंले जस्तै अरूलाई प्रेम गर्नलाई मद्दत गर्नुहोस्। येशूको नाममा, आमेन।

दिन 2

यस योजनाको बारेमा

Living Like Jesus

यदि हामी येशूको बारेमा अरूसँग बाँड्न चाहन्छौँ भने, हामीले पनि उहाँले जस्तै जिउनुपर्छ, उहाँले जस्तै प्रेम गर्नुपर्छ, र उहाँले जस्तै सुन्नुपर्छ। यस ५ दिने योजनामा, हामीले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने कुरा पत्ता लगाउन येशूको जीवनलाई नजिकबाट हेर्नेछौं।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/