अनिश्चितताको समयमा निश्चिततानमूना
यो डिजिटल युगमा, हामीले कुनै पनि खवरहरु पहिलेभन्दा छिटो पाउने भएका छौं ।
तपाईं आफूले चाहेको जुनसुकै कुरा गुगलमा खोज्न सक्नुहुन्छ, र तपाईंले ती विषयमा हप्तौंसम्म अध्ययन गर्न सक्नुहुन्छ । आफ्नो माउसको क्लिक, वा आफ्नो औंलाको ट्यापको साथ, तपाईंले कुनै पनि कुराको बारेमा जान्न आवश्यक सबै कुरा सिक्न सक्नुहुन्छ । हामी बाँचिरहेको समयको यो सकारात्मक पक्ष हो तर पनि सधैं त्यस्तै नहुन सक्छ । सूचनाहरुको बाढीसँगै गलत जानकारीहरु पनि आउँछन् । समाचारहरू, जुन यति सनसनीपूर्ण बनाइएको छ कि हामी अब भन्न सक्दैनौं कि के वास्तविक हो र के होइन ।
पत्रकार र समाचार स्टेशनहरूले तपाईं र मजस्ता सत्य के हो भनी थाहा नपाउनेहरुलाई तथ्य र विचारबीचको रेखालाई धमिलो पारेका छन् ।
तिनीहरूले रेटिंग खोजिरहेका छन् ।
जब मानिसहरू डराउँछन्, तिनीहरूले समाचारहरु पढ्न वा हेर्न थाल्दछन् । तिनीहरू या त सान्त्वना पाउन वा आफू डराएको कुरामा सूचित हुन चाहन्छन् । यद्यपि, हामी प्रायः मानिसका भनाइलाई वास्तविक तथ्यको रुपमा लिन्छौं । हामी पढ्छौं, सुन्छौं र जे लेखिएको छ, वा हामीलाई भनिएको छ त्यो वास्तविक हो भनेर मान्छौं, हामीले जाँच गरिरहेका स्रोतहरू पनि गलत जानकारी हुन सक्छन् भनेर कहिल्यै सोच्दैनौं ।
हामीलाई थाहा भएको एउटै सत्य हो कि येशू ख्रीष्ट हाम्रा पापहरूको लागि मर्नुभयो । हामीले थाहा पाएको मात्र त्यो सत्य जसको तथ्य–जाँच गरिएको छ, उद्धृत गरिएको छ, र स्रोत उल्लेख गरिएको छ, यो हो कि परमेश्वर त्यहाँ सुरु र अन्त्य साथै खुला र बन्दमा पनि हुनुहन्छ । उहाँ लेखक र सम्पादक हुनुहुन्छ, र उहाँको वचन नै अन्तिम हो । सनसनीपूर्ण बनाउनुपर्ने केही छैन । त्यहाँ कुनै त्यस्तो सत्य छैन जुन परमेश्वरले अहिलेसम्म उजागर गर्नुभएको छैन ।
मैले तपाईंलाई समाचार पढ्न बन्द गर्नुस् वा आफ्नो वरपरका मानिसहरूलाई विश्वास नगर्नुस् भनी भनेको छैन । म तपाईलाई के भन्दैछु कि जे लेखिएको छ, जे सुकै जानकारी गराइएको छ, परमेश्वरलाई पहिले नै ती थाहा छ । तपाईंको लागि परमेश्वरका योजनाहरू मानिसहरूका कार्यहरूको कारणले परिवर्तन हुँदैन । परमेश्वरका योजनाहरू अटल छन्, र हाम्रो वरिपरि के भइरहेको छ त्यसमा निर्भर हुँदैन ।
अनिश्चितताको समयमा पनि परमेश्वर निश्चित हुनुहुन्छ । हाम्रा योजनाहरू टर्ने र परिवर्तन हुन सक्ने भए तापनि प्रभुले हाम्रो लागि राख्नुभएको योजना पूरा हुनेछ ।
धर्मशास्त्र
यस योजनाको बारेमा
अनिश्चितताको बीचमा पनि परमेश्वर त निश्चित हुनुहुन्छ! डेभिड विल्लाको भर्खरको लेखबारे पढ्नुहोस्, किनकि उनले महान उद्देश्यमा पुग्नको निम्ति विगतको अनिश्चितता र नकारात्मकता कसरी वाधक हुन्छन् भनी ओैंल्याएका छन् ।.
More