केवल येशुनमूना
केवल येशु – दुष्टता माथि विजयता
हामी पृथ्वीका बासिन्दाहरूको रूपमा लगभग नियमित आधारमा खराबीको सामना गर्छौं। तत्काल सन्तुष्टि दिने कुरा छनौट गर्ने,अनैतिक बाटो रोज्ने,मानिसहरूको दुरुपयोग गर्ने र लोभमा पर्न हामी प्रलोभनमा परेका छौँ। येशुको जीवनलाई हेर्दा हामीले महसुस गर्छौं कि उहाँ पूर्ण परमेश्वर हुनुहुन्थ्यो साथै उहाँ पूर्ण मानिस हुनुहुन्थ्यो र तापनि उहाँले प्रलोभनलाई जित्न सक्नुभयो,आँखामा खराबीको सामना गर्न सक्नुभयो र यसलाई नियन्त्रणमा लिई लात हाल्न सक्नुभयो। त्यसकारण,हामीसँग छनौटको वरदान भएको हुनालेहामीसँग खराबीमा हार मान्ने र यसलाई हामीलाई तल झार्ने कुनै बहाना छैन।हामी दुष्टलाई जित्ने छनौट गर्न सक्छौं वा हामी यसप्रति आत्मसमर्पण गर्न छनौट गर्न सक्छौं।आजको खण्डमा,हामी उजाडस्थानमा शैतानद्वारा येशुको प्रलोभनलाई हेर्छौं। मरुभूमिको चर्को गर्मीमा उपवास र प्रार्थना गरिरहनुभएको येशुलाई शैतानले घेरेको छ। जब उहाँ थकित र गलेको अवस्थामा हुनुहुन्छ तब प्रलोभन उहाँकहाँ आउँछ र भोकको शारीरिक आवश्यकतालाई सम्बोधन गरेर उहाँलाई परीक्षा गर्न थाल्छ । तिनले येशुलाई ढुङ्गालाई रोटीमा परिणत गर्न आग्रह गरे जसको जवाफ येशुले व्यवस्थालाई उद्धृत गरेर दिनुभयो: “जीवित रहन रोटीभन्दा पनि धेरै कुरा चाहिन्छ। यसका लागि परमेश्वरको मुखबाट वचनहरूको एक स्थिर खोलो चाहिन्छ।" खोलोको बारेमा तथ्य यस्तो छ कि कुनै पनि अन्य जल स्रोत भन्दा यो आफ्नो वरिपरिको वातावरण सित घनिष्ठ रूपमा जोडिन्छ जसको मतलब यो हो कि जब हामी परमेश्वरको वचनमा प्रवेश गर्ने छनौट गर्छौं हामी स्वयं परमेश्वरसँग घनिष्ट रूपमा जोडिन्छौं। यदि हाम्रो हृदय र ओठमा परमेश्वरको वचन छैन भने हामी शत्रुको विरुद्धमा गोला बारुदको आशा गर्न सक्दैनौं। शत्रुसँग कसरी लड्ने भनेर येशुलाई राम्ररी थाहा थियो किनभने उहाँले परमेश्वरको वचनलाई राम्ररी जान्नुभएको थियो |
शैतानले गरेको दोस्रो कुरा भनेको उसको फाइदाको लागि परमेश्वरको वचनलाई बदल्नु थियो। उसले भजन ९१ उद्धृत गर्दै येशुलाई अग्लो चट्टानबाट हाम फाल्न भन्यो किनभने परमेश्वरको वचनले उहाँका स्वर्गदूतहरूलाई उहाँमाथि जिम्मेवारी दिनेछ भनी प्रतिज्ञा गर्नुभयो। शैतानलाई प्रभुको परीक्षा नगर्न आग्रह गर्दा येशुको जवाफ कुरूप देखिन्छ। जब चीजहरू योजना अनुसार चल्दैनन् वा जब अप्रत्याशित हुन्छ, धेरै पटक परमेश्वरलाई प्रश्न गर्ने परीक्षा आइपर्दछ । जब हामी बुझ्न गाह्रो चीजहरूसँग कुस्ती गर्न सक्छौं,त्यहाँ एक समय आउँछ जब हामीले हाम्रो जीवनको किन र कसरी जस्ता प्रश्नहरू बुझ्दैनौं भने पनि हामीले परमेश्वरमा पूर्ण भरोसा गर्नुपर्छ। शैतानले गरेको तेस्रो कुरा भनेको येशुलाई संसारका राज्यहरू र तिनीहरूको महिमा देखाउँदै यदि उहाँ घोप्टो परेर उसलाई आराधना गर्नुहुन्छ भने उसले उहाँलाई सबै थोक दिनेछ। येशुले शैतानलाई हप्काउनुहुन्छ र व्यवस्थाको पद उद्धृत गर्नुहुन्छ "तिमीले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।" हामीले कसलाई र केको आराधना गर्छौं भन्ने कुराले फरक पार्छ किनभने त्यही कुराको हामी सेवा गर्छौँ चाहे त्यो हाम्रो सम्पत्ति होस्,हाम्रो जीवनचर्या होस्,हाम्रो परिवार वा हाम्रो सेवकाई होस्। हाम्रो जीवनमा परमेश्वरको स्थान लिने कुनै पनि कुरा एक मूर्ति हो र अनिवार्य रूपमा एक मूर्तिले हामीलाई परमेश्वरबाट टाढा लैजान्छ। येशुले जस्तै प्रलोभनलाई जित्नको लागिहामीले आज र हाम्रो जीवनको हरेक दिन कसको आराधना गर्ने र सेवा गर्ने छनौट गर्नुपर्छ।
प्रार्थना:
प्रिय प्रभु,हामीलाई खराबीले जित्ने होइन तर असलले खराबीलाई जित्न मद्दत चाहन्छौं। हामीलाई तपाईँको मात्र आराधना गर्न,तपाईँको वचनलाई राम्रोसँग जान्न र तपाईँलाई सबै कुरामा भरोसा गर्न मद्दत गर्नुहोस्। येशुको नाममा। आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/