YouVersion लोगो
खोज आइकन

पुनस्थापनालाई रोज्नुनमूना

पुनस्थापनालाई रोज्नु

दिन 1 को 5

पुनस्थापना अक्सर समस्याको अन्तिम अन्तिमतिर आउँछ

दाऊदले बतशेबासँग व्यभिचार गरिसकेपछि भजनसंग्रह ५१ लेखे। उनको त्यस व्यभिचारले भयानक परिणामहरू ल्यायो। ती परिणामहरूमध्ये एक त्यस व्यभिचारबाट गर्भधारण गरेको उनको गर्भको छोरोको मृत्यु थियो। भजनरचयिताले आफूले बाटो बिराउने क्रममा गुमाएको मुक्तिको आनन्दफेरि महसुस गर्न सकूँ भन्दै परमेश्वरसँग पश्चात्तापको क्रमिक प्रार्थना गरे। उसले परमेश्वरलाई यतिसम्म चिनेका थिए कि उनलाई परमेश्वरसँग आफूले सम्बन्ध गुमाइ सकेको छैन भन्ने थाहा थियो, तर पनि उसले आनन्द गुमाएका थिए, जुन त्यस सम्बन्धको अपरिवर्ती परिणाम थियो।

परमेश्वर विश्वासयोग्य हुनुहुन्थ्यो र उसलाई क्षमा गरिदिनु भयो र आफूहरूको सम्बन्ध पुनस्थापना गरिदिनु भयो। यो कुराको प्रमाण सोलोमनको जन्म थियो जसलाई यददीयाह पनि भनिन्थ्यो किनभने “उनलाई परमेश्वरले प्रेम गर्नुभयो।”

हाम्रा परमेश्वरले पुनस्थापनाको काम गर्नुहुन्छ। यो त्यस्तो कुरा हो जुन हामी उत्पादन गर्न वा तयार पार्न सक्दैनौँ तर हामी त्यसमा सक्रियतापूर्वक सहभागी हुन्छौँ र त्यसको लागि ठाउँ बनाउँछौँ। तपाईंलाई आफ्नो मूर्खतामा लिएको घुमाउरो बाटोको कारण आफ्नो जीवन भग्नावशेषमा परेजस्तो लाग्न सक्छ। तपाईंले आफ्नो केही गल्ती बिना नै आफैलाई बरबाद अवस्थामा पाएको हुन सक्छ। कुराहरू धेरै अगाडि घटेका हुन सक्छन् तर तिनीहरूले अझै पनि दु:ख दिन्छन् र अहिले तपाईंलाई हानी पुर्‍याउँछन्।

येशुले तपाईंको त्यत्ति नै वास्ता गर्नुहुन्छ जत्ति उहाँले २००० वर्ष अघि यस संसारमा भेट्नु भएका मानिसहरूको गर्नुहुन्थ्यो। उहाँले मानिसहरूको शारीरिक रोगहरू मात्र निको पार्नुभएन तर मानसिक रोगहरू र आत्मिक मृत अवस्थालाई पनि निको पार्नुभयो। उहाँले हाम्रा जीवनमा दृश्य भागहरूको मात्र नभई सम्पूर्ण व्यक्तिको वास्ता गर्नुभयो। उहाँले तिनीहरूका हृदयहरूलाई हेर्न आग्रह गर्नुभयो किनकि जीवनका समस्याहरू त्यहीबाट बाहिर निस्कन्थ्यो। उहाँले तिनीहरूलाई आफ्ना सारा हृदय, प्राण, समझ र शक्तिले उहाँलाई प्रेम गर भनी भन्नुभयो। त्योभन्दा सम्पूर्णता अरू केही हुनै सक्दैन।

यस बारेमा विचार गर्नुहोस्:

के तपाईंले आफ्नो चङ्गाइलाई लिएर परमेश्वरमा भरोसा गर्नु हुनेछ?

यसको लागि प्रार्थना गर्नुहोस्:

के तपाईं उहाँसँग हरेक दिन अलि-अलि गर्दै पूर्ण रूपमा तपाईंलाई पुनस्थापना गरिदिनभएको होस् भनेर प्रार्थना गर्नुहुने छ?

दिन 2

यस योजनाको बारेमा

पुनस्थापनालाई रोज्नु

हामी अरू बढी येशुजस्तै हुँदै जाऔं भनेर परमेश्वरको आत्मा हाम्रो नवीकरण र रूपान्तरणमा एकदम सक्रिय हुनुहुन्छ। पुनस्थापना यस नवीकरणीय कार्यको एउटा भाग हो र यो ख्रीष्टियान जीवनको एउटा महत्त्वपूर्ण भाग हो। यस बिना, हामीले आफ्ना पुरानो चालढाल, सोचाइ, आदत र स्वभावहरूबाट स्वतन्त्र हुन सक्ने छैनौँ। यस बाइबल योजनाले तपाईंलाई पुन: स्थापनाको दीर्घ यात्राको पहिलो कदमहरूमा लैजान मदत गर्ने छ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/christinegershom/