केवल येशुSample
![केवल येशु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38505%2F1280x720.jpg&w=3840&q=75)
केवल येशु – पापीहरूका मित्र
येशु सबैका मित्र हुनुहुन्थ्यो जसमा अधिकांश समाजमा अपहेलित र बहिस्कार गरिएकाहरू थिए। यो यस्तो थियो कि उनीहरूलाई चिन्न उहाँ आफैं ती व्यक्तिहरूलाई खोज्दै जानुभयो। आफैंलाई उनीहरूका घरमा निमन्त्रणा दिन लगाएर वा उनीहरू अधिकांश घुलमिल हुने ठाउँमा भेट्न जानुभएर र उनीहरू सित खान वा भलाकुसारी गर्नमा समय बिताउनुभएर उहाँले चिनजानको काम गर्नुभयो। आफूसँग विचार मिल्ने वा उहाँसित सँगै फेला पर्दा पनि सुरक्षित हुने व्यक्तिहरू सँग मात्र येशु घुलमिल हुनु भएन। उहाँ जो सित जोडिनुभयो त्यस सित सीमा भन्दा पर आफ्नो सम्बन्ध बढाउने काम पनि गर्नुभयो। उहाँ पापीहरूको घनिष्ट मित्र हुन आउनुभयो। आजको खण्डको तीन फरक भेटघाटको कथामा हामी अवलोकन गर्न सक्छौं कि येशुले टाढिएका र अपहेलित वर्गहरूलाई प्रेम र आफू तिर आकर्षित गर्दै आफ्नो पक्षमा ल्याउनुभयो। एउटा मीठो व्यंग के छ भन्दा रोमी ३:२३ अनुसार हामी सबै पापी छौँ र त्यसैकारण हामी सबै कुनै अपवाद बिना ख्रीष्ट सँगको मित्रताको भागेदार हुन सक्छौं।
जब उहाँले एक वेश्यावृतिमा पक्रिएकी स्त्रीलाई भेट्नुभयो उहाँको प्रतिक्रिया एकदमै अद्वितीय थियो। उहाँले त्यस स्त्रीलाई प्रश्न गर्नुको साटो दोष लगाउनेहरूतर्फ ध्यान दिनुभएर भन्नुभयो, “तिमीहरू मध्य जो पापी छैनौँ, उसैले पहिला ढुङ्गाले हानोस्।” एक्लै उभिएकी त्यस स्त्रीलाई हेर्नु अघि उहाँले तिनीहरूलाई केही बेर सोच्ने समय दिनुभयो र उहाँले एक जीवनलाई परिवर्तन गर्ने वाक्यांश बोल्नुभयो। “म पनि तिमीलाई ढुङ्गाले हान्दिन; जाउ र फेरी पाप नगर।” के यो जान्नुमा उदेकलाग्दो छैन कि येशु त्यस स्त्री प्रति मात्र नभएर उसलाई दोष्याउनेहरू प्रति पनि दोष लगाउने हुनुहुन्थेन| केवल येशुसँग त्यो नैतिक स्तर सम्भावित थियो कि उहाँले सबैलाई दोषी ठहराउन सक्नुहुन्थ्यो यद्यपि उहाँले गर्नुभएन। येशुले मात्र कसैलाई यति सहज र नम्रतापूर्वक दोषी ठहराउन सक्नुहुन्छ।
यूहन्ना ९ मा येशुले एक जना अन्धा जन्मेको मानिसलाई निको पार्नुभयो र निको भएपछि यहूदीहरूले त्यो मानिस र उसको आमाबाबुलाई सोधपुछ गर्ने निर्णय गरे किनभने तिनीहरू विश्वास गर्थे कि मानिसको अन्धोपन उसको वा उसको आमाबाबुको जीवनमा पापको कारण थियो। तिनीहरूले विश्वास गरेनन् कि एक "पापी" परमेश्वरद्वारा सुनिनुहुनेछ। येशुले आफ्ना अनुयायीहरूले समेत राखेका गलत विचारलाई यो पापको परिणामको रूपमा होइन तर उसको जीवनमा परमेश्वरको महिमा प्रकट होस् भनेर यसो भएको भन्दै सच्याउनुहुन्छ। त्यो दिन चेलाहरूको दृष्टिकोणमा कस्तो परिवर्तन भएको होला। अरूको सङ्घर्ष र असफलतालाई हामीले कसरी हेर्ने दृष्टिकोणमा पनि यो हाम्रो लागि परिप्रेक्ष्य परिवर्तन हुनुपर्छ। एक व्यक्तिको कथा वा पृष्ठभूमि थाहा नभएमा हामीले कठोर निर्णयहरूबाट जोगिनै पर्छ। यसपछिको असर के हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि येशुले अन्धो मानिसलाई उदार दया देखाउनुभयो।
लूका १९ मा येशु यरीहो सहरमा प्रवेश गर्नुहुन्छ र एउटा अन्जीरको रूखमा हेर्नुहुन्छ र एउटा पुड्कोकर उठाउनेलाई नाम लिएर बोलाउनुहुन्छ र आफैलाई उसको घरमा निम्तो दिनुहुन्छ। त्यो साँझजखायसले येशुलाई स्वागत गर्दा त्यहाँ उपस्थित मानिसहरूको बीचमा उभिए र मानिसहरूबाट आफूले ल्याएको भन्दा ४ गुणा फिर्ता गर्ने वाचा गरे। येशुले उहाँलाई यस प्रकारको हृदय परिवर्तन उत्पन्न गर्ने बारे हामीलाई थाहा भएको कुनै कुरा भनेका थिएनन्। हामीलाई थाहा छ कि येशुले एउटा पुड्को मानिसलाई देख्नुभयो जसले उहाँलाई रूखको हाँगाबाट उत्सुकतापूर्वक हेरिरहेको थियो र उहाँसँग सम्बन्ध बनाउन आफ्नो घरमा प्रवेश गर्नुभयो। यही साँचो चासो थियो जुन येशुले उहाँमा लिनुभयो जसले जखायसलाई पश्चात्तापमा घुँडा टेकायो।
आजसोच्नुहोस् कि तपाईँ कसैलाई बिना न्याय कसरी प्रेम गर्न सक्नुहुन्छ,साँचो दया कसरी देखाउन सक्नुहुन्छ र तपाईँले भर्खरै भेटेको व्यक्तिलाई चिन्नको लागि कसरी समय लिनुहुन्छ। तपाईँ तिनीहरूका लागि येशुको अनुहार मात्र हुन सक्नुहुन्छ।
प्रार्थना:
प्रिय प्रभु,हामी प्रार्थना गर्छौं कि तपाईँले हामीलाई पापीहरूको साथी बन्न मद्दत गर्नुहोस्, हामी जस्तै पापीहरू। म प्रार्थना गर्दछु कि तपाईँले हामीलाई हाम्रो मार्गमा कदम टेक्ने जो कोहिलाई पनि येशुको अनुहार झल्काउन मद्दत गर्नुहुन्छ। हामी तपाईँलाई प्रेम गर्छौं र हामी तपाईँलाई धन्यवाद दिन्छौं। येशुको नाममा,आमेन।
यस योजनाको बारेमा
![केवल येशु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38505%2F1280x720.jpg&w=3840&q=75)
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)