YouVersion लोगो
खोज आइकन

पुनस्थापनालाई रोज्नुनमूना

पुनस्थापनालाई रोज्नु

दिन 5 को 5

किनहामीले साँचो तवरले पुनस्थापनाको इच्छा गर्नुपर्छ- येशुले प्रतिज्ञा गर्नुभएको प्रशस्तको जीवन जिउनको लागि।

यूहन्ना १० अध्यायमा येशुले आफैंलाई “असल गोठालो” हुँ र उहाँको भेडा, हाम्रो लागि आफ्नो ज्यान दिनेछु भनेर भन्नुहुन्छ। उहाँका भेडाहरूले उहाँको सोर सुन्छन् र उहाँलाई पछ्याउँछन् भनेर पनि उहाँले भन्नुभयो। त्यसपछि उहाँले आफू र चोर बीच भिन्नता गर्नुहुन्छ। जस्तो कि हामी सबैलाई थाहा छ, चोर केवल चोर्न, मार्न र नाश गर्न आउँछ, जब कि ख्रीष्ट प्रशस्त जीवन दिनलाई आउनुहुन्छ।

हर हालतमा शत्रुले तपाईंलाई रोक्ने प्रयास गर्ने छ किनभने पुनस्थापित ख्रीष्टियान एक क्रान्तिकारी हुनेछ!

त्यसले तपाईंको भावनात्मक स्वस्थले खासै फरक पार्दैन भनेर तपाईंलाई विश्वस्त पार्ने छ। त्यसले तपाईंलाई चुप लाग्न उक्साउने छ र तपाईंका समस्याहरू कुनै ठुलो कुरो होइनन् किनभने अरूका समस्याहरू तपाईंको भन्दा ठुला छन् भन्ने तपाईंलाई विश्वास दिलाउने छ। त्यसले तपाईंलाई क्षणिक खुसी दिएर अन्धो बनाइदिने छ जसकारण तपाईं दिगो आनन्दबाट बञ्चित हुनुहुनेछ।

प्रशस्तताको जीवन हाम्रा आत्मा समृद्ध हुने ठाउँ हो- न कि सबै रहस्यहरू जोडिने, सबै पीडाहरू सकिने वा पुच्छरका भागहरू बाँधिने ठाउँ हो। बरु, यो त्यो जीवन हो जहाँ हाम्रो भित्री मनुष्यत्वलाई परमेश्वरको आत्माद्वारा पुनर्जीवित र पुनस्थापित गरिन्छ जसकारण हामीले सबै कुराको सामना गर्न सक्छौँ, चाहे त्यो मृत्य होस् वा हामीमाथि शत्रुका अक्रमणहरू।

यो तपाईंमा भर पर्छ।

यदि तपाईं प्रशस्तताको जीवन चाहनुहुन्छ भने, तपाईंले परमेश्वरलाई भित्रैदेखि पुनस्थापनाको काम गर्न दिनुपर्ने छ। शत्रुले तपाईंको प्रशस्तता चोर्ने, तपाईंको आनन्दलाई मार्ने र तपाईंको शान्ति भङ्ग गर्ने प्रयास गर्नेछ, असल गोठालो येशुले भने ती सबै र अरू कुराहरू पनि फेरि दिने हर प्रयास गर्नुहुन्छ।

यस बारेमा विचार गर्नुहोस्:

के तपाईंको आफ्नो प्रशस्तताको जीवन जिइराख्नुभएको छ? के कुराले तपाईं त्यसबाट रोकिराखेको छ भन्ने तपाईंलाई लाग्छ?

यसको लागि प्रार्थना गर्नुहोस्:

विश्वास गर्नुहोस् र ख्रीष्टमा तपाईंले प्रशस्ताको जीवन पाउनुभएको होस् भनेर प्रार्थना गर्नुहोस्। तपाईंबाट शत्रुले चोरेका दिनहरू पुनस्थापित गरिदिन हुन परमेश्वरसँग प्रार्थना गर्नुहोस्।

धर्मशास्त्र

दिन 4

यस योजनाको बारेमा

पुनस्थापनालाई रोज्नु

हामी अरू बढी येशुजस्तै हुँदै जाऔं भनेर परमेश्वरको आत्मा हाम्रो नवीकरण र रूपान्तरणमा एकदम सक्रिय हुनुहुन्छ। पुनस्थापना यस नवीकरणीय कार्यको एउटा भाग हो र यो ख्रीष्टियान जीवनको एउटा महत्त्वपूर्ण भाग हो। यस बिना, हामीले आफ्ना पुरानो चालढाल, सोचाइ, आदत र स्वभावहरूबाट स्वतन्त्र हुन सक्ने छैनौँ। यस बाइबल योजनाले तपाईंलाई पुन: स्थापनाको दीर्घ यात्राको पहिलो कदमहरूमा लैजान मदत गर्ने छ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/christinegershom/