YouVersion लोगो
खोज आइकन

पुनस्थापनालाई रोज्नुनमूना

पुनस्थापनालाई रोज्नु

दिन 2 को 5

व्यक्तिगत पुनस्थापना- निर्णायक कारक

सबै कुरा तपाईंबाट सुरु हुन्छ। हो, तपाईंबाट सुरु हुन्छ!

यसलाई पढ्ने अनि आफ्नो जीवन सङ्गी वा अप्ठ्यारो सहकर्मी वा मन नपर्ने छिमेकीको बारेमा विचार गर्ने काम नगर्नुहोस्। तपाईंले भजनसंग्रह २४ पढ्दै जाँदा यो महसुस गर्नु हुनेछ कि यो भजन समुदायको लागि नभई व्यक्तिको लागि लेखिएको छ। हामी प्रत्येकले परमेश्वर को हुनको लागि रोज्छौँ, हामी उहाँलाई कहाँ पाउँछौँ र उहाँसँग हामी के गर्छौं भन्ने जस्ता कुराको घोषणा यसको आशय हो। यो भजनसंग्रहको ३ पदमा दाऊदले परमेश्वरले आफ्नो प्राणलाई पुनर्जीवित पाउनुहुन्छ भन्ने कुरा बताएका छन् (NNRV)।यसले एउटा तर गरिसकिएको कुरालाई नभई जारी प्रक्रियालाई बुझाउँछ। यो एउटा आजीवन प्रक्रिया हो।

प्राणको हिब्रू शब्द नेपहेश हो जुन हाम्रो भावनाहरू, इच्छा, अनुभवहरू र विचारहरूको मुख्य केन्द्र हो। यही हो जसले हाम्रो जीवनका हरेक भागलाई चलाउँछ। हाम्रो जीवनको यस भागको पुनस्थापनाले पूर्ण नवीकरण गर्ने छ किनभने यो हाम्रा सबैभन्दा गहिरा भागहरूमा पुन: काम गर्नु हो। यो सजिलो छैन, वास्तवमा, धेरै पटक यसले गाह्रो महसुस गर्ने छ।

गाह्रो महसुस गर्ने छ किनभने एकदम लामो समयदेखि, हाम्रो जीवनका ती भागहरूलाई लिएर हामीले बहाना बाजीहरू गरिरहेका छौँ। हामी भन्छौँ “हो म रिसाहा व्यक्ति हुँ” वा “मेरो परिवारले गर्दा म यस्तो भएँ” वा “तपाईंलाई थाहा छैन मैले जीवनमा केके सामना गर्नुपर्‍यो जसले मलाई यस्तो बनायो”। एक पछि अर्को बहाना बाजी दिँदै जान्छ! पुनस्थापनाको लागि तपाईंले आफ्ना व्यक्तिगत अवगुणहरूको जिम्मेवारी सकार्नु र तिनीहरूलाई परमेश्वरकहाँ प्रस्तुत गर्नु आवश्यक हुनेछ।

यो गाह्रो छ किनभने यसले तपाईंबाट परमेश्वरको अरू नजिक, अरू नजिक जाने प्रतिवद्धता माग्ने छ। उहाँ पवित्र हुनुभएको कारण र हामी उहाँको अरू नजिक जाँदा पाप उहाँको सामु टिक्न नसक्ने हुँदा, हामीले पश्चात्ताप नगरेसम्म र उहाँलाई नदिएसम्म हाम्रो आफ्नो पाप अरू प्रबल हुँदै जानेछ।

यो गुप्त स्थानमा, गुपचुपमा र अँध्यारोमा हुनेछ र कसैले पनि यसमा तपाईं र परमेश्वर संलग्न हुनुहुन्छ भनेर कसैले सोचेको हुँदैन त्यसैले पनि यो गाह्रो छ। उहाँले तपाईंको सोचाइलाई, तपाईंको भित्री तारलाई, तपाईंका भावनाहरू आदिलाई पुन: आकार दिनुहुन्छ।

यो एकदमै गाह्रो छ किनभने अरूहरूले (तपाईंसँग नजिक भएकाहरूले समेतले) यसको सधैं सराहना गर्दैनन्। तिनीहरू तपाईंको पुरानो स्वभाव मन पराउँछन् न कि ख्रीष्टमा तपाईंको नयाँ सृष्टि।

तपाईं कहाँबाट आउनुभयो भन्ने परमेश्वर जान्नु हुन्छ- कस्ता प्रभावहरूले तपाईंलाई आकार दिन्छ, तपाईंलाई तर्साउँछ र परिवर्तन गर्छ भन्ने उहाँ जान्नु हुन्छ। उहाँ तपाईंलाई उहाँको मौलिक रचनामा पुनस्थापित गर्न चाहनुहुन्छ- त्यो व्यक्तमा जसलाई पतित संसारले असर गरेको थिएन। यही कुरा पवित्र आत्माले गर्नुहुन्छ, उहाँले हामी येशुजस्तै नभएसम्म हामीलाई पुनस्थापना गर्नुहुन्छ!

यस बारेमा विचार गर्नुहोस्:

तपाईंको विगतबाट तपाईं पुनस्थापित हुन आवश्यक कुनै एउटा घटना याद दिलाउन परमेश्वरसँग प्रार्थना गर्नुहोस्।

यसको लागि प्रार्थना गर्नुहोस्:

तपाईंका चोटहरूबाट निको पारिदिन उहाँसँग प्रार्थना गर्नुहोस्। तपाईं सम्पूर्णतामा अघि बढ्न सक्न तपाईंको हृदय र सोचलाई नयाँ बनाइदिन उहाँसँग प्रार्थना गर्नुहोस् ।

धर्मशास्त्र

दिन 1दिन 3

यस योजनाको बारेमा

पुनस्थापनालाई रोज्नु

हामी अरू बढी येशुजस्तै हुँदै जाऔं भनेर परमेश्वरको आत्मा हाम्रो नवीकरण र रूपान्तरणमा एकदम सक्रिय हुनुहुन्छ। पुनस्थापना यस नवीकरणीय कार्यको एउटा भाग हो र यो ख्रीष्टियान जीवनको एउटा महत्त्वपूर्ण भाग हो। यस बिना, हामीले आफ्ना पुरानो चालढाल, सोचाइ, आदत र स्वभावहरूबाट स्वतन्त्र हुन सक्ने छैनौँ। यस बाइबल योजनाले तपाईंलाई पुन: स्थापनाको दीर्घ यात्राको पहिलो कदमहरूमा लैजान मदत गर्ने छ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/christinegershom/