पुनस्थापनालाई रोज्नुSample
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F1280x720.jpg&w=3840&q=75)
पुनस्थापनाको काम परमेश्वरको हो- तर पनि हामी यसमा सक्रियतापूर्वक सहभागी हुनुपर्छ
धेरै चोटि हामी यो ठान्छौँ कि हाम्रो आफ्नै जीवनमा हामीले नै पुनस्थापनाको कामको पहल गर्नुपर्छ र यसलाई अगाडि बढाउनुपर्छ। आत्म-हेरविचार र चङ्गाइका त्यहाँ धेरै किसिमका उपायहरू र तरिकाहरू छन् जुन दुर्भाग्यवश लामो समयसम्म जाँदैनन्। परमेश्वर नै हुनुहुन्छ जसले पुनस्थपना गर्नु हुन्छ र जब वहाँ यो काम गर्नुहुन्छ यसले हाम्रो भलाइको निम्ति कयौं तरिकाहरूमा हाम्रो जीवनलाई रूपान्तरण गरिदिन्छ। यद्यपि परमेश्वरले हामीलाई पुनस्थापित गर्नको लागि, हामीले हाम्रो भूमिका विश्वासयोग्य भएर खेल्नुपर्छ जसका लागि हामीले निम्ति लिखित तीन वटा कुराहरू गर्नु पर्नेछ:
१. येशु हाम्रो गोठालो हुनुहुन्छ भनेर मानी लिनुहोस्
एउटा गोठालोलाई आफ्नो भेडाको लागि कहाँको घाँस असल छ भनेर थाहा भएजस्तै, येशुले हामीलाई एकदमै वास्ता र माया गरेर अगुवाइ गर्नुहुन्छ। गोठालोले आफ्नो लहुरो र लाठोले जङ्गली जनावरहरूबाट आफ्नो भेडाको सुरक्षा गर्छ। शैतान र त्यसका सेनाहरूले हामीलाई आक्रमण गर्दा येशु हाम्रो प्रचण्ड रक्षक हुनुहुन्छ। हाम्रा व्यक्तिगत आवश्यकताहरूका आधारमा हामीलाई साँचो रूपमा तृप्त गर्न, हरेक क्षेत्रमा हामीलाई अगुवाइ गर्न र खतराबाट बचाउन कसैले पनि सक्दैन। येशु मात्र एक असल गोठालो हुनुहुन्छ।
२. पिताको प्रेममा विश्राम खोज्नुहोस्
प्यासन संस्करणमा भजनसंग्रह २३ को २ पदले भन्छ, “उहाँको भव्य प्रेममा उहाँले मलाई एउटा विश्राम स्थल दिनुहुन्छ...”
हाम्रो लागि परमेश्वरको प्रेममा विश्राम गर्नु एकदमै अत्यावश्यक छ किनभने कहिलेकाहीँ तपाईंको यात्रामा जीवनले बतास सहनुपर्छ वा यसले तपाईंलाई भुइँमा पछार्छ। यदि तपाईं प्रतिको असल परमेश्वरको प्रेमलाई तपाईंले निरन्तर सम्झना गरिरहनु भएन भने, तपाईंले आफैलाई दुखमा वा निराशामा डुबेको पाउन सक्नुहुन्छ।
३. पवित्र आत्माको निरन्तरको अभिषेकलाई अनुभव गर्नुहोस्
प्यासन संस्करणमा ५ पदले भन्छ, “मेरा शत्रुहरूले मसँग लडाइँ गर्ने आँट गरे तापनि तपाईं मेरो मिष्टान्न भोज बन्नुहोस्। तपाईंको पवित्र आत्माको सुवासनाका साथ तपाईंले मलाई अभिषेक गर्नुहोस्; मेरो कचौरा भरेर नपोखुञ्जेल तपाईंले मलाई पिउन दिनुहोस्।”
पवित्र आत्माले नभरिकन नै हामीले व्यक्तिगत पुनस्थापनालाई महसुस गर्ने छैनौँ। उहाँले तपाईंलाई यति गहिराइसम्म निको हुनमा मदत गर्नु हुनेछ कि त्यस हदसम्म निको हुन आवश्यक थियो भन्ने तपाईंलाई महसुस समेत गर्नुभएको थिएन। उहाँले तपाईंलाई तपाईं जहाँसुकै गए तापनि ख्रीष्टको सुवासना फैलाउने कारक बनाउनुहुनेछ र तपाईं अब पराजय, उद्देश्यविहीनता, तिरस्कार वा तिक्तताको दुर्गन्ध बोकेर हिँड्नु पर्ने छैन!
यस बारेमा विचार गर्नुहोस्:
तपाईंको उद्धार, अगुवाइ र भरणपोषणको लागि तपाईंले कसतिर हेर्नुभएको छ? के तिनीहरूले तपाईंका सबै आवश्यकताहरू पूरा गर्न सकेका छन्?
यसको लागि प्रार्थना गर्नुहोस्:
येशुलाई तपाईंको असल गोठालो हुन विन्ती गर्नुहोस्, तपाईं प्रतिको पिताको प्रेममा आफैलाई विश्राम गराउनुहोस् र तपाईंलाई ताजा अभिषेक गरिदिन पवित्र आत्मासँगआग्रह गर्नुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F1280x720.jpg&w=3840&q=75)
हामी अरू बढी येशुजस्तै हुँदै जाऔं भनेर परमेश्वरको आत्मा हाम्रो नवीकरण र रूपान्तरणमा एकदम सक्रिय हुनुहुन्छ। पुनस्थापना यस नवीकरणीय कार्यको एउटा भाग हो र यो ख्रीष्टियान जीवनको एउटा महत्त्वपूर्ण भाग हो। यस बिना, हामीले आफ्ना पुरानो चालढाल, सोचाइ, आदत र स्वभावहरूबाट स्वतन्त्र हुन सक्ने छैनौँ। यस बाइबल योजनाले तपाईंलाई पुन: स्थापनाको दीर्घ यात्राको पहिलो कदमहरूमा लैजान मदत गर्ने छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/christinegershom/
Related Plans
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)