प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो नमूना
धन्य हुन् शोक गर्नेहरू
शोकगर्नेहरूलाई सान्त्वना दिइनेछ भनेर प्रतिज्ञा गरिएको छ।
हामी सबैले दुःखको अनुभव गर्छौँ। यो निश्चित छ किनकि हामी पतित संसारमा जिउँदछौँ। इतिहासको यस समयमा शोकलाई व्याख्या गर्ने र सायद यसलाई पूर्ण रूपमा बेवास्ता गर्ने सामान्य कुरो हो। सामाजिक सञ्जाल,अनलाइन किनमेल र खाना जस्ता अवरोधहरूबाट यो सम्भव छ कि हामीले शोकलाई छुट दिन सक्छौँ र यो अस्तित्वमा छैन भनेर बहाना गर्न सक्छौँ। यो प्रसन्नताले मलाई महसुस गराउँछ कि परमेश्वरले हामी निदाएको वा हाम्रो पीडालाई कार्पेट मुनि धकेलेको चाहनुहुन्न। उहाँ हामीले शोक गरेको चाहनुहुन्छ जुन केही भारी-कर्तव्यको शोक हो! के तपाईंले त्यो टुटेको सम्बन्ध,वा एक शब्द नबोली घर छोडेको बच्चा,वा तपाईंको त्यस्तो आर्थिक अवस्था जुन मर्मत बाहिर छ वा तपाईंले भोग्नु भएको दुर्व्यवहारको लागि शोक गर्नुभएको छ?
योप्रसन्नताले हामीलाई आश्वस्त पार्छ कि शोक गर्नु आवश्यक छ किनकि यो खाली कानमा पर्ने शोक होइनतर यो हाम्रो परमेश्वरलेसुन्नुभएकोछ र उहाँले हामीलाई सान्त्वना दिने वाचा गर्नुहुन्छ।
परमेश्वरले हाम्रो शोक,हाम्रा प्रश्नहरू र हाम्रो क्रोधलाई पनि सम्हाल्न सक्नुहुन्छ। यदि हामीले यसलाई अनुमति दियौँ भने निराशाको ती अँध्यारो क्षणहरूमा उहाँले हामीलाई उहाँको नजिक तान्नुहुन्छ ।
परमेश्वरले दिनुहुने सान्त्वनाको सुन्दरता यो हो कि हाम्रो शोकले हामीलाई अब परिभाषित गर्दैन तर हामीलाई उहाँको इच्छा अनुसारको व्यक्तिमा आकार दिन्छ!
आफ्नो लागि शोक गर्नु महत्त्वपूर्ण छ तर हामीले आफूलाई हाम्रो वरपरका आवश्यकताहरूको लागि महसुस गर्न पनि अनुमति दिनुपर्छ। बाइबलले उल्लेख गर्छ कि त्यहाँ धेरै उदाहरणहरू छन् जब राष्ट्र वा यसका अगमवक्ताहरूले आफ्ना धेरै पापहरू र दुष्टताहरूका खातिर शोक गरेका छन्। हामी भ्रष्टाचार,घृणा र दुष्टताले भरिएको संसारमा जिइरहेका छौँ। प्रभुलाई प्रेम गर्नेहरूको रूपमा हामीले हाम्रो संसारका समस्याहरूको लागि महसुस गर्नुपर्छ र यसले हामीलाई छोएको छैन भन्दैमा सन्तुष्ट हुन छोड्नु पर्छ । यदि हामी ख्रीष्टजस्तै बन्न चाहन्छौं भने हामीले पीडामा रुन र तिनीहरूको पीडालाई सम्बोधन गर्न हामीले के गर्न सक्छौँ त्यो गर्न सक्न पर्छ।
के तपाईं आज परमेश्वरलाई आफ्नो घाउ खोल्नको लागि समय लिनुहुन्छ - सान्त्वनाको परमेश्वरको लागि कुनै पनि कुरा धेरै गडबडी,वा धेरै जटिल वा धेरै असहज छैन। के तपाईं आफूलाई वरपरका मानिसहरू र आवश्यकताहरू महसुस गर्न अनुमति दिनुहुन्छ?तपाईं मात्र कसैको प्रार्थनाको जवाफ हुन सक्नुहुन्छ।
उद्धरण:सान्त्वनाको परमेश्वरको लागि कुनै पनि कुरा धेरै गडबडी,वा धेरै जटिल वा धेरै असहज छैन।
धर्मशास्त्र
यस योजनाको बारेमा
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/