YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

येशूजस्तै जिउनुSample

Living Like Jesus

दिन 3 को 5

आफ्नो लागि खडा हुन नसक्नेहरूको निम्ति खडा हुनुहोस्।

यस संसारमा जहाँ विचारहरू पोस्ट गरेपछि केही मिनेटमा नै भाइरल हुन सक्छ, र सामाजिक संजालमा बहसहरू एक सेकेन्डमै शून्यबाट १०० मा पुग्‍न सक्छ — हामी दुवै अनलाइन र अफलाइन अवस्थामा येशू जस्तै बन्‍नुपर्छ भनी सम्झिनु बुद्धिमानी कुरा हो। येशूले पापलाई देखाउन डराउनुभएन, तर उहाँले अनुग्रह र सम्बन्धलाई विचार गरेर यो गर्नुभयो। त्यसैले समस्याहरूको बारेमा पोस्ट गरेर त्यसको समाधान हुन्छ भन्‍ने छैन। तर आफ्नो लागि खडा हुन नसक्ने कसैको निम्ति उभिनु? त्यो चाहीँ येशूको हृदयजस्तो देखिन्छ।

यूहन्ना ८ अध्यायमा, हामी एक व्यभिचारमा पक्राउ परेकी स्त्रीको कथा देख्छौं। भीडले उनलाई ढुङ्गाले हानेर मार्न चाहन्थ्यो र व्यवस्थाअनुसार उनीहरूले यो गर्न सक्दथे। उनीहरूले येशूलाई उहाँकै बोलिमा फसाउनको लागि यस अवस्थामा उहाँले के गर्नुहुन्थ्यो भनी सोधे।

येशू यसमा फस्‍नु भएन। बरु, उहाँले कहिल्यै पाप नगर्नेहरूलाई अघि बढेर पहिलो ढुङ्गा हान्‍न भन्नुभयो। उहाँले भूइँमा लेख्‍न थाल्नुभयो, र केही मानिसहरूले यो विश्वास गर्छन् कि उहाँले वास्तवमा वरपरका मानिसहरूका पापहरू लेख्दै हुनुहुन्थ्यो। त्यसपछि मानिसहरू येशूलाई मात्र छोडेर छरपष्ट भए।

येशूले स्त्रीलाई जान दिएर अनुग्रह दिनुभयो, तर उहाँले उसलाई अब पाप नगर्न भनी सत्यता दिनुभयो। हामीले पनि हाम्रो जीवनमा भएका मानिसहरूको लागि त्यही नमुना बन्‍ने प्रयास गर्नुपर्छ। मानिसहरूलाई उनीहरूका गल्तीहरूबाट छुटकारा पाउन सकिन्छ भन्‍ने कुरा सम्झाएर हामीले अनुग्रह विस्तार गर्दै सम्बन्ध सुरु गर्नुपर्छ। त्यसपछि हामीले मानिसहरूलाई एउटा राम्रो बाँच्‍ने तरिका छ भन्‍ने महसुस गराउन सक्छौँ जुन हो - येशूलाई पछ्याउनु।

त्यसैले आफ्नो लागि खडा हुन नसक्नेहरूको निम्ति खडा हुनुहोस्। संसारले अस्वीकार गर्ने मानिसहरूको लागि खडा हुनुहोस्। पिछडिएका र बहिष्कृतहरूको लागि खडा हुनुहोस्। अनि खडा हुने मात्र होइन — सेवा गर्न तयार हुनुहोस्।

मत्ती २५ अध्यायमा, हामी येशूले मानिसका दुई समूहहरूको बारेमा कुरा गर्नुभएको देख्छौँ — भेडा र बाख्राहरू। हामीसँगै रहनुहोस्। भेडाहरू तिनै हुन् जसले यीमध्ये सबैभन्दा सानाको सेवा गरे - गरिबहरूलाई सहयोग गर्ने, तिर्खाएकाहरूलाई पानी दिने, बिरामीहरूको हेरचाह गर्ने आदि। बाख्राहरू चाहीँ? तिनीहरूले खाँचोमा परेका मानिसहरूको बेवास्ता गरे। उनीहरूलाई के भयो भनी जान्‍नको लागि आजको खण्ड पढ्नुहोस्। हामी थाहा गर्न सक्छौँ, सेवा गर्नु भनेको परमेश्‍वरको लागि महत्त्वपूर्ण कुरा हो। यदि हामीले उहाँका मानिसहरूलाई राम्रोसँग सेवा गरेर प्रेम गर्दैनौं भने हामी परमेश्‍वरलाई प्रेम गर्छौं भन्‍नु व्यर्थ हो।

त्यसोभए, तपाईं कसको लागि खडा हुनुहुनेछ? कसको सेवा गर्नुहुन्छ? किनभने जब तपाईंले त्यसो गर्नुहुन्छ— तपाईंले वास्तवमा येशूको लागि नै यो गरिरहनुभएको छ भनी येशू भन्नुहुन्छ।

प्रार्थना: हे परमेश्‍वर, मलाई कसको निम्ति खडा हुने र कसरी उनीहरूका निम्ति खडा हुने भनेर देखाउनुहोस्। मलाई गल्तीहरू सुधार्न मद्दत गर्नुहोस्। अरूले अस्वीकार गर्ने मानिसहरूलाई स्वीकार गर्न मलाई मद्दत गर्नुहोस्। मलाई तपाईंले सेवा गरेझैं सेवा गर्न, तपाईंले प्रेम गर्नुभएझैँ प्रेम गर्न, र तपाईं खडा भएझैँ खडा हुन मद्दत गर्नुहोस्। तपाईको हृदय जुन कुराले तोड्दछ, त्यसले मेरो हृदयलाई पनि तोड्नुहोस्, र तपाईले जस्तै अरूलाई हेर्नेको लागि मलाई नयाँ आँखा दिनुहोस्। येशूको नाममा, आमेन।

Day 2Day 4

यस योजनाको बारेमा

Living Like Jesus

यदि हामी येशूको बारेमा अरूसँग बाँड्न चाहन्छौँ भने, हामीले पनि उहाँले जस्तै जिउनुपर्छ, उहाँले जस्तै प्रेम गर्नुपर्छ, र उहाँले जस्तै सुन्नुपर्छ। यस ५ दिने योजनामा, हामीले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने कुरा पत्ता लगाउन येशूको जीवनलाई नजिकबाट हेर्नेछौं।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/