अनिश्चितताको समयमा निश्चिततानमूना

हामी सबैभित्र एउटा आगो छ, जुन प्रज्वलित हुन पर्खिरहेको छ । त्यो एक आगो हो जुन बढ्छ र तपाइँ वरपरका मानिसहरूमा फैलिन सक्छ, यदि तपाइँ यसको ज्वालालाई बलिरहने बनाइराख्नुुहुन्छ भने । यो आगो तपाईले महसुस गरिरहनुभएको अनिश्चितताभन्दा बलियो छ । योसँग अहिले तपाईलाई घेरिराखेको नकारात्मकतालाई हटाउने शक्ति छ ।
त्यो आगो, त्यो जोश, त्यो भित्री शक्ति जुन तपाईमा परमेश्वरले आफैंले भरिदिनुभएको थियो । तपाईलाई गर्न लगाइएको जेसुकै काम किन नहोस्, त्यो गर्ने जोश । विरोधको बाबजुद पनि दृढ रहन र शीर्ष स्थानमा आउनको लागि भित्री शक्ति ।
भोलि के हुने हो त्यो बारे म अनिश्चित हुन सक्छु, तर म निश्चित छु कि मैले आज ती कामहरु पूरा गर्न आवश्यक छ ।
म कसरी मेरो लक्ष्यहरूमा पुग्न जाँदैछु भन्ने बारे अनिश्चितता हुन सक्छ, तर म मेरो लक्ष्यहरू के हो भन्नेमा निश्चित छु ।
म कसरी सफल हुनेछु भन्नेमा अनिश्चित छु, तर म निश्चित छु कि म सफल हुनेछु ।
म यसमा ढुक्क छु ।
मेरो सोच बनेको छ ।
<मेरो परमेश्वरले मलाई मेरा सपनाहरू पूरा भएको हेर्नको लागि आवश्यक थोकहरू प्रदान गर्नुभएको छ । मेरो सृष्टिदेखि नै उहाँको निगाह माथि रहेको छ र उहाँको इच्छा हरेक पटक पूरा हुनेछ ।
म यसमा निश्चित छु ।
तपाई जे प्रतिकूल अवस्थाबाट गुज्रिरहनुभएको छ, त्यो प्रभुको निम्ति सुहाउँदो हुन सक्तैन । जस्तोसुकै पीडा, डर, निराशा, तनाव, चिन्ता वा अनिश्चितता किन नहोस्, येशू ख्रीष्टद्वारा ती निश्चित गरिएको छ ।
अनिश्चितताको समयमा पनि नडराउनुहोस् । निश्चित हुनुहोस् ।
डेभिड भिल्लासँग जोडिनका लागि, यहाँ क्लिक गर्नुहोस्
डेभिडको पोडकास्टको सदस्यता लिन, यहाँ क्लिक गर्नुहोस्
धर्मशास्त्र
यस योजनाको बारेमा

अनिश्चितताको बीचमा पनि परमेश्वर त निश्चित हुनुहुन्छ! डेभिड विल्लाको भर्खरको लेखबारे पढ्नुहोस्, किनकि उनले महान उद्देश्यमा पुग्नको निम्ति विगतको अनिश्चितता र नकारात्मकता कसरी वाधक हुन्छन् भनी ओैंल्याएका छन् ।.
More
सम्बन्धित भक्त्ति पाठहरू

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ग्रेसको गान (Anthem of Grace)
