प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो Sample

धन्य हुन् शुद्ध हुनेहरू
यदि तपाईं भीडभाड भएको महानगरमा बस्नुहुन्छ र हरेक बिहान पीक ट्राफिकको माध्यमबाट ड्राइभ गर्नु पर्छ भने तपाईंलाई थाहा छ कि शुद्ध रहन कत्ति गाह्रो छ। अनन्त ट्राफिक रोक र हामीलाई सडकमा उच्छिन्ने मानिसहरूको निरपेक्ष साहस हाम्रो मुखबाट निस्कने केही परिपक्व,अधर्मी शब्दहरूको लागि पर्याप्त छ। हामीले बाइबलको परमेश्वरलाई जति धेरै बुझ्छौं,हामीले अनुभूत गर्दछौँ कि सिद्धता होइन तर शुद्धताको पछी उहाँ हुनुहुन्छ। यदि तपाईंले कहिल्यै सुनलाई कसरी शुद्ध पार्छ भनेर हेर्नुभएको छ भने,तपाईँले थाहा पाउनुहुनेछ कि धातुको शुद्धतम रूप उपलब्ध नभएसम्म यो प्रक्रिया कति लामो हुन्छ। शुद्धिकरण प्रक्रियाको प्रत्येक चरण लामो र तीव्र हुन्छ,तर धातुको शुद्धता प्रत्येक पछिल्ला चरणमा बढ्दै जान्छ। अन्तिम चरणमा राखिएको सुन ९९.९५ % शुद्ध हुन्छ । १००% होइन,के योअचम्मको कुरा होइन?कुरो यो हो कि हामी पनिसुन जस्तैप्रगतिमा काम गर्दछौँ। प्रत्येक दिन जुन हामी पृथ्वीमा बाँचिरहेका छौँ,हाम्रो शरीरमा जीवनको साथ हामी ख्रीष्टको प्रतिरूपमा नवीकरण हुँदैछौँ। हाम्रा परिस्थितिहरू,हाम्रा अप्ठ्याराहरू,हाम्रा खुसीहरू र हाम्रा दुःखहरू परिष्कृत आगो हुन् जसबाट हामीले राम्रो,बलियो र शुद्ध बन्नको लागि पार गर्नुपर्छ। हृदयमा शुद्ध भएकाहरू पवित्र आत्माको रूपान्तरण कार्यमा पूर्ण रूपमा समर्पित हुन्छन् र तिनीहरूले "परमेश्वरलाई देख्न" सक्छन् किनभने तिनीहरूले त्यो यात्रामा परमेश्वरलाई अनुभव गर्नेछन्।
के तपाईंले आज आफूलाई पवित्र आत्माको लागि खोल्नुहुनेछ र उहाँलाई तपाईंको हृदयको गहिरो भागहरूमा नि:शुल्क पहुँच दिनुहुनेछ ताकि उहाँले तपाईंमा नयाँ काम सुरु गर्न सक्नुभएको होऊँन्?
उद्धरण:हामीले बाइबलको परमेश्वरलाई जति धेरै बुझ्छौं,हामीले अनुभूत गर्दछौँ कि सिद्धता होइन तर शुद्धताको पछी उहाँ हुनुहुन्छ।
यस योजनाको बारेमा

क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/
Related Plans

पुनस्थापनालाई रोज्नु

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ग्रेसको गान (Anthem of Grace)

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
