येशूजस्तै जिउनुSample

येशूले उनीहरूसँग जस्तो व्यवहार गर्नुहुन्थ्यो त्यसरी नै अरूसँग व्यवहार गर्नुहोस्।
हामीले येशूको बारेमा बाँड्ने एउटा उत्तम तरिका उहाँको जस्तै जीवन जिउनु हो भनेर कुरा गरिसकेका छौं। तर यो गर्न भन्दा भन्न सजिलो छ। येशूजस्तै जिउन गाह्रो छ - किनभने मुख्यतः यसमा येशूले जस्तै मानिसहरूलाई प्रेम गर्नु पर्ने हुन्छ। अनि मानिसहरूलाई प्रेम गर्नु भन्ने कुरा सुन्दा सजिलो लाग्छ, तर यो गर्न गाह्रो छ। किनभने यदि हामी येशूले जस्तै मानिसहरूलाई प्रेम गर्छौँ भने, यसको अर्थ येशूले जस्तै हरेक व्यक्तिलाई प्रेम गर्नुपर्छ—तपाईंलाई मन नपर्ने मानिसहरूलाई पनि।
येशूले तपाईंलाई दयालु मानिसहरूलाई मात्र प्रेम गर्न भन्नुभएन। उहाँले सबै मानिसहरूलाई प्रेम गर्न भन्नुभयो—विशेष गरी तपाईंका शत्रुहरूलाई!
जब तपाईं बालक हुनुहुन्थ्यो, तपाईंले सुनौलो नियमको बारेमा सुन्नु भएको होला: अरूलाई आफूले जस्तो व्यवहार गरेको चाहनुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस्। यो अति राम्रो विचार हो। वास्तवमा यो येशूको आफ्नै विचार हो! तर जब उनीहरू यसको योग्य छैनन् भनी हामी सोच्दछौं भने, के हुन्छ? उनीहरू हामीप्रति यति निर्दयी भए तापनि? उनीहरू सहनै नसक्ने गरी रिस उठाउने खालका भएतापनि? तर सुनौलो नियम अझै कायम रहन्छ। जब हामी असभ्य, रिस उठाउने, वा अयोग्य हुन्छौं, के हामी अरूले पनि हामीलाई क्षमा गरोस् र अनुग्रह देखाओस् भन्ने चाहँदैनौं र? हो। तपाईलाई थाहा छ यो सत्य हो। र येशूले हामीलाई त्यस्तै किसिमको क्षमा र अनुग्रह देखाएको चाहनुहुन्छ, जुन हामी अरूबाट पनि चाहन्छौँ - यद्यपि यो गर्नलाई अति असम्भव र गाह्रो लाग्न सक्छ।
वास्तवमा येशूले भन्नुभयो सबैभन्दा ठूलो व्यवस्था भनेको परमेश्वरलाई प्रेम गर्नु र मानिसहरूलाई प्रेम गर्नु हो। यो येशूको लागि साँच्चै महत्त्वपूर्ण छ - यसबाट उम्कन वा भाग्न सकिँदैन।
त्यसोभए हामीलाई स्वाभाविक रूपमा प्रेम गर्न गाह्रो हुन्छ भने कसरी अरूलाई प्रेम गर्न सक्छौं त? हामीले उनीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ। पहिलो कुरा, हामी सबै हाम्रो सृष्टिकर्ताको रुपमा बनिएका छौं भनी हामीले महसुस गर्नुपर्छ। एकछिन यसको बारेमा सोच्नुहोस्। तपाईं - र तपाईंले चिन्नुभएको हरेक व्यक्तिलाई - परमेश्वरले आफ्नै हातले बनाउनु भएको हो। र हामी सबै उहाँको स्वरूपमा सृष्टि गरिएका छौं। के यो दिमाग उडाउने कुरा होइन र?
हामी परमेश्वरका हातका सीपहरू हौँ भनी एफिसी २:१० ले हामीलाई बताउँछ। त्यसैले, पहिले, आफ्नो बारेमा यो कुरा विश्वास गर्नुहोस्। परमेश्वरले तपाईंलाई जस्तो चाहनुहुन्छ त्यसअनुसार नै सृष्टि गर्नुभयो। र जब तपाईंले यो विश्वास गर्नुहुन्छ, अरूलाई पनि त्यस प्रकारले प्रेम र स्वीकार गर्न सजिलो हुन्छ। दोस्रो, यदि सबैजना उहाँका हातका सीप हुन् भने, यसको मतलब जब-जब तपाईले कसैको बारेमा नकारात्मक कुरा भन्नुहुन्छ, तब तपाईंले परमेश्वरको सबैभन्दा सुन्दर सृष्टिको अपमान गर्दै हुनुहुन्छ। यसले तपाईंलाई कक्रक्क पार्छ, होइन र?
येशूका भाइ याकूबले पनि यसबारे केही शक्तिशाली शब्दहरू बताएका थिए। उनले बाइबलमा भएको याकूबको पुस्तक लेखे, र उनले यसरी भनेका छन् कि हामी हाम्रो मुखले परमेश्वरको प्रशंसा गर्दछौँ र त्यही मुखले - हामी परमेश्वरको प्रतिरूपमा बनाइएका मानिसहरूलाई सराप्तछौँ। दुःखको कुरो। शनिबारको दिन परमेश्वरको आराधना गर्ने, र आइतबार मानिसहरूको अपमान गर्ने?
हाम्रो जीवनमा "अरू" लाई हेर्ने तरिका परिवर्तन गरौं। उनीहरूलाई महत्त्वपूर्ण रूपमा हेर्न थालौँ। त्यसपछि हामी पनि येशूले उनीहरूलाई जस्तो व्यवहार गर्नुहुन्थ्यो त्यसरी नै व्यवहार गर्न सुरु गरौं। यसरी अर्को पटक जब तपाईंलाई आफ्नो वरपरको व्यक्तिसँग कठोर बोली वा व्यवहार गर्ने परिक्षा आउँछ, तब यो विचार गर्नुहोस्: येशूले यस व्यक्तिलाई कस्तो व्यवहार गर्नुहुन्थ्यो होला? त्यसपछि त्यही गर्नुहोस्।
प्रार्थना: येशू, मलाई तपाईंको सहायता चाहिन्छ। कहिलेकाहीँ मेरो वरपर भएका सबैलाई प्रेम गर्न असम्भव लाग्न सक्छ। हे परमेश्वर, तपाईंले मानिसहरूलाई जुन आँखाले हेर्नुहुन्छ मलाई पनि त्यही आँखा दिनुहोस्। जसरी तपाईंले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै उनीहरूलाई प्रेम गर्न र जसरी तपाईंले मानिसहरूसँग व्यवहार गर्नुहुन्छ उनीहरूलाई त्यस्तै व्यवहार गर्न मद्दत गर्नुहोस्। येशूको नाममा, आमेन।
यस योजनाको बारेमा

यदि हामी येशूको बारेमा अरूसँग बाँड्न चाहन्छौँ भने, हामीले पनि उहाँले जस्तै जिउनुपर्छ, उहाँले जस्तै प्रेम गर्नुपर्छ, र उहाँले जस्तै सुन्नुपर्छ। यस ५ दिने योजनामा, हामीले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने कुरा पत्ता लगाउन येशूको जीवनलाई नजिकबाट हेर्नेछौं।
More
Related Plans

पुनस्थापनालाई रोज्नु

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ग्रेसको गान (Anthem of Grace)

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

बोलावट

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

उद्धार
