YouVersion लोगो
खोज आइकन

लतमाथि विजय प्राप्त गर्नेनमूना

Overcoming Addiction

दिन 4 को 7

कोहि मानिस कसरी दुर्व्यसनमा पर्दछा ?

के तपाईले कहिल्यै "शर्कनादो" पहिलो, दोश्रो, वा दुवै देख्नुभएको छ ? हामी शार्कलाई पूरा एक हप्ता समर्पित गर्दछौं, जसले डिस्कभरी च्यानलको वर्षको उच्चतम रेटिंग प्राप्त गर्दछ। हाम्रो संस्कृति एक राम्रो शार्क कथा मनपर्छ। ती चलचित्रहरू र टिभी शोहरूको बारेमा हामीलाई सबैभन्दा बढी मोहित पार्ने कुरा भनेको सतहको तल अन्वेषण गर्नु र समुद्रको जटिल संसारमा शार्कहरू देख्नु हो।

त्यसैगरी विभिन्न माध्यमद्वारा लतालाई राम्रोसित बुझ्नकोलागी लातको जटिल संसारलाई बुझ्नको निम्ती हामीले तल्लो सतह सम्म पुग्न आबश्यक छ । धेरै मानिसहरूसोच्छन लत त्यत्ति धेरै गहिरो हुदैन भनेर, तर जसरी छलफल गर्यौ, लतको जरा धेरै गहिरो हुन्छ । जब हामी आफ्नो आबश्यक्ताकोलागी परमेश्‍वरबाहेक् अन्य बस्तुलाई पुज्न वा खोज्न लाग्छौ, ती चाहि लातहरूहुन् ।

ती आबश्यक्ताहरूके के हुन सक्छन ? सामान्यतया आवश्यकताहरू "तनाव" बाट उत्पन्न हुन्छन्। तनाव कुनै पनि घटना, व्यक्ति, परिस्थिति, विचार, वा भावना हो जुन तपाईंलाई तपाईंको सान्त्वना क्षेत्रबाट बाहिर लिन्छ।

केहि तनावहरूसकारात्मक हुन्छन, जस्तै, नया शैक्षिक सत्र, खेलकुद , वा रुची । यी परिवर्तनहरूअशल हुन्,, तर ती संगै अरु दवाब र अपेक्षाहरूआउछन

तर केहि नकारात्मक तनावहरूपनि हुनसक्छन , चिन्ता, उदासी, डिप्रेसन, साथीहरूको दबाब वा असुरक्षा। यी भावनाहरूले विभिन्न प्रकारका परिस्थितिहरूखडा गर्दछन ,सायद तपाईं आफ्नो आमाबाबु वा भाइबहिनीसँग घुलमिल हुनुहुन्न। सायद तपाइँले आफ्नो परीक्षामा राम्रो नतिजा ल्याउन सक्नुभएन , वा तपाईको केटा स्साथी वा केटी साथि संग्गको सम्बन्ध तोडियो

कहिले काही यी खराब तनावहरूगहिरीएर समय समय मा आइरहन्छन । यी कारण हुनसक्छन, गोलमाल , उद्देश्यमा कमी पहिचान बिहिन वा परमेश्‍वर प्रतिको अनिश्चितता ।

हामी परमेश्‍वरको स्वरुपमा सृष्टि गरिएका हौ , यसैकारण जसरी हाम्रा डिजाइनर परमेश्‍वरले हामीलाई बनाउनुभयो, हाम्रो तनावले लता तीर डोर्याउनु भन्दा त्यही अनुसारल हामीले परमेश्‍वर सित सम्झौता गर्ने पर्छ । परमेश् वरले हामीलाई यस्तो तरिकामा निर्माण गर्नुभएको छ कि हाम्रो परम सुख र राहत उहाँमा मात्र पाउन सकिन्छ । अन्य सबै समाधानहरू अस्थायी छन्, र धेरै अवस्थामा हामी पहिलो पटक सुरु गर्दा भन्दा खराब हुनेछौं।

यदी हामीले परमेश्‍वरलाई खोज्नुभन्दा अस्थायी समाधान खोज्यौभने हामी मुर्ती र लातको बिकास गर्नेछौ । अन्तमा, परमेश्‍वरले हाम्रो पीडाको सबैभन्दा उत्तम समाधान अर्थात् येशू ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थान प्रदान गर्नुभएको छ।

धर्मशास्त्र

दिन 3दिन 5

यस योजनाको बारेमा

Overcoming Addiction

कुनै लत छ वा कसैलाई चिन्न सक्छ? दुर्व्यसन यति सामान्य छन् कि वास्तवमा, हामी सबैसँग कम्तिमा १ वा २ लत वा दुर्व्यसन हुन्छन । यस शृङ्खलामा,ख्रिष्टियन मानसिक चिकित्सक डा. कार्ल बेन्जियोले परमेश्‍वरले कसरी हाम्रो दिमागलाई काम गर्न डिजाइन गर्नुभयो र दुर्व्यसनको कारण र लक्षणहरू खोलिदिनुभयो भन्ने बारे मनोवैज्ञानिक विज्ञानहरू प्रयोग गर्छन्, त्यसपछि परमेश्‍वरले बाइबलमा प्रकट गर्नुभएका उपचारलाई कसरी लागू गर्न सकिन्छ भनेर बुझ्न हामीलाई मदत गर्नुहुन्छ हाम्रो दिमागलाई नवीकरण गर्न र हाम्रो हृदयको लत मूर्तिहरूमाथि स्वतन्त्रता पाउन।

More

हामी वनहोप (http://onehope.net/) र लाइटहाउस नेटवर्कका संस्थापक र निर्देशक कार्ल बेन्जियोलाई यो योजना प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: http://lighthousenetwork.org/ वा यदि तपाईं वा प्रियजन लत वा मनोवैज्ञानिक समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ भने - वा केवल प्रश्नहरू छन् - कृपया ८४४ -लाइफ-चेन्ज ८४४-५४३- ३२४२ लाइटहाउस नेटवर्क २४/७ हेल्पलाइनमा कल गर्नुहोस्।

सम्बन्धित योजनाहरू