YouVersion लोगो
खोज आइकन

उपदेशकको पुस्तक 10:1-9

उपदेशकको पुस्तक 10:1-9 NERV

मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ। ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्। मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ। यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ। मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन। नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्। आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ। ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।