YouVersion लोगो
खोज आइकन

उपदेशक 10:1-9

उपदेशक 10:1-9 सरल नेपाली

मरेका झिँगाहरूले सुगन्‍धित अत्तरको पूरा सिसी नै दुर्गन्‍धित पार्न सक्‍दछन् र एउटा सानो मूर्खताले ठूलो बुद्धिलाई बेकामको बनाउन सक्‍दछ। बुद्धिमान्‌ले उचित काम गर्नु र मूर्खले अनुचित काम गर्नु स्‍वाभाविक कुरा हुन्। बाटोमा भेट हुने नचिनेका मानिसहरूले पनि त्‍यसको मूर्खता छर्लङ्ग देख्‍छन्। आफ्‍नो मूर्खता त्‍यसले जोसुकैलाई देखाउँछ। शासक तिमीसँग रिसाए भन्‍दैमा कामबाट राजीनामा नदिहाल, तिमी शान्‍त रहे, ठूल्‍ठूला भुलबाट क्षमा पाउन सक्‍दछौ। संसारमा मैले देखेको एउटा अन्‍याय यो हो; शासकद्वारा अन्‍याय भएको। मूर्खहरूलाई अधिकारीको उच्‍च दर्जा दिइन्‍छ र धनीहरूलाई निच दर्जा दिइन्‍छ। मैले कमाराहरू घोडामा चढेर गएका र उच्‍च पदका मानिसहरू कमाराझैँ पैदल हिँडेका देखेको छु। जसले खाडल खन्‍छ, त्‍यही त्‍यसमा पर्छ। जसले पर्खाल भत्‍काउँछ, त्‍यसैलाई साँपले डस्‍छ। ढुङ्गा-खानिमा काम गर्नेलाई ढुङ्गाकै चोट लाग्‍छ। दाउरा चिर्नेलाई दाउराकै चोट लाग्‍छ।

उपदेशक 10 पढ्नुहोस्