प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो Sample

धन्य हुन् मेलमिलाप गराउनेहरू
शान्ति बनाउनेहरू दुर्लभ प्रजाति हुन्। तिनीहरू ती हुन् जसले झगडा र विभाजनको बीचमा शान्ति कायम गर्न र शान्ति स्थापना गर्न प्रयास गर्छन्। कहिलेकाहीँ चुपचाप बस्न र हाम्रो वरपरका समस्याहरूमा संलग्न हुन सजिलो हुन्छ। मेरो मतलब अरुको समस्यामा किन हस्तक्षेप गर्ने हैन र?येशुले भन्नुभएको छ कि शान्ति स्थापना गर्नेहरूलाई परमेश्वरका सन्तान भनिनेछन्,ठीकै हो किनभने परमेश्वरले येशुलाई मानिसलाई आफूसँग मिलाउन पठाउनुभयो। उहाँ सबैभन्दा ठूलो शान्ति निर्माता हुनुहुन्छ र उहाँका छोराछोरीहरूको रूपमा हाम्रो हृदयमा त्यसै गर्न बलियो संकल्प हुनुपर्छ। पावलले भने जस्तै हामीलाई मेलमिलापको सेवकाई दिइएको छ,जसको मतलब हामी मानिसहरूलाई परमेश्वरसँग मेलमिलाप गराउन सधैं तयार हुनुपर्छ। हाम्रो अर्को कार्य भनेको हामीले प्रवेश गर्ने ठाउँहरू र हामीले ओगटेका ठाउँहरूमा शान्ति कायम राख्नु हो। हामीले सम्बन्धहरूमा शान्तिलाई हाम्रो प्राथमिकता बनाउनुपर्छ ताकि त्यस प्रक्रियामा परमेश्वरलाई चिनाउन र महिमित गराउन सकियोस्।
परमेश्वरको बालकको रूपमा शान्ति बनाउने व्यक्ति बन्नु तपाईंको आत्मिक डी.एन.ए.हो। के तपाईं त्यो शक्तिशाली उद्देश्यको दायरामा हिंड्दै हुनुहुन्छ?
उद्धरण:परमेश्वर सबैभन्दा ठूलो शान्ति निर्माता हुनुहुन्छ र उहाँका छोराछोरीहरूको रूपमा हाम्रो हृदयमा त्यसै गर्न बलियो संकल्प हुनुपर्छ।
यस योजनाको बारेमा

क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/
Related Plans

पुनस्थापनालाई रोज्नु

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ग्रेसको गान (Anthem of Grace)

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
