YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

केवल येशुSample

केवल येशु

दिन 2 को 9

केवल येशु – एक विश्वासयोग्य व्यक्ति

के तपाईँलाई यस्तो कुनै प्रतिज्ञाको अनुभव छ जुन तपाईँलाई गरिएको थियो तर पूर्ति गरिएन ? अथवा, तपाईँले अरु सित केही प्रतिज्ञा गर्नुभयो र सक्दो प्रयास गर्दा पनि परिस्थितिले नै साथ नदिँदा तपाईँले मानिसहरूलाई निराश तुल्याउनुभयो? यी जुनसुकै अवस्थामा पनि प्रतिज्ञा पूर्ति हुन पर्ने कुरा थियो र एक मानिस भएकोमा जतिसुकै कोसिस बाबजुद पनि हामीले वाचा गरेका कुरा पूरा गर्न असफल हुन्छौं। अर्को पट्टि, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। येशुलाई एक विश्वासयोग्य व्यक्तिको नजरले बुझ्न उहाँको पितालाई हामीले नजिकिएर नियाल्न आवश्यक छ जो समस्त विश्वासयोग्यताको स्रोत हुनुहुन्छ। विश्वासयोग्यताको हिब्रू शब्द “इमुनाह” हो जसको अर्थ स्थिर,अपरिवर्तनशील र अडिग हुँदछ।यदि परमेश्वरको यस्तो कुनै गुण छ जसले उहाँलाई अन्य आराध्य देवताहरूभन्दा अलग तुल्याउँदछ भने त्यो हो – विश्वासयोग्यता।

आफ्नो वचनमा उहाँ विश्वासयोग्य हुनुहुन्छ। आफ्ना मानिसहरूप्रति उहाँ विश्वासयोग्य हुनुहुन्छ | उहाँलाई पछ्याउन रोज्नेहरूप्रति उहाँ विश्वासयोग्य हुनुहुन्छ। यही हो हाम्रो परमेश्वर।

यदि तपाईँ परमेश्वरको विश्वासयोग्यतामाथि शङ्का गर्नुहुन्छ भने – आफ्नो वरपर हेर्नुहोस् र आफैंलाई हेर्नुहोस्। हामी विनाश हुन बाट जोगिरहनु उहाँकै विश्वासयोग्यताले गर्दा हो।

आजको पाठको लागि बाइबलको खण्डले येशुको रूप परिवर्तन व्याख्या गर्दछ। यस घटनाले येशुको मृत्यु र पुनरुत्थानसम्म पुर्याउन ठूलो भूमिका खेल्यो किनकि यो येशुको पहिचान, येशुको व्यवस्था र अगमवक्ताहरूको पूर्ति र आफ्नो वचन प्रति परमेश्वरको विश्वासयोग्यताको प्रमाण हो।

जब हामी उत्पत्ति देखि मलाकीसम्मको बाइबलीय कथाहरू अवलोकन गर्दछौँ, हामीले त्यहाँ एक दोहोरिएको चक्र पाउँदछौँ। यो चक्र यस्तो देखिन्छ – एक विश्वासयोग्य परमेश्वर जसले आफ्ना मानिसहरूलाई जिउनका लागि व्यवस्था दिनुहुन्छ, अविश्वासी मानिसहरू जो परमेश्वरको विद्रोह गर्दछन्, आत्मघाती परिणामहरू, दुख, पश्चातापको चिच्याहट, कृपामा परमेश्वरको प्रतिक्रिया र आफ्ना मानिसहरूको पुनर्स्थापना। मानिसको अस्थिरता र पापमय स्वभावको बीचमा परमेश्वर विश्वासयोग्य रहनुभयो। पुरानो करार भरि बाइबलमा येशु बारे करिब ५५ अगमवाणीहरू छन्। उहाँको जीवन,उहाँको जन्म,उहाँको युवावस्था, उहाँको कार्य, उहाँको राज्य बारे इत्यादि। येशुबारे एउटा आश्चर्यजनक कुरा यही छ कि यी अगमवाणीहरू एउटा वा दुई ओटा होइन तर सबै नै पूरा भए। आफ्नो बोलिएको वचनमा हाम्रो पिता परमेश्वर प्रतिज्ञा पूरा गर्नुहुने व्यक्ति हुनुहुन्छ। उहाँले एक मसीहा पठाउने प्रतिज्ञा गर्नुभयो र उहाँले हामीलाई चिप्लन दिनुभएन। यस भन्दा पनि बढी के छ भन्दा,उहाँले आफ्नै पुत्र हामीलाई बचाउन र उहाँमा हामीलाई पुनर्स्थापना गर्न पठाउनुभयो। केवल परमेश्वरले मात्र हाम्रो बारेमा यति गहिरो ख्याल राख्न सक्नुहुन्छ कि सम्पूर्ण मानवतालाई उहाँको परिवारमा ग्रहण गर्नको लागि यदि आफ्नो एक पुत्रको बलिदान नै गर्न परे पनि उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।

प्रार्थना:

प्रिय प्रभु,हामी प्रार्थना गर्दछौँ कि हामीले हाम्रो आत्माको हरेक परिवेशमा तपाईँको विश्वासयोग्यतालाई सम्झनेछौँ। तपाईँले हाम्रो लागि गर्नुभएका सबै कुरालाई हामी बिर्सन नसकौंला र अगाडि हुने सबै कुराको लागि तपाईँमा भरोसा गर्न सकौँला। म तपाईँलाई प्रेम गर्छु पिता कारणतपाईँको विश्वासयोग्यताको लागि जुन सबै पुस्तासम्म रहन्छ।

येशुको नाममा। आमेन।

धर्मशास्त्र

Day 1Day 3

यस योजनाको बारेमा

केवल येशु

गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/