YouVersion लोगो
खोज आइकन

अनिश्चितताको समयमा निश्चिततानमूना

Certainty In Times Of Uncertainty

दिन 3 को 5

हामी सधैं के भइरहनेछ भनेर निश्चित हुन सक्दैनौं । भविष्यले कसका निम्ति के ल्याउला भनेर भन्न सकिन्न । हामीले विगतमा थाहा पाएको कुराबाट अन्दाज वा अनुमान मात्र गर्न सक्छौं । हामी संकेतहरू देख्न र यसलाई पत्ता लगाउन प्रयास गर्न सक्छौं, तर भोलिका दिनमा कसका निम्ति के हुने हो कसैलाई थाहा छैन । आजका दिनमा के हुँदैछ सो मात्र हामीलाइ थाहा छ ।

र आजको दिन आजको लागि पर्याप्त छ ।

तपाईं आजका दिनसम्म पनि हरेक खराब परिस्थिति र अवरोधका साथ जिउनुभएको छ । तर तपाईं अपराजित हुनुहुन्छ । तपाईंले पहिले भोगेजस्तै कठिन अवस्थाहरू देख्नुभएको छ, र डरलाग्दा विरोधीहरूको सामना गर्नुभएको छ जसले तपाईंलाई केही क्षणका लागि पराजित गरेको जस्तो देखिन्छ, तथापि तपाईं विजयी हुनुभएको छ ।

अनिश्चितताको समयमा पनि हामी निश्चित हुने चाहाना राख्छौं ।

हामी हाम्रो परिस्थिति र अवस्थाहरुमा होइन तर हाम्रा परमेश्वरमा निश्चित छौं, जसले हाम्रा हरेक खाँचोहरु पूरा गर्नुहुन्छ र सुरक्षा गर्नुहुन्छ ।

अनिश्चयताकेही कुरा हो भन्ने दृढ विश्वास । भरपर्नसक्ने सत्य हुनुको गुण । एउटा त्यो तथ्य जुन निश्चित रूपमा सत्य हो अर्थात त्यो घटना जुन निश्चित रूपमा हुन गइरहेको छ ।

अनिश्चितताले भन्छ, "मलाई थाहा छैन मेरो भविष्य के हुनेछ ।"

निश्चितताले भन्छ, “मलाई थाहा छ मेरो भविष्य कसमाथि सुरक्षित छ! ।

ख्रीष्टबिना हुनु भनेको शान्तिबिना हुनु हो । अनिश्चित हुनु हो । प्रत्येक व्यक्तिभित्र एउटा अन्तस्करण हुन्छ, जुन साँच्चै खुसी हुनअघि सन्तुष्ट हुनुपर्छ । अन्तस्करणलाई शान्ति दिनसक्ने एउटै कुरा छ, र त्यो हो परमेश्वरसँगको सही सम्बन्धमा हुनु ।

तपाईं आफूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने कुराको लागि लड्नुहोस् । आफ्नो विश्वासको लागि लड्नुहोस् । आफ्नो परिवारको लागि लड्नुहोस् । आफ्नो जीवनको लागि लड्नुहोस् । नकारात्मकता र अनिश्चिततालाई तपाईको दिमागमा ठाउँ लिन नदिनुहोस् । परमेश्वर अझै पनि आशिष् प्रदान गर्न तत्पर हुनुहुन्छ ।

यो समय हामीले अनिश्चितता हटाउने र निश्चितताको लागि बाटो बनाउने समय हो । नकारात्मकताले धेरै बास गरिसकेको छ, त्यो ठीकै छ, तर सकारात्मकता फेरि आउँदैछ!

हामीले येशूलाई एक अनिश्चित संसारमा परिचय गराउन आवश्यक छ ।

दिन 2दिन 4

यस योजनाको बारेमा

Certainty In Times Of Uncertainty

अनिश्चितताको बीचमा पनि परमेश्वर त निश्चित हुनुहुन्छ! डेभिड विल्लाको भर्खरको लेखबारे पढ्नुहोस्, किनकि उनले महान उद्देश्यमा पुग्नको निम्ति विगतको अनिश्चितता र नकारात्मकता कसरी वाधक हुन्छन् भनी ओैंल्याएका छन् ।.

More

हामी यो पाठ-योजना उपलब्ध गराउनुभएकोमा डेभिड भिल्लालाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्ः https://davidvilla.me