YouVersion लोगो
खोज आइकन

उपदेशक 10:1-9

उपदेशक 10:1-9 NCV

जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्‍ट पार्दछ। बुद्धिमान्‌को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ। बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ। तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ। सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो त्रुटी एउटा शासकबाट हुन्छ: मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ। मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका, तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु। जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्‍न सक्छ। ढुङ्गाको खानी खन्‍ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।

उपदेशक 10 पढ्नुहोस्