YouVersion Logo
Search Icon

Plan Info

Bible IconGet the app

येशूजस्तै जिउनुनमूना

Living Like Jesus

DAY 5 OF 5

येशूले हामीलाई छुन हाम्रो नजिक हुन रोज्नुभयो।

गूगलका अनुसार संसारमा ४, २०० ज्ञात धर्महरू छन्। येशूलाई रोज्‍नुमा के फरक छ? उहाँले हामीलाई रोज्‍नुभयो। हजारौं देवताहरूमध्ये, येशू मात्र एक हुनुहुन्छ जो हाम्रो मृत्युको सट्टा मर्नुभयो र फेरि जीवित हुनुभयो।

बाइबलले हामीलाई बताउँछ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो। येशूले हामीलाई बचाउनु अघि हाम्रा कर्महरू सही गराउनुपर्छ भनी पर्खी बस्नुभएन। उहाँले हामीलाई हाम्रा भूलगल्तीहरूका माझ भेट्नुभयो र भन्नुभयो, "म तिम्रो लागि सबै तिरिदिनेछु।"

परमेश्‍वरले येशूलाई किन पठाउनुभयो भन्ने बारे कहिल्यै सोच्नुभएको छ? यो सोच्दा अचम्म लाग्छ। परमेश्‍वरले हामीलाई बचाउनको लागि थुप्रै तरिकाहरू रोज्‍न सक्नुहुन्थ्यो। तर परमेश्‍वरसँगको हाम्रो टुटेको सम्बन्धलाई जोड्न उहाँले आफ्नो पुत्र येशूलाई पठाउनुभयो।

पुरानो करारमा (बाइबलका पुस्तकहरू जुन सबै येशूको जन्म हुनुभन्दा अघिका हुन्) हेर्नुहोस्, तपाईंले परमेश्‍वरसँगको हाम्रो टुटेको सम्बन्धको प्रभाव देख्नुहुन्छ। आदम र हव्वाले पाप गरेपछि, हामीले परमेश्‍वरसँग प्रत्यक्ष सम्बन्ध राख्‍न सकेनौं किनभने उहाँ पवित्र र सिद्ध हुनुहुन्छ, र हामी चाहीँ - अँह, छैनौँ।

त्यसैकारण पुरानो करारका मानिसहरूले जुनसुकै बेला भूल गरे भने पशुबलि चढाउनुपर्थ्यो। कल्पना गर्न सक्नुहुन्छ? प्रत्येक पटक तपाईंले झूट बोल्दा, कुरा कट्दा, चोरी गर्दा, अनाज्ञाकारिता हुँदा — सूचीमा थप्दै जानुहोस् — तपाईंले परमेश्‍वरसँगको सम्बन्ध ठीक बनाउनको लागि एउटा पशुलाई मार्नुपर्दथ्यो।

परमेश्‍वरले यो चाहनुहुँदैनथ्यो। त्यसैले यसको सट्टा उहाँले कुनै पनि जनावर भन्दा बढी शक्तिशाली केहि पठाउने निर्णय गर्नुभयो। उहाँले आफ्नो पुत्र पठाउनुभयो। येशू हाम्रो संसारमा प्रवेश गर्नुभयो र उहाँसँग ज्योति, प्रेम, स्वतन्त्रता, अनुग्रह, स्वीकार, आनन्द, शान्ति र आशा ल्याउनुभयो। येशू हाम्रो लागि मर्न रोज्‍नुभयो - हाम्रो ठाउँमा - ताकि हामीले बलिदानहरू चढाउन छोड्न सकौं र यसको सट्टा परमेश्‍वरसँगको सम्बन्ध रोज्‍न सकौं। तीन दिनपछि मृत्युलाई जितेर येशू बौरी उठ्नुभयो, र अब हामी येशूलाई जब चुन्छौं, हामी अयोग्य तवरले सित्तैमा दिइएको स्वतन्त्रता र अनुग्रहलाई छान्दैछौं!

परमेश्‍वरले येशूलाई "इम्मानुएल" नाम दिनुभयो किनभने यसको अर्थ हो, "परमेश्‍वर हामीसँग हुनुहुन्छ।" हामी तोडीएको र यसको लायक नभए पनि परमेश्‍वरले येशूलाई हाम्रो साथमा रहनको लागि पठाउन रोज्‍नुभयो। र येशूले हाम्रो बीचमा बस्‍न रोज्‍नुभयो। हामीलाई छुन पर्याप्त नजिक हुन।

यसैले येशूले हामीलाई दिनुभएको विजयद्वारा बाँचौं। येशूजस्तै जिऔँ - खाँचोमा परेका मानिसहरूलाई छुन पर्याप्त नजिक भएर। मानिसहरूसँग रहन। मानिसहरूलाई माया गर्न। किनभने येशूले हामीलाई प्रेम गर्नुभयो। र यदि हामी येशूलाई बाँड्न चाहन्छौं भने, हामीले आफ्नो जीवन जिउने तरिकाबाट उहाँलाई देखाउनुपर्छ। यसरी हामी कथाकार बन्न सक्छौं। यसरी हामी अविश्वासी संसारलाई साँचो आशा कस्तो हुन्छ भनेर देखाउन सक्छौं।

प्रार्थना: येशू, परमेश्‍वरसँगको हाम्रो सम्बन्धलाई जोड्नुभएको लागि धन्यवाद। हामीसँग रहन चुन्नुभएको लागि, हामीलाई छुन पर्याप्त नजिक भइदिनुभएको लागि, र हामी योग्य नभएतापनि हामीलाई बचाउनुभएको लागि धन्यवाद। मेरो वरिपरिका मानिसहरूलाई त्यही अनुग्रह र प्रेम देखाउन मलाई मद्दत गर्नुहोस्। मलाई हरेक दिन तपाईं जस्तै जिउन मद्दत गर्नुहोस्। तपाईंले दिनुभएको स्वतन्त्रताको कारणले फरक देखिन मलाई मद्दत गर्नुहोस्। मेरो वरिपरिको दुखित संसारलाई तपाईंको प्रेम र तपाईंको सुसमाचार बाँड्न मलाई मद्दत गर्नुहोस्। येशूको नाममा, आमेन।

Day 4

About this Plan

Living Like Jesus

यदि हामी येशूको बारेमा अरूसँग बाँड्न चाहन्छौँ भने, हामीले पनि उहाँले जस्तै जिउनुपर्छ, उहाँले जस्तै प्रेम गर्नुपर्छ, र उहाँले जस्तै सुन्नुपर्छ। यस ५ दिने योजनामा, हामीले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने कुरा पत्ता लगाउन येशूको जीवनलाई नजिकबाट हेर्नेछौं।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/