जसरी मरेका झीँगाहरूले सुगिन्धत अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई बेकामको बनाइदिन्छ। बुद्धिमान् मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्छ। बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँछ। हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्नो काम नछोड। चूपचाप बस्नाले ठूला-ठूला भूल शान्त हुन्छन्। सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो किसिमको खराबी जो हाकिमबाट हुन्छ: मूर्खहरू धेरै उच्च पदमा राखिन्छन्, तर धनीहरू निम्न स्थानमा बस्छन्। मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु। खाड़ल खन्ने मानिस आफै त्यसमा जाकिन सक्छ, र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ। ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्न सक्छ, अनि दाउरा काट्ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्छ।
उपदेशक 10 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 10:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू