YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो Sample

प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो

दिन 10 को 10

नुनिलो र चहकिलो

मानिसहरूलाई नुन र संसारको ज्योति बन्न आग्रह गर्नुहुने येशुको यो गहिरो कथनभन्दा अगावै किन प्रसन्नताहरू छन्?उहाँ संसारको ज्योति होइन र?उहाँले हामीबाट ठ्याक्कै के आशा गर्नुहुन्छ?

येशुले यस उपदेशको साथ प्रसन्नतामा आफ्नो शिक्षा समाप्त गर्नुको कारण यो हो कि हाम्रो क्रिश्चियन जीवन एकान्तमा हिँडिएको छैन न त प्रतिज्ञा गरिएको धन्य जीवन सबै हाम्रो लागि हो। हामीले अरूलाई आशिष दिनको लागि आशिष पाएका छौँ। हामीले यो गर्ने तरिका भनेको नुन र ज्योति हुनु हो। नुन र ज्योति दुबै हाम्रो अस्तित्वको अत्यावश्यक तत्त्व हुन्,तर फरक यति मात्र हो कि एउटा अदृश्य छ र अर्को अति दृश्यात्मक छ। तपाईं हालको परिस्थितिमा निर्भर गर्दै,तपाईं कि नुन वा ज्योति हुनुहुन्छ। निद्रा बिनाका रातहरू र अनन्त लुगा धुने नयाँ आमाहरूसँग परमेश्वरको सेवा गर्ने दृश्यता वा प्लेटफर्म नहुन सक्छ। तिनीहरू आफ्नो घरको अन्धकारमा आफ्नो पति र छोराछोरीको जीवनलाई आत्मसात गरेर आफ्नो स्थिर सेवा र भरोसाको साथ सेवा गर्छन्। यदि त्यो नुनिलो छैन भने,मलाई थाहा छैन के हो। उच्च-पहिचानका सीईओहरू वा उद्यमीहरूसँग उनीहरूलाई हेर्ने वा उनीहरूसँग काम गर्ने अरूहरूका लागि ज्योति हुन तयार प्लेटफर्म र दृश्यता हुन सक्छ। त्यहाँ उज्यालो छ। यी उदाहरणहरू परिपूर्णबाट टाढा छन्,तर तपाईंले भाव पाउनुभयो। तपाईँ नुन र ज्योति दुवै हुनुहुन्छ। तपाईंसँग फेसबुकमा हजारौं फलोअरहरू नहुन सक्छन् तर तपाईंलाई पछ्याउने थोरैहरूका लागितपाईं आफ्नै ईश्वरद्वारा डिजाइन गरिएको तरिकामा प्रभावकारी हुनुहुन्छ। तपाईं वाक्पट्टि नहुन सक्नुहुन्छ,तर तपाईं दयालु हुन सक्नुहुन्छ र यसले हजार शब्दहरू बोल्छ। के तपाईँ भीडमा अदृश्य महसुस गर्नुहुन्छ?अदृश्‍य सँगीसँग किन कुरा नगर्ने र अनि तिनीहरूलाई प्रेम र सरोकारको महसुस नगराउने?के तपाईं आफ्नो सामाजिक वृतमा लोकप्रिय हुनुहुन्छ?किन त्यो ठूलो भलाइको लागि प्रयोग नगर्ने?

चाखलाग्दो कुरा के छ भनेजीवन अप्रत्याशित भएकोलेहाम्रा परिवेशहरू परिवर्तन हुन्छन्र जब हाम्रा प्लेटफर्महरू कमजोर हुन थाल्छन् वा हाम्रो दृष्टि धमिलिन थाल्छ, ख्रीष्टका अनुयायीहरूको रूपमा हाम्रो प्रभावलाई यसले कम गर्दैन। हामी जुन संसारमा छौँ त्यसको लागि हामी आवश्यक हौं। जसरी नुन बिना खाना स्वादहीन हुन्छ र कोठा ज्योति बिना अँध्यारो हुन्छ,त्यसरी नै हामी प्रभावको लागि सिर्जना गरिएको हो! तपाईंको केहि औचित्य छ !

तपाईंले विगत १० दिनमा पढ्नुभएको सबै कुरामा ध्यान दिँदा तपाईंको उद्देश्य देखाउनको लागि परमेश्वरलाई सोध्नुहोस्। उहाँलाई सोध्नुहोस् कि तपाईँ किन सृष्टि गरिनुभयो र तपाईँले अरूलाई कसरी आशिष दिन सक्नुहुन्छ ताकि यसले दिगो छाप छोड्न सकोस्?

उद्धरण:ख्रीष्टका अनुयायीहरूको रूपमा हाम्रो प्रभाव कहिल्यै कम हुँदैन।

धर्मशास्त्र

Day 9

यस योजनाको बारेमा

प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो

क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/