YouVersion लोगो
खोज आइकन

उपदेशक 10

10
1मरेका झिँगाहरूले सुगन्‍धित अत्तरको पूरा सिसी नै दुर्गन्‍धित पार्न सक्‍दछन् र एउटा सानो मूर्खताले ठूलो बुद्धिलाई बेकामको बनाउन सक्‍दछ।
2बुद्धिमान्‌ले उचित काम गर्नु र मूर्खले अनुचित काम गर्नु स्‍वाभाविक कुरा हुन्। 3बाटोमा भेट हुने नचिनेका मानिसहरूले पनि त्‍यसको मूर्खता छर्लङ्ग देख्‍छन्। आफ्‍नो मूर्खता त्‍यसले जोसुकैलाई देखाउँछ।
4शासक तिमीसँग रिसाए भन्‍दैमा कामबाट राजीनामा नदिहाल, तिमी शान्‍त रहे, ठूल्‍ठूला भुलबाट क्षमा पाउन सक्‍दछौ।
5संसारमा मैले देखेको एउटा अन्‍याय यो हो; शासकद्वारा अन्‍याय भएको। 6मूर्खहरूलाई अधिकारीको उच्‍च दर्जा दिइन्‍छ र धनीहरूलाई निच दर्जा दिइन्‍छ। 7मैले कमाराहरू घोडामा चढेर गएका र उच्‍च पदका मानिसहरू कमाराझैँ पैदल हिँडेका देखेको छु।
8 # भजनसंग्रह 7:15; हितोपदेश 26:27 जसले खाडल खन्‍छ, त्‍यही त्‍यसमा पर्छ। जसले पर्खाल भत्‍काउँछ, त्‍यसैलाई साँपले डस्‍छ। 9ढुङ्गा-खानिमा काम गर्नेलाई ढुङ्गाकै चोट लाग्‍छ। दाउरा चिर्नेलाई दाउराकै चोट लाग्‍छ। 10बन्‍चरो बोधो छ भने र त्‍यसमा धार लाएन भने त्‍यो चलाउँदा बेसरी बल गर्नुपर्छ। ज्ञानले सफलता ल्‍याउँछ। 11साँपलाई लट्ठ्याउन जानेर पनि पहिले नै साँपले ठुँगिहाल्‍यो भने के लाभ हुन्‍छ र? 12बुद्धिमान्‌को बोलीले आफ्‍नै इज्‍जत ल्‍याउँदछ तर मूर्खको बोलीले आफ्‍नै सर्वनाश गर्छ। 13त्‍यसले मूर्ख कुरा गरेर बौलाहा कुरामा अन्‍त गर्छ। 14मूर्ख बोलेको बोलै हुन्‍छ। भविष्‍यमा के हुन्‍छ, कसैले जान्‍दैन। मरेपछि के हुन्‍छ, कसैले भन्‍न सक्‍दैन।
15आफ्‍नो घर जाने बाटो पनि नचिन्‍ने अति मूर्खले मात्र थाकुञ्‍जेल काम गरिबस्‍छ।
16जुन देशका राजा एउटा अन्जान ठिटा छ र अगुवाहरू रातभरि भोजनमा मस्‍त रहन्‍छन्, त्‍यो देशको दुर्भाग्‍य हो। 17तर जुन देशका राजाले आफ्‍ना हरेक कुराको निर्णय आफैं गर्छन् र अगुवाहरू बल पाउन उचित समयमा मात्र भोज गर्छन्, तर मद्य पिएर मात्‍दैनन्, त्‍यो देश भाग्‍यमानी हो।
18आफ्‍नो घरको छाना मरमत गर्न अल्‍छी मान्‍ने मानिसको घर चुहुन्‍छ र त्‍यो घर ढलेर जान्‍छ।
19भोज खाँदा आनन्‍द हुन्‍छ र मद्यले मन खुसी पार्छ। बिनापैसा कुनै एक थोक पनि पाइँदैन।
20राजाको निन्‍दा नगर, यो मनमा पनि नसोच। सुत्‍ने कोठामा धनी मानिसलाई नसराप। चराले खबर लगेर तिम्रा कुरा तिनीहरूलाई सुनाइदेला।

अहिले सेलेक्ट गरिएको:

उपदेशक 10: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्